-कविता दाहाल
देशको संबिधान, कानून, बिधिबिधानलाई सम्मान गर्दै लागु गराउने अनि त्यसलाई पालना गर्ने अहम दायित्व र कर्तब्य हुन्छ संसार भरिकै राष्ट्रप्रमुख र सरकार प्रमुख लगायत राज्यका मुख्य पदाधिकारीहरुको ।
तर नेपालको कानून भगवान जानुन भन्ने उक्तिले भरिपूर्ण नेपालमा चै संबिधानकै अपमान र उलंघन हुन्छ प्रधानमन्त्री पदको सपथग्रहण गर्ने ब्यक्तिबाटै त्यो पनि राष्ट्र प्रमुखलाई अपमानित गर्दै ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्क्षय एबम संसदीय दलका नेता खड्कप्रसाद ओलीलाई हिजो शुक्रवार तेस्रोपटक राष्ट्रपति बिद्या भण्डारीले प्रधानमन्त्री पदको सपथ ग्रहण गराउदा एउटा अनौठो दृश्य घटेको भिडियो अहिले सबै तिरे भाइरल छ ।
देशको ४३ औ प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले ; यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्य छुटाएपछी राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः उच्चारण गर्न आग्रह गरेकी थिइन् तर ओलीले कति सजिलै गरी ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काए ।
ओलीको त्यस्तो जवाफले राष्ट्रपति भण्डारी हासेंकी थिईन। जुन दृश्यलाई धेरैले असहज भएको भन्दा प्रधानमन्त्री ओलीसहित राष्ट्रपति भण्डारीको पनि आलोचना गरेका छन ।
तर नयाँ संबिधान २०७२ जारी भए पछि नेपाली राजनीतिमा महाशक्तिशाली रहेका ओलीको बिगत नै संबिधान उलंघन गर्दै शुरु भएको छ त्यो पनि प्रधानमन्त्रीको रुपमा पहिलो पल्ट सपथग्रहण गर्दा ताका नै २०७२ असोज २५ गते शितल निवासमा आयोजित समारोहमा ओलीले तत्कालिन राष्ट्रपति रामवरण यादवसमक्ष सपथ लिदा इश्वर र जनताको नाममा नलिएर ओलीले देशको नाममा भन्दै सपथ खाएर पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
नयाँ संबिधान पालना गर्ने गराउने उतरदायित्व र कर्तव्यले बाँधिएका प्रधानमन्त्रीले नै सम्बिधान अनुसार निर्द्रिष्ट सपथग्रहण पत्रको मूल मर्ममै प्रहार गरेका थिए त्यहि बेला। सपथग्रहण पत्रलाई समयानुकूल बनाउन सकिन्छ त्यो ठुलो कुरा होइन तर त्यसलाई संसोधन गर्नु भन्दा पहिला जे जस्तो ब्यबस्था छ त्यहि अनुसार हुनु पर्छ भन्ने माग त्यो बेला उठेको थियो ।

नाकाबन्दीको विरोध गरेर उदाएको ओलीको त्यो बेलाको बिराट व्यक्तित्वले यी बिषयहरुलाई छाँयामा पार्यो । त्यस पछि यसको चर्चा पनि हरायो ।
यहाँ यो प्रसंग स्मरणीय छ, सपथग्रहण पत्र अनुसार अमेरिकामा सन् २००८ राष्ट्रपति बनेका बराक ओबामाले एउटा वाक्य यताउता पारेर पढेपछि दोहोर्याएर सपथ लिनु परेको थियो संविधानको भाषाक्रम अनुसार सपथ महत्वपुर्ण अंश नै क्रमानुसार नपढेपछी दोस्रो पटक सपथ लिनुपरेको थियो ओबामाले ।
तर नेपालमा ओलीद्वारा हुने संबिधान उलंघनको शिलशिला यहि रोकिएन बि.स. २०७४ फागुन ३ गते दोस्रोपटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री न्युक्त हुदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शितल निवासमा सपथ लिदा ओलीले ‘इश्वर’को नाममा नभई जनताको नाममा मा।त्र लिएका थिए साथै उनले संसदको सपथ नलिकन् सिधै प्रधानमन्त्री पदको सपथ लिई संविधानको धज्वी समेत उडाएका थिए त्यो बेला पनि
यहि संबिधान उलंघनको शिलशिला तेहराइयो शुक्रबार ३१ बैशाख २०७८ मा संसदको सबै भन्दा ठुलो दलका नेताको हैसियतमा प्रधानमन्त्री ओलीले ।
२०७४ फागुन ३ गते दोस्रोपटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओली ५ वर्षे कार्यकाल पुरा नहुँदै गत बैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका रूपमा बिहीवार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
संसारमा राष्ट्रको महत्त्वपूर्ण सार्वजनिक पद धारण गर्ने व्यक्ति मुलुक र जनताप्रति प्रतिबद्ध हुन सकून् र आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्व निर्वाह गर्नेक्रममा दायाँबायाँ नगरुन् भनेर शपथ खुवाउने गरिन्छ ।
तर नेपालमा संबिधान कानून बिधिबिधानको उलंघन गर्नु नै सपथ लिनु प्रमाणित भयो त्यो पनि प्रधानमन्त्री ओली कै नेतृत्वमा ।
प्रथम उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषामा ग्रहण गर्नुपर्ने सपथ हिन्दीमा लिएपछि त्यसले विवाद निम्त्याएको थियो । यो विवाद सर्वाच्व अदालतसम्म पुगेको थियो सपथ लिएको एक वर्षपछी आफ्नो भाषा दुबैमा सपथ लिन सक्ने गरि संविधान संसोधन गरिएको थियो ।
ठुलो दलको हैसियतमा ओली अल्पमतको प्रधानमन्त्री बनेका हुन् प्रधानमन्त्री ओलीले अब एक महिनापछि संसदमा विश्वासको मत लिनुपर्नेछ, यदि विश्वासको मत पाएनन् भने फेरी पदमुक्त हुने छन् र संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत नयाँ प्रधानमन्त्री बन्ने अवस्था आउँछ ।
सपथग्रहण पत्रलाई समय अनुसार संसोधन गरेर संबिधान अनुकूल बनाउने तर्फ सबैले पहल गरौँ तर सपथग्रहण गर्ने समयमा सपथग्रहणपत्र बाहिर गएर सपथ लिने नाममा सबिधान उलंघन गर्ने अधिकारी कसैलाई छैन ।

