सोमवार, अशोज ४, २०७८
यिनै हुन् ती युवा, जसले आफ्नै पार्टी एमालेका नेता तथा बुटवलका मेयरलाई हाने मुक्का (भिडियोसहित)

यिनै हुन् ती युवा, जसले आफ्नै पार्टी एमालेका नेता तथा बुटवलका मेयरलाई हाने मुक्का (भिडियोसहित)


  • स्वदेश नेपाल
  • सोमवार, अशोज ४, २०७८

बुटवल-

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने व्यक्ति एमालेकै कार्यकर्ता रहेको खुलेको छ । सोमबार पहिरो अवलोकन गर्न पुगेका नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई स्थानीयले मु,क्का हानेका थिए ।

बिहानै बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो निरीक्षणका लागि गएका सुवेदीमाथि स्थानीय एक युवाले आ,क्र,मण गरेका थिए । पहिरो अवलोकन गरिरहेका सुबेदीलाई ति युवाले पछाडीबाट हतारिंदै आएर मु,क्का प्र,हा र गरेका थिए।

मेयर सुबेदीलाई मु,क्का हान्ने युवा ज्योतिनगरकै गणेश पंगेनी रहेको प्रहरीले बताएको छ। उनी नेकपा एमालेकै कार्यकर्ता भएको समेत खुलेको छ। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यनरत छन्। पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य समेत रहेको खुलेको छ।

पंगेनीले एक महिनादेखि पहिरोले घर पुरिँदा पनि स्थानीय सरकारले चासो नदेखाएको र हार गु,हार गर्दा पनि पहिरो व्यवस्थापनमा चासो नदिएका आफू आ,क्रोशित बनेको बयान दिएका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार पंगेनीलाई पक्राउ गरिएको छैन। गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको स्थानमा सोमबार पुनः पहिरो झर्न थालेपछि मेयर सुवेदी पहिरो निरीक्षणको लागि पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट