बुधबार, भदौ ३०, २०७८
सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सुनको मूल्य भ प्रतितोला ६०० रुपैयाँले बढेको हो।

छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ। हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ रहेको थियो।

यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ। हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ। प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको व्यवसायी संघले जानकारी दिएको छ। नेपालमा कुनै पनि कीर्तिमानी मूल्यमा किनबेच भएको सुन हाल केही सस्तिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट