तेल अविव ।
राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालको इजरायल शाखा कमिटि गठन भएको छ । एनआरएनए इजरायलका अध्क्षय गणेश गिरिको संयोजकत्वमा उक्त कमिटि गठन गरिएको हो ।
”आजको आबस्यकता आत्मनिर्भर सहितको समृद्धि” भन्ने मुल नारासहित थालिएको अभियानले नयाँ बिचार सहित ठोस कार्यक्रम तय गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढता बोकेका युवा समूहद्वारा संचालित अभियानले पहिलो चरण नेपाललाई खाद्यान्न साथै दैनिक उपभोग गर्ने सबै प्रकारको उपभोग्य बस्तुबाट आत्मनिर्भर बनाउने रहेको छ ।

कमिटिको उपसंयोजकमा कल्पना देवकोटा , सचिबमा लक्ष्मी भट्टाराई, सदस्यहरुमा निरन्जन घिमिरे, संयोग क्षेत्री, मिना राई , निशा न्यौपाने, राजु श्रेष्ठ, तेंडू शेर्पा, खगेन्द्र कोइराला , पासिमा शेर्पा रमेश जोशी श्याम थापा सिता बिष्ट र गुराँस राई रहेका छन ।
यस्तै आर्थिक विभाग प्रमुख र उपप्रमुखमा विकाश घिमिरे र सुनिता गुरुङ रहेका छन । संस्थाको सल्लाहकारमा विशाल ज्ञवाली र कृष्ण रायमाझी रहेका छन ।
अभियान गठनबारे संयोजक गिरि भन्छन् – “अभियान नेपालमा रहेका युवा साथीहरुबाट एउटा नयाँ बिचार सहित थालनी गरेको राष्टिय अभियान हो, त्यसै अन्तर्गत बिस्वभरी छरिएर रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आफ्नो जन्मभूमिसंग जोड्ने भन्ने उदेश्यसहित सङ्गठन निर्माण तिब्र रुपमा अगाडी बढेको छ । अभियानले कम्पनि निर्माण गरेर सामुहिक उत्पादन, सामुहिक बजार, नेपालमा स्थानीय तह जिल्लाका बजारहरु साथै केन्द्रका र अन्तराष्ट्रिय बजारसम्म निर्माण गरेर नेपाली उत्पादनलाई बिस्वभर चिनाउने लक्ष्य लिएको छI हामि इजरायल बस्ने नेपालीहरु देशलाई आत्मनिर्भर बनाउने यो महाकुम्भमा पहिलो विदेश कमीटी बनेर अभियानको लक्ष्य पुरा गर्ने अवसर पाएकोमा खुसि छौ। बिदेशमा बसेर आफ्नै दाजुभाई, दिदीबहिनी हरुको समान लक्ष्य पुरागर्ने अभियानमा निरन्तर लाग्ने छौ।”
अभियानले अब बिस्वभर आफ्नो संगठनलाई मजबुत पार्दै लाने छ साथै आफ्ना नेपाली किसानको हकहितका लागि बिदेशमा बसेर पनि प्रत्यक्ष भूमिका निर्वाहा गर्न सकिने उहाले बताउनुभयो ।
यस्तो छ इजरायल कमिटिको घोषणापत्र

राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान मुलत विकास, समृद्धी, कृषिमा आत्मनिर्भर, इनोभेसन, उत्पादन, भ्रष्टचारमुक्त राष्ट्र, समानुपातिक सहभागिता, सुसासन, राष्ट्रिय स्वाधिनताका लागि प्रतिबद्ध राष्ट्रिय अभियान हो। हामीले देशको पछिल्लो राजनैतिक परिवर्तनलाई आत्मसाथ गर्दै देश र आम नेपाली जनताको उन्नत जिवनलाई सुनिस्चित गर्ने अठोट लिएर यो अभियान सुरु गरेका छौ।
यो युगलाई स्वर्णिम बनाउन समृद्ध उन्मुख सोच, संस्कार, अनुशासित पद्धति , अटल संकल्प र प्रगतिशिल दृष्टिकोण सहितको नयाँ अभियान बनाउनु आजको आवश्यकता हो, भन्ने कुरालाई सिरोपर गर्दै राष्ट्रीय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान इजरायल कमिटि गठन गरेको घोषणा गर्दछौ ।
अभियानले देखाएको मार्गदर्शन पहिल्याउदै नेपाली जनजीविकाको रुपमा रहेको कृषि क्षेत्रको लागि अग्रणी भूमिका निर्वाह गर्ने कुरामा कुनै सन्देह नरहेको पनि जानकारी गराउन चाहान्छौ ।
अभियानका सम्पूर्ण सकारात्मक गतिविधिलाई सहयोग गर्दै किसान जोड्ने मूल लक्ष्यमा लम्कन प्रतिबद्ध रहेको कुरा पनि व्यक्त गर्न चाहान्छौ, साथै अभियान तथा कम्पनि सदस्यहरु वृद्धि गर्ने कार्यक्रम तिब्र रुपमा चलाउने छौ ।

