बुधबार, भदौ २३, २०७८
प्रविप्रसले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने

प्रविप्रसले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने


  • स्वदेश नेपाल
  • बुधबार, भदौ २३, २०७८

जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

जुम भर्चुअल माध्यमबाट गरिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई पार्टीका शिर्ष नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव,अशोक राइ र राजेन्द्र श्रेष्ठले सम्बोधन गर्ने कार्य तालिका रहेको छ ।

जसपाले भदौदेखि ४ महिनासम्मको लागि संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्‍चालन गर्दै जाने जनाएको छ । सोहि अभियान अनुसार प्रबास विशेष प्रदेश समितिले यो भर्चुअल कार्यक्रम आयोजना गर्न लागेको हो ।

जुम भर्चुअल माध्यमबाट गरिने अभिमुखीकरण कार्यक्रममा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण महानुभावहरु तथा मिडियाकर्मिहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

जसपा कार्यकारिणी समितिको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट