नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५४ औँ जन्मजयन्तीको अवसरमा नेपाल सम्बत ११४१ ञंलागा पारु सेप्टेम्बर २२ तारिखका दिन राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा एक बिशेष साहित्यिक कार्यक्रम गर्दै छ ।
५० ओटा पुस्तक दिएर नेपाल भाषाको उत्थानका लागि ठूलो गुन लगाउने काम गरेका सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जन कण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुख दुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जन हृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाशलगायतका कृति प्रकाशित छन् ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायलको समन्वयमा राष्ट्रिय नेवा: खल: इजरायलले आयोजना गर्न लागेको अनलाइन साहित्यिक कार्यक्रममा आ-आफ्नो मौलिक मातृभाषामा साहित्यिक रचनाहरुको साथमा सहभागि हुन् सकिने छ ।
सहभागी हुन् चाहनेहरुले आ-आफ्नो साहित्यिक रचनाहरु यहि २०२१ सेप्टेम्बर २० तारिक बेलुकीसम्म राष्ट्रिय नेवा: खल: इजरायलको ईमेल आइडि अथवा फेसबुक मेसेन्जरमा पठाई सक्नु पर्ने छ । संस्थाको मेल आइडी तल फोटोबाट लिन सकिने छ ।
अनलाइन मार्फत हुने उक्त कार्यक्रममा सहभागी भईदिनको लागि आयोजक नेवा: खल: इजरायलले सबैमा अपिल गरेको छ ।
यस्तो छ संस्थाद्वारा जारी सूचना

महाकबि सिद्दीदास महाजूको १५४ औ जन्म जयन्तीको अवसरमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलको समन्वय साथै राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा नेपाल सम्बत ११४१ ञंलागा पारु सेप्टेम्बर २२ तारिख बुधबार दिउँसो १:०० बजे र नेपालको समय ३:४५ बजे zoom भर्चुअल अनलाइनबाट हुन गइरहेको साहित्यिक कार्यक्रमा आ-आफ्नै मौलिक मातृभाषामा साहित्यिक रचनाहरुको साथमा सहभागिता जनाई हाम्रो कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पारिदिनु हुन सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक आमन्त्रण गर्दछौं।
साथै आफ्नो साहित्यिक रचनाहरु अन्तिम मिति २०२१ सेप्टेम्बर २० तारिक बेलुकी सम्म राष्ट्रिय नेवा: खल: इजरायलको ईमेल आइडिमा अथवा फेसबुक मेसेन्जरमा पठाई दिनु हुन हार्दिक अनुरोध गर्दै प्रत्यक्ष जुम भर्चुअल कार्यक्रममा आफ्नो रचना बाचनको निमित्त उपस्थित भई दिनु हुन पनि बिनम्र अनुरोध गर्दछौ, सुभाय् ।
तिथि :- ११४१ यंलागा दुतिया
समय:- दिउँसो १:०० , नेपालको ३:४५ बजे ।

