लन्डन – एनआरएनए युकेको गत मंगलबार १२ बजे सकिएको अनलाइन निर्वाचनको रिजल्ट शुक्रबार सम्म पनि प्रकाशित गर्न निर्वाचन कमिटि असफल भए पछि भी’डन्त को खतरा देखिएको छ।
बिहीबार राती पत्रकारहरुसंग कुरा गर्दै निर्वाचन कमिटिका संयोजक, महेन्द्र राज कडेल, ले केहि उम्मेदवारहरुले परेका मतहरुको वैधताबारे प्रश्न उठाएकाले छलफल जारी रहेको बताए।
तर बेलायतस्थित नेपाली समाजका अगुवाहरुले निर्वाचन नतिजा तत्काल प्रकाशन गर्न दबाब दिए पछि मु’ठभे’डको ख’तरा देखिएको छ। निर्वाचन समितिले उम्मेदवारहरुलाई छलफल गर्नका लागि भन्दै बिहीबार दिउंसो १२ बजे बोलाएको थियो, तर बेलुका ६ बजे तिर मात्रै बैठक सुरु भएको थियो।
निर्वाचन समितिले अहिलेसम्म अगष्ट २ र ३ तारिख गरिएको निर्वाचनमा कति प्रतिशत मत खस्यो भनेर सार्वजनिक गरेको छैन। निर्वाचन कमिटिले मतदान हुनु भन्दा पहिले कस्तो मतदान सदर हुने र कस्तो मत बदर हुने भन्ने बारे कुनै नियम बनाएको थिएन, न त मतदाताहरुलाई नै कुनै जानकारी गराइएको थियो।
तर उम्मेदवारहरुसंगको बैठकमा निर्वाचन कमिटिले सदर र बदर मतका बारे नयाँ नियम बनाउनु पर्ने बताए पछि उम्मेदवारहरुले त्यसको चर्को वि’रोध गरेका थिए।
निर्वाचन कमिटिले बिहीबार नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको बेला अध्यक्ष पदकी एक प्रत्यासी, रोजिना प्रधान राई, ले बुधबार राती साढे ९ बजे पत्रकार सम्मेलन गरेर १,००० मत फर्जी परेको दावी गरिन्।
के एउटै इमेलबाट १,००० भोट गर्न मिल्छ ?
बेलायतमा चुनावको घोषणा हुनासाथ उम्मेदवारहरुले घर, घर गएर सदस्य बनाएका थिए। उनीहरुले नै भूतपूर्व गोर्खा लगायत संघ संस्थाका अगुवाहरुको इमेल बनाइ दिएका थिए। तर एउटै इमेलबाट १,००० भोट गर्न नमिल्ने एक आइटी विज्ञले जनाए।
‘संसारमा युनिक इमेल एउटा मात्रै हुन्छ, २ ओटा हुंदैन। एनआरएन कार्यसमितिले भेरिफाई गरिसकेको, एमआइएस सिस्टमले एक्सेप्ट गरेको र च्वाइस भोटिंगले नै सही ठहराएर मतदानको लागि २, २ ओटा इमेल पनि पठाएको अवस्थामा एउटै इमेलबाट सैयौं भोट हालियो भन्ने आरोप झुट्ठा हो। यो हरुवा गोरुको छेरुवा दाउँ हो,’ उनले भने।
अमेरिका र अस्ट्रेलियामा प्रजातन्त्रवादी टिमले जिते पछि महासचिव हेम राज शर्मा बेलायतमा जसरी पनि आफ्ना समर्थकहरुलाई जिताउन लागि परेका छन्।
निर्वाचन गराउन कम्पनी छनोट गर्ने देखि लिएर संस्थालाई थप भार पर्ने गरी २ दिन पछि मात्रै चुनावको परिणाम आउने प्याकेज उनकै सल्लाहमा लिइएको थाहा भएको छ।
बेलायतस्थित संघसंस्था तथा अगुवाहरुले अनलाइन चुनाव गराएर नतिजा रोक्ने खेलको कडा वि’रोध गरेका छन्। उनीहरुले मतदानको रिजल्ट तत्काल प्रकाशित गर्न माग गरेका छन्।

