शुक्रबार, भदौ ११, २०७८
धरान कसरी बन्दै भ्रष्टहरूको अखडा ? पर्खाल बनाउन ७० लाख, लाखौं हिनामिना (भिडियो अन्तरवार्ता)

धरान कसरी बन्दै भ्रष्टहरूको अखडा ? पर्खाल बनाउन ७० लाख, लाखौं हिनामिना (भिडियो अन्तरवार्ता)


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ११, २०७८

धरान – पूर्वको समृद्ध शहर हो धरान। व्यापार–व्यवसाय र स्वास्थ्य क्षेत्रमा पनि पहिलेदेखि नै पूर्वमा महत्त्वपूर्ण योगदान रहँदै आएको छ। तर, स्थानीय तहका प्रतिनिधिहरू अहिले भ्रष्टाचारमा लिप्त भएको आरोप लाग्न थालेको छ।

एकै ठाउँमा एकै किसिमको पर्खाल बनाउँदा पनि एउटामा १७ लाख रुपैयाँ लगानी भएको थियो। तर, १७ लाखमा बनाएको पर्खालमा ३४ लाख रुपैयाँ लगानी भएको देखाइएको धरानका भ्रष्टाचार विरोधी अभियन्ता अशोक शर्माले बताएका छन्।

‘कयौं स्थानमा भ्रष्टाचार भएको छ, हिसाबकिताब सार्वजनिक हुँदैन, धरान–७ मै पनि पर्खाल बनाउँदा १७ लाख लगानी भयो, तर वडाध्यक्षले ३४ लाख लगानी भयो भनेका छन्, र अहिले २१ लाखको लगानी भएको भनेर सूचना टाँस गरिएको छ,’ शर्माले भने।

आर्थिक अनियमिताका कयौं घटनाहरू भएको बताउँदै अभियन्ता शर्माले पार्क निर्माण, सडक निर्माणदेखि अन्य कयौं स्थानमा भ्रष्टाचार भएको दावी गरेका छन्। सबै राजनीतिक दलका नेताहरू मौन बसेको शर्माको भनाई छ। मिलेमतोमा भ्रष्टाचार भएको बताउँदै शर्माले आफूले भ्रष्टहरूको फोटो टाँसेर बजार परिक्रमा गरेको उल्लेख गरेका छन्।

‘सत्यको लडाइँमा सत्यको जीत हुन्छ, मेरो अभियान जारी रहन्छ, अहिले स–सानो हिसाब खोजी गर्दैछु, ठूला भ्रष्टाचारका घटनाहरू पनि खोजी गरेर, भ्रष्टहरूलाई कानूनी दायरामा ल्याउने कोसिस सधैं रहन्छ,’ शर्माले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट