शनिबार, साउन २३, २०७८
परिश्रमीको लागि स्वदेशमै छ स्वर्ग, बार्षिक कमाई यति भएपछि विदेश किन जानु ! (भिडियोसहित)

परिश्रमीको लागि स्वदेशमै छ स्वर्ग, बार्षिक कमाई यति भएपछि विदेश किन जानु ! (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शनिबार, साउन २३, २०७८

वैदेशिक रोजगारीको लागी कोरिया जान कोरियन भाषा पढ्दै थिए।

कोरनाले गर्दा उनको कोरिया यात्रामा पूर्णबिराम लाग्यो अनि देशमै केही गर्न सोच आएर थाले व्यवसायिक रुपमा गोलभेंडा खेती गर्न ।उनी हुन् कर्णाली प्रदेश कालिकोटका युवा ‘गोपाल थापा’।

उनले गोलभेंडा खेती पहिला पनि गेरका थिए।तर,थोरै जमीनमा।त्यस खेतीबाट पनि राम्रै आम्दानी भएर सुर्खेतमा घडेरी पनि जोडे।अब भने अलि धेरै नै जमीनमा गोलभेंडा खेती बिस्तार गर्ने र नेपालमै कोरिया बनाउँने सोच बनाए।

भक्तपुरको चाँगुनारायण नगरपालिका-५ मा जमिन भाँडामा लिएर अघिल्लो बर्ष बीस-बाईस रोपनीमा गोलभेंडा लगाए।त्यसबाट निकै राम्रो फाईदा भयो।र,यस बर्ष साठी रोपनी जग्गा भाँडामा लिए पचपन्न रोपनीमा गोलभेंडा र बाँकीमा खुर्सानी लगायतका अरु तरकारी खेती गरिरहेका छन्।

लाखौं युवाहरु मलेसिया,खाडीका बिभिन्न देशहरुमा सस्तो ज्यालामा गार्हो काम गरिरहेका छन्।धेरै युवाहरु नेपालमा केही गर्न सकिन्न र केही हुन्न भनेर निराशाको जिवन बाँचिरहेका छन् र वैदेशिक रोजगारीमा जानलाई हातहातमा पासपोर्ट बोकेर मेनपावर धाईराखेका छन्।

गोपाल भने दैनिक पन्ध्र जनालाई आफ्नो कृषि फार्ममा रोजगारी मात्र दिईराखेका छैनन् एक सिजनमै गोलभेंडा खेतीबाट मात्रै पचासौं लाख कमाईराखेका छन्।उनी भन्छन्-‘अल्छी गरेर कहि पुगिन्न,मिहिनेत गर्यो भने यही देशमै सफलताको शिखर चुम्म सकिन्छ।’

बिहानै गोलभेंडा फार्ममा आईपुग्छन्।दिनभरी फार्ममै आफै खट्छन्।कामदारलाई काम सिकाउँने,अर्हाउँने र रेखदेखको सबै काम आफै गर्छन्।आफू मालिक भईयो भन्दैमा रेखदेखै नगरेर कामदारको भरमा छोडिदिने हो भने फाईदा होइन कंगाल होइन्छ।धेरैले कामदारको भरमा मात्र छोडेका हुनाले व्यवसायिक खेतीबाट बिस्थापित हुन परेको थापाको अनुभव छ।

उनै प्रेरणादायी युवा गोपाल थापा सँगको कुराकानी हेर्नूहोस् !

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट