शनिबार, भदौ १२, २०७८
केपी ओलीको गृहजिल्ला पुगेर युवा नेतृ सुनिता बरालले गरिन् यस्तो उद्घोष

केपी ओलीको गृहजिल्ला पुगेर युवा नेतृ सुनिता बरालले गरिन् यस्तो उद्घोष


  • स्वदेश नेपाल
  • शनिबार, भदौ १२, २०७८

झापा – अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष सुनिता बरालले विचार, सिद्धान्त र नीति एउटै भएका नेताहरू एमालेमै रहने बताएकी छन्। पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी दर्ता गरेको सन्दर्भमा युवा नेतृ बरालले नीति नमिल्नेहरू गए पनि पार्टी अघि बढिरहने उद्घाेष गरेकी हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलिलाई साथ दिने उपाध्यक्ष भीम रावलसहितका नेताहरू पार्टी प्रति जिम्मेवार रहेको उपाध्यक्ष बरालको धारणा छ। अनेरास्ववियु झापा जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा नेतृ बरालले यस्तो भनाई राखेकी हुन्।

‘नीति र विचार एक हुनेहरूको एकता भएको छ, विकास नचाहने र सधैं विनास मात्र चाहने माधव नेपाल समूह केपी शर्मा ओलिको लोकप्रियता देख्न नसकेर छुट्टिएर गएका हुन्,’ बरालले भनिन्।

बरालले अनेरास्ववियुले सबै शैक्षिक संस्थामा स्ववियुको प्रतिनिधिहरू घोषणा गरेरै अगाडि बढ्ने बताएकी छिन्। ‘त्यसको लागि तपाई सबै साथीहरू तयार रहनुस्,’ उनले भनिन्।

अनेरास्ववियु झापा जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेला नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा समपन्न भएको हो। अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा अनेरास्ववियु झापा जिल्ला कमिटी संयोजक समर्पण खतिवडालेका अनुसार अनेरास्ववियु जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेका जिल्ला नेता र अनेरास्ववियुका विद्यार्थी नेताहरूको उपस्थिति थियो।

कार्यक्रमका वक्ताहरूले समृद्ध नेपाल र सुखी नेपाली बनाउने साझा लक्ष्यका साथ अघि बढ्ने सबै एक ठाउँ रहनुपर्ने बताएका छन्। नीति र नियत फरक–फरक कुरा भएको बताउँदै वक्ताहरूले संगठनमा नीति मिल्नेहरू एक ठाउँमा हुने उल्लेख गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट