बुधबार, भदौ २३, २०७८
आरजु राणाको प्रमुख आथित्यमा जनसंम्पर्क समिति इजरायलको भर्चुअल सांस्कृतिक कार्यक्रम सम्पन्न

आरजु राणाको प्रमुख आथित्यमा जनसंम्पर्क समिति इजरायलको भर्चुअल सांस्कृतिक कार्यक्रम सम्पन्न


  • स्वदेश नेपाल
  • बुधबार, भदौ २३, २०७८

नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसंम्पर्क समिति इजरायलले एक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

जनसंम्पर्क समिति इजरायल, महिला समन्वय विभागद्वारा आयोजित “तीज विशेष कार्यक्रम २०७८”तथा चथा पुजा र गौरा पर्वको उपलक्ष्यमा उक्त भर्चुअल कार्यक्रम आयोजना गरिएको हो ।

कांग्रेस नेतृ डा.आरजु राणा देउवाको प्रमुख आथित्यमा सम्पन्न उक्त भर्चुअल कार्यक्रमको विशिष्ट अतिथिमा कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल, नेपाली राजदूत डा. अन्जान शाक्य रहेका थिए।

नेपाली जनसंम्पर्क समिति इजरायलका सभापति दीपिका भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायिकाद्वय रिता केसी र सुष्मा लोहनीसहित संसारभरिका जनसंम्पर्क समितिका सभापतिहरुको उपस्थितीमा रहेको थियो।

कार्यक्रम आसन ग्रहण, डा.अरजु राणा देउवाबाट दीप प्रज्वलन राष्ट्रियगान , मौनधारणबाट शुभारम्भ भएको थियो।

कार्यक्रममा राजदूत डा. अन्जान शाक्यले विदेशमा भए पनि एकता सद्भावको वातावरण बनाउँदै तीज पर्व मनाउन अनुरोध गर्दै भगवान शिवपार्वतीको कथासँगै महिला सशक्तिकरण ,पार्टी भन्दा देश पहिला, नेपाल इजरायल बीचको सम्बन्ध र सम्झौता बिषयमा प्रकाश पारेकी थिइन ।

कांग्रेसका सचेतक पुष्पा भुसालले तिजको शुभकामना दिदै महिला आन्दोलनका कुरा योगमाया, मंगलादेवी, शैलेजा आचार्यलाई सम्झदै उनिहरुले दिएको प्रेरणाबाट ऊर्जा लिन अनुरोध गरेकी थिइन् ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका प्रभावशाली नेतृ डा.आरजु राणा देउवाले पौराणिक कथा,नारी शक्ति उदाहरण दिँदै महिला शक्तिलाई चित्रण गर्दै हरितालिका तिजको शुभकामना दिएकी थिइन् ।

कार्यक्रमका सभापति दिपिका भुसालले संसारभरिबाट उपस्थित भई तीजको शुभकामना आदानप्रदान गर्नु भएकोमा धन्यवाद दिदै राजनीतिमा महिलाको भूमिका महाधिवेशनमा महिला सहभागिताका विषयहरु उठान गर्दै प्रमुख अतिथि राणाको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट