डा. विनोद अर्याल –
मलिहलाको सानो पेटमा रहेका अङ्गहरु ९पिसाब थैली, पाठेघर वा दिसे आन्द्रा० ले सामान्य अवस्थाबाट ठाउँ छाडेर योनीमा झुर्नलाई आङ झर्नु वा आङ खस्नु भनिन्छ।
चिकित्साशास्त्रको दृष्टिकोणले आङ खस्नाको मुख्य कारण सानो पेटभित्रका अङ्गहरुलाई अड्याइराख्ने मांसपेशी कमजोर भएर खुकुलो हुँदै जानु हो। हाम्रो समाजमा महिलाको आङ खस्नुमा विविध सामाजिक कारणहरु पनि जोडिएका छन्।
आङ खस्नुका कारणहरु
१. सानो उमेरमा विवह गर्ने र बच्चा जन्माउनु,
२. धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु,
३. दक्ष स्वाथ्यकर्मीद्वारा सुत्केरी नगराउनु वा स्वास्थ्य सेवाको पहुँच नहुनु,
४. लामो समयसम्म सुत्केरी व्यथा लाग्नु,
५. सुत्केरी अवस्थामा पर्याप्त पोषिलो खाना र स्याहार नपुग्नु,
६. गह्रौँ भारी बोक्नु,
७. जननेन्द्रीय ९प्रजनन् अङ्ग० हरुमा संक्रमण हुनु,
८. टक्रुक्क बसेर धेरै बेर काम गर्नु (जस्तैः नाङ्लो निफन्नु, लुगा धुनु, घाँस काट्नु आदि),
९. माथिबाट तलतिर कसेर पटुका बाँध्नु,
१०. बारम्बार खोकी लागिरहनु ९धुवाँ र चुरोटको कारणले०,
११. दिसा कब्जियत हुनु,
१२. असुरक्षित गर्भपतन गराउनु,
१३. सुत्केरीपछि आराम नपुग्नु,
१४.वंषाणुगत।
आङ खसेपछि देखापर्ने लक्षणहरु
१.यो’नीद्वारमा केही डल्लो आएर बसेको जस्तो हुने, अप्ठ्यारो महसुस हुने,
२. खोक्दा, भारी बोक्दा डल्लो अझ तल झर्ने,
३. तिघ्राको बीचमा गह्रौँजस्तो हुँदा हिँड्न र काम गर्न अप्ठ्यारो हुने,
४. टुक्रुक्क बस्दा कठिनाइ महसुस हुने,
५. यौ’नसम्पर्क गर्दा कठि’नाइ आउने,
६. दिसा–पिसाब गर्न अप्ठ्यारो हुने,
७. छिन–छिनमा पिसाब लागिरहने,
८. पिसाब निथ्रिएर नजाने र पछि–पछि पिसाबको संक्रमणसमेत हुन सक्ने,
९. ढाड, कम्मर तथा सानो पेट दुख्ने।
स्वास्थ्य खबरपत्रिकाबाट

