रौतहट – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समूहद्वारा गठित आइटी आर्मीले शनिबार रौतहटमा मोटरसाइल र्याली प्रदर्शन गरेको छ।
एमाले नेता प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइल र्याली प्रदर्शन गरेको हो। आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहको नेतृत्वमा र्याली निकालिएको थियो।
रौतहटको मौलापुर, ईशनाथ, कटहरिया, देवाही गोनाही, गरुडा, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, परोहा, बौद्धीमाईलगायत नगरपालिका तथा यमुनामाई गाउँपालिकाबाट आएका समर्थक र्यालीमा सहभागी थिए।
आफ्नै सरकार ढाल्ने माधव नेपालजस्ता नेताहरूका लागि पार्टीमा ठाउँ छैन: केपी शर्मा ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन्। एमाले काठमाडौं जिल्ला कमिटीको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले ‘माधव नेपालजस्ता नेताहरूका लागि पार्टीमा ठाउँ नभएको’ बताएका हुन्।
ओलीले वामपन्थीको सरकार ढा’ल्ने र दक्षिणप’न्थीको सरकारलाई विश्वा’सको मत दिएका नेपालका लागि एमालेमा कुनै स्थान नरहेको बताएका हुन्।
पार्टीमा बाटो बिराउनेहरूका कारण ठूलो क्ष’ति भएको दावी गर्दै ओलीले ‘मुख्य–मुख्य अ’परा’धी’ बाहेक अरु पार्टीमा फर्किन सक्ने बताएका छन्। ‘अरू साथीहरूलाई मौका दिन्छौं, आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं, गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं,’ ओलीको कथन थियो।
तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने बताउँदै ओलीले थपे, ‘धेरै चिन्ता गरिरहनुपर्ने छैन, जो आउँदैनन्, आँदैनन्, केही साथीहरूसँग कुरा भइरहेको छ।’
ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे। पार्टीमा खुट्टा तान्नेहरू कोही नभएको बताउँदै अब सजिलै बहुमत ल्याउन सकिने दावी गरे।
तर, माधव नेपाल अब एमालेमा नरहने ओलीको दावी थियो। ‘अब माधव नेपालजस्ता आन्दो’लन वि’रो’धीहरूलाई कुनै ठाउँ छैन, जसले वामपन्थी सरकार ढा’ल्ने, दक्षिणप’न्थीको सरकार बनाउने, दक्षिणप’न्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने, आफ्नो प्रधानमन्त्रीले विश्वा’सको मत माग्दा २७ जना बाहिर लिएर गएर ढाल्ने, त्यस्ताका लागि ठाउँ छैन,’ ओलीले भने।

