शनिबार, भदौ २६, २०७८
नागरिक समाज इटहरीको अध्यक्षमा राजु केसी र महासचिवमा भोला बस्नेतको चयन

नागरिक समाज इटहरीको अध्यक्षमा राजु केसी र महासचिवमा भोला बस्नेतको चयन


  • स्वदेश नेपाल
  • शनिबार, भदौ २६, २०७८

नागरिक समाज इटहरीको अध्यक्षमा राजु केसी चयन भएका छन् । शुक्रबार भएको भेलाले केसीको नेतृत्वमा नयाँ कमिटि चयन गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा बालिका भट्टराई, उपाध्यक्षहरुमा दोर्ण न्यौपाने, आरके राई चयन भएका छन् । यसैगरी महासचिवमा भोला बस्नेत, सचिवमा गंगा आचार्य र सहसचिवमा सुरेन्द्र तामाङ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अनन्त बिष्ट, तेज दाहाल, लक्ष्मी थेबे , डिल्लीप्रसाद भट्टराई , धनकुमारी जिमी, शिवभक्त राजलवट, उर्मिला कटुवाल, पुन्य गुरागाई, सुमित अधिकारी, राजेन्द्रप्रसाद बाँस्तोला, प्रदिपकुमार रेग्मी, सचिन पोखरेल र हिमाल दाहाल रहेका छन ।

निवर्तमान अध्यक्ष सन्त दुम्जनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित अध्यक्ष केसीलाई बधाई दिएका थिए । निर्वाचित अध्यक्ष केसीले इटहरीको दीर्घकालिन हितलाई केन्द्रमा राखेर सृजनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेलाको अवसरमा नागरिक सन्देश नामक पुस्तकसमेत विमोचन गरिएको थियो । विमोचन कार्यक्रममा सहभागि प्रदेश सांसद सर्वध्वज साँवालगायत वक्ताहरुले नागरिक समाज इटहरीले सृजनात्मक काम गरेर नयाँ पहिचान बनाएको र आगामी दिनमा अझ उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरे ।

नागरिक समाज इटहरीले वार्षिक रुपमा एकता दिवस मनाउने गरेको छ भने इटहरीको सरोकार र समस्याका विषयमा आवाज उठाउने र खबरदारी गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट