मङ्लबार, भदौ २९, २०७८
किन अमेरिका जाँदैछन् भारतीय प्रधानमन्त्री मोदी ?

किन अमेरिका जाँदैछन् भारतीय प्रधानमन्त्री मोदी ?


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ २९, २०७८

भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा हुने क्वाद सम्मलेनमा सहभागी हुन् अमेरिका प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका  भ्रमणका लागि प्रस्थान गर्ने भएका हुन्। । भ्रमणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जाने र त्यही बेलामा उहाँहरुका बीचमा भेटवार्ता हुने बताइएको छ । सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जाने भएको जनाइएको छ ।

अमेरिकाको वासिङ्टन डिसीमा हुने सम्मेलनका लागि आएका विदेशी पाहुनाहरुलाई अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गर्ने तालिका सार्वजनिक गरिएको छ । यही सेप्टेम्बर २४ तारिखका दिन हुने सम्मेलनमा नेताहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो देशको चासो दर्शाउने जनाइएको छ ।

त्यसैगरी गत मार्च १२ मा भएको पहिलो भर्चुअल सम्मेलनका निर्णयहरुको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा पनि बैठकमा हुने जनाइएको छ । विश्वलाई नै प्रभावित पारेको कोरोनाभाइरसको महामारी, त्यसले पारेको प्रभाव र त्यसका लागि आफूहरुले गर्नुपर्ने योगदानका बारेमा पनि छलफल हुने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट