शनिबार, जेष्ठ २९, २०७८
कर्मचारीलाई कार्यालयमा पुर्‍याएर फर्किंदै थिए, जीप खोलामा खस्यो, चालक सदाका लागि बिदा भए

कर्मचारीलाई कार्यालयमा पुर्‍याएर फर्किंदै थिए, जीप खोलामा खस्यो, चालक सदाका लागि बिदा भए


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ २९, २०७८

प्यूठान –

उनी आफ्नो कार्यालयका कर्मचारीलाई घर पुर्‍याएर फर्किदै थिए। फर्किने क्रममा जीप भीरबाट खाेलामा खस्यो। उनी सदाका लागि बिदा भए।

घटना हो, प्यूठानको खलंगाको। खलंगामा सरकारी जीप शनिबार दुर्घ’टना हुँदा चालकको ज्यान गएको हो।

जिल्ला ट्रा’फिक प्र’हरी कार्यालय प्यूठानका अनुसार दुर्घ’टनामा परी जीप चालक प्रकाश आचार्यले ज्यान गुमाएका हुन्।

कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध१झ ५ नम्बरको उक्त जीप प्यूठानकै मल्लारानीस्थित भीरबाट खाेलामा खसेको हो।

जिल्ला ट्रा’फिक प्र’हरी कार्यालय प्यूठानका प्र’हरी सहायक निरीक्षक कृष्ण विकले मल्लरानी गाउँपालिका वडा नम्बर–४ खत्रे खोलामा जीप दुर्घ’टनामा परेको बताए।

प्र’हरी सहायक निरीक्षक विकका अनुसार जीपमा चालक आचार्य मात्रै रहेकाले थप मानवीय क्षति हुनबाट जोगिएको हो।

कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लगायतका कर्मचारीहरूलाई मल्लरानी गाउँपालिकाको कार्यालयमा छोडेर फर्किँएका आचार्य दुर्घ’टनामा परेका हुन्।

प्रसनी विकका अनुसार दुर्घ’टनामा परेको जीप सडकबाट १ सय ५० फिट तल खोलामा खसेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट