मङ्लबार, असार २२, २०७८
‘शान’ले गरे दोस्रो बिहे, कान्छी श्रीमतीसँगै पुगे ‘मामाघर’

‘शान’ले गरे दोस्रो बिहे, कान्छी श्रीमतीसँगै पुगे ‘मामाघर’


  • स्वदेश नेपाल
  • मङ्लबार, असार २२, २०७८

कञ्चनपुर –

नेपाली समाजमा अझै पनि ‘देखाउन’का लागि बहुविवाह गर्ने मनोवृत्ति व्याप्त छ। यस्तै ‘शान’ देखाउने अभिप्रायले दोस्रो बिहे गरेका एक जोडी जेलमा पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बहुबिवाहसम्बन्धी मु’द्दाका दुई जनालाई पक्रा’उ गरेको छ। कञ्चनपुर जिल्ला अदालतबाट २०६६ कात्तिक २२ गतेको फैसलाबमोजिम एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना भएकी कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर–९ की पूर्णिमा राना पाल भनिने पुनम राना २०७८ असार २० गते प्रहरीले प’क्रा’उ गरेको हो।

सोही मु’द्दामा कञ्चनपुर जिल्ला अदालतबाट २०७७ माघ २० गतेको फैसलाले एक वर्ष कै’द र १० हजार ज’रिवा’ना भएका फरा’र क’सुर’दार जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर–१३ बडैपुर बस्ने चेतराज हमाललाई मिति २०७८ असार २१ गते घरबाटै बसेको अवस्थामा प’क्रा’उ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गराइएको थियो।

उक्त जोडीलाई कञ्चनपुर अदालतबाट कै’द भुक्तानीका लागि कारागा’र चलान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट