सोमवार, अशोज ४, २०७८
बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीमाथि स्थानीयले प्रहार गरे मुक्का, प्रहरीलाई जोगाउनै सकस (भिडियो)

बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीमाथि स्थानीयले प्रहार गरे मुक्का, प्रहरीलाई जोगाउनै सकस (भिडियो)


  • स्वदेश नेपाल
  • सोमवार, अशोज ४, २०७८

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन् ।

केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र आज बिहान अवलोकनमा पुएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन् ।

केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको आ‘क्रो’श पोख्दै आएका थिए ।

अस्तव्यस्त सडक, वर्षामा हिलैहिलो, खाल्डाखुल्डी सडकदेखि आजित मात्र होइन, महिनौंदेखि सडक किनारामा थुप्रिएको फोहोरसमेत उठ्न नसक्दा मेयरप्रति निकै आक्रोशित स्थानीयले उनलाई कुटेका हुन् । भुईमा पछार्न खोजे पनि प्रहरीले उनलाई जोगाएका छन्।

प्रमुख सुवेदीमाथि मुक्का हान्ने स्थानीयलाई प्रहरीले छेकेका थिए । हतार–हतार त्यहाँबाट भागेका उपमहानगर प्रमुखविरुद्ध स्थानीयबासीले नाराबाजी पनि गरेका थिए ।

उनीहरूले तत्काल आफ्ना माग सम्बोधन हुनुपर्ने अडान राखेका छन् । आफ्ना समस्या नसुनेको बताउँदै स्थानीयले उपमहानगरपालिकाको कार्यालय घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट