बुधबार, अशोज ६, २०७८
पश्चिम नवलपरासी कांग्रेसमा सभापति देउवा समुह बलियो

पश्चिम नवलपरासी कांग्रेसमा सभापति देउवा समुह बलियो


  • स्वदेश नेपाल
  • बुधबार, अशोज ६, २०७८

नवलपरासी – पश्चिम नवलपरासी कांग्रेसमा पार्टी सभापति शेर वहादुर देउवा गुट आसन्न पार्टीको महाधिबेशन निमित्त बलियो बन्दै गएको छ । वडा स्तरको क्षेत्रीय प्रतिनिधीको आकडा अनुसार देउवा गुटका प्रतिनिधी हावी बनेपछि महाधिबेशन प्रतिनिधी र महासमिती सदस्य देउटा गुटको बढी आउने निश्चित जस्तै देखिन्छ ।

पश्चिम नवलपरासीको देउवाको सवैभन्दा बिश्वाशिला पात्र हुन् पुर्व गृह राज्य मन्त्री एवंम् पार्टीका बर्तमान केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल । देउवालाई रिझाउन कण्डेलले पार्टीको आगामी महाधिशेनमा देउवाको पक्षमा जिल्लाबाट बढी भन्दा बढी प्रतिनिधी लैजाने दाउंमा छन् ।

जिल्लामा देउवा वाहेकको र्को समुहका नेतृत्व संविधान सभा सदस्यद्धय देवकरण प्रसाद कलवार (सन्तु), विक्रम खनाल, र सुनवल नगरपालिकाका मेयर भरत थापाले गर्दै आएका छन् ।

सो समुह अहिले एकिकृत रुपमा देउवा टिमको बिरुद्धमा छ । यो टिमले कहिले शेखर कहिले सिटौला दुवै टिममा बार्गेनिग गर्दै आएका हुन् । यो टिमलाई सबैलाई हामी तिम्रो टिममा हो भनेर बार्गेनीग गर्दै आएका छन् । यो कुनै टिममा खुलेका छैनन् ।

यद्यपी जिल्लामा यो टिम देउवा पक्षको खुलेर बिरोधमा उत्रिएको छ । जिल्लामा देउवाको बिपक्षमा उभिएको यो टिमका केही नेता बेला बेलामा पार्टी सभापति एवंम् बर्तमान् प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवा मार्फत हामी तपाई संगै छौ भन्दै चाकडी गर्दै आएका छन् । तर सो समुह देउवा बिरुद्ध मोर्चाबन्दी गर्न पुर्ण रुपमा सक्रिय छ ।

जिल्लामा करिव १३ सय ५० क्षेत्रिय प्रतिनिधी छन् । जसमध्ये शेर बहादुर देउवा पक्षबाट पार्टीका पुराना नेता मोहन शर्मा र सो वाहेकको टिमबाट बर्तमान् पार्टीका जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई पार्टीको जिल्ला सभापति पदमा अघि बढाईएको छ ।

यद्यपी पार्टी भित्र बर्तमा्न उपसभापति पोखरेललाई सभापति पदको उम्मेदवार बन्न नदिन सोही टिमबाटै अन्तरघात गरी महाधिबेशन प्रतिनिधीको निर्वाचनमै हराउने स्वयम् उनका टिमका केही नेता भित्र भित्रै लागेका छन् । पोखरेलको नाम अहिले अघि सारेपनि पोखरेललाई महाधिबेशन प्रतिनिधीको चुनाब हराएपछि सुनवल नगरपालीकाका मेयर भरत थापा र संविधान सभा सदस्य विक्रम खनालाई मध्ये एक जना देउवा इतर अन्य समुहबाट सभापतिको उम्मेदवार बन्ने सक्ने आकलन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट