निषेधाज्ञाका कारण लगभग पूरै देश बन्द भएको छ। गृहमन्त्रालयका अनुसार मंगलबार साँझसम्म ७२ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको हो।
देशका ७७ जिल्लामध्ये अब ५ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ।
कोरोना संक्रमण व्यापक बन्द गएपछि एकपछि अर्काे जिल्लामा निषेधाज्ञा घोषणा भइरहेको हो। यसबीच कतिपय जिल्लामा निषेधाज्ञा अवधि पटकपटक थपिएका पनि छन्।
निषेधाज्ञा जारी अवधिमा अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन स्थानीय प्रशासनले आदेश जारी गरेका छन्। खाद्यान्न, औषधिलगायत अत्यावश्यक कामका लागि सम्बन्धित प्रशासनले आआफ्ना मापदण्ड बनाएका छन्।
गृह मन्त्रालयले मंगलबार साँझ ७ बजे जारी गरेको निषेधाज्ञा घोषित जिल्लाको सूची :
यी हुन् निषेधाज्ञा लागु भएका जिल्लाहरु
बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु, लमजुङ र भोजपुर ।

