मङ्लबार, भदौ २९, २०७८
मोडल प्रल्हाद चौहानले शुरु गरे नयाँ व्यवसाय, भन्छन्, ‘उद्यमशील बन्न देशमै केही गर्छु’

मोडल प्रल्हाद चौहानले शुरु गरे नयाँ व्यवसाय, भन्छन्, ‘उद्यमशील बन्न देशमै केही गर्छु’


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ २९, २०७८

काठमाडौं – युवा मात्रै होइन कलाकारहरू पनि विदेश पलायन भइरहेका छन् । कोरोना प्रकोपले अझै ठूलो संकट सिर्जना गरेका छन् ।

तर, पूर्वमा कलाकारिता र मोडलिङ क्षेत्रमा ख्याती कमाएका युवा मोडल प्रल्हाद चौहानले नयाँ व्यवसाय थालनी गरेका हुन्। चौहानले काठमाडौंको मध्यबानेश्वरमा साझा क्याफे तथा अनिता लिक्वेर शप शुरु गरेका हुन् ।

‘मसँगै पढेका धेरै साथीहरू विदेशमा छन्, तर मैले कहिल्यै विदेश जाने सोच बनाइनँ, देशमै केही गर्ने सोच थियो, अहिले आए सफल भएँ,’ चौहानले भने ।

चौहानले केही म्यूजिक भिडियोमा मोडलिङ गरेका छन् । ताप्लेजुङको सिरिजंघा–२ आम्बेगुदिनका स्थायी बासिन्दा चौहान यसअघि पनि व्यापार व्यवसायमा संलग्न थिए ।

‘मध्यम् वर्गीय हाम्रो परिवार, मेरा आफन्तहरू पनि व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ, मैले पनि यही क्षेत्रमा प्रत्यक्ष–परोक्ष केही गरेको छु, अहिले अलि उच्च आत्मविश्वासका साथ यो क्षेत्रमा प्रवेश गरेको हु,’ उनले भने ।

प्रल्हादको व्यवसायमा उनकी श्रीमती अनिता थापा चौहानले साथ दिँदै आएकी छिन् । उनी भन्छिन्, ‘आपसी विश्वास र समझदारीले सफलता हासिल हुन्छ, हामी आर्थिक उत्थान र प्रगतिका लागि केही गरौं भन्ने सोच राखेर नै यो व्यवसायर्फ अघि बढेका हौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट