देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यले स्थापित अन्तराष्ट्रिय नेपाली समाजले हिजो शनिवार एक भर्चुअल कार्यक्रम गर्दै रमेश जोशीको अध्क्षयतामा इजरायलको राष्ट्रिय कार्यसमिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा जनक आचार्य र उपाध्यक्षहरुमा राजन केसी , तारा खत्री, नेत्र मिश्र र छबिलाल खड्का चयन भएका छन् ।
त्यसैगरी महासचिवको जिम्मेवारी जीवन कठायतलाई दिइएको छ भने सचिवमा गायत्री खत्री रेनु शेर्पाइली, शिखर सुनार, धनसेर धानुक, रमेश भण्डारी र भिम रोका चयन भएका छन । त्यस्तै समितिको कोषाध्यक्षमा कोपिला मरासिनी , सह-कोषाध्यक्षमा कमल भुल , जमान सिङ चौधरी र बिक्रम भट्टराई चयन भएका छ्न ।
त्यसैगरी सदस्यहरुमा तारा बहादुर ज्ञामी, विवेक पोख्रेल, शरद न्यौपाने, भाबेष जोशी , हिरा मगर ,गोमा घर्ती मगर , पुर्ण गौतम, भुप बहादुर पुन, शंकर रावल, अक्षय केसि, गणेश चपाइ, निमेश खड्का, राज कुमार कुंवर, राम थापा, जुनु खनाल, शोभा सिवाकोटी, श्याम आचार्य र राजन तामाङ रहेका छन् ।

त्यस्तै नवगठित कार्यसमितिको सल्लाहकारमा गणेश गिरी, लक्ष्मी भट्टराई, कृष्ण भण्डारी र संरक्षकमा नितु खतिवडालाई चयन गरिएको छ ।
शनिवार नेपाली समयानुसार साँझ भव्यरुपमा आयोजित भर्चुअल कार्यक्रमको प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुत डा. अन्जन शाक्यले नवगठित कार्यसमितिको घोषणा गरेकी थिइन् ।
नव गठित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा वधाई तथा शुभकामना मन्तव्य राख्नुहुदै समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उदेश्य तथा औचित्य बारे प्रस्ट्याउदै सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको जानकारी गराए ।
त्यसैगरी प्रमुख अतिथिमा डा. अन्जान शाक्यले नवगठित कार्यसमितिको घोषणा गर्दै बधाई तथा शुभकामनाका साथै आगामी दिनहरूमा हरेक समस्याहरुमा दुतावासले इन्ससँग सहकार्य गर्दै सहयोग गर्ने बताएकि छिन् ।
समाजका केन्द्रिय महिला समितिका अध्यक्ष डा. रेणुका सोलुले नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहिँबाट योगदान गरौं भन्दै समाजले सहि बाटो समातेर अघि बढेकोमा खुसी व्यक्त गरेकी छिन ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गैरआवासीय नेपाली संघ (एनआरएन), इजरायलका अध्यक्ष गणेश गिरी, प्रवासी एकता मञ्च इजरायलका अध्यक्ष तथा सलोम मुभमेन्ट सोसाइटीका अध्यक्ष तिर्थ गौतम, जनसम्पर्क समिति इजरायलका अध्यक्ष खगेश्वर अधिकारी, साहित्यकार तथा अनेसास इजरायल च्याप्टरका अध्यक्ष लक्ष्मी भट्टराई ‘अनुरागी’ र एनआरएन इजरायलका महासचिव कृष्ण भण्डारीले बधाई तथा शुभकामना मन्तव्य राखेका थियो ।
नवगठित समितिका अध्यक्ष र महासचिवले पदभार ग्रहण पछि प्रतिबद्धता मन्तव्य राख्दै पुर्ण सेवाभाव र निष्ठाका साथ सामाजिक संस्थाको मुल्य र मान्यतालाई ख्याल राख्दै नेपाल र नेपालीको हित र विकासमा निरन्तर लागि पर्ने प्रतिबद्दता जनाएका छन।
समाजका केन्द्रीय महासचिव अर्जुन श्रीले संचालन गरेको कार्यक्रममा शुभलक्ष्मी कोइरालालगायत विभिन्न सर्जकहरुले रचना वाचन गरेका थिए भने समाजका केन्द्रीय उपाध्यक्षहरु नीतु खतिवडा, इश्वर राई, झलक बुढाथोकी, त्यसैगरी इन्स राष्ट्रिय कार्यसमिति मलेसियाका अध्यक्ष राजु तामाङ, इन्स जर्मनीका अध्यक्ष सुमन बस्नेत, झापाली समाज इजरायलका अध्यक्ष माला योन्जोन तामाङ, साहित्य चौतारी इजरायलका अध्यक्ष नवीन यात्री, लगायत संसारभरबाट विभिन्न संस्थाका प्रतिनिधि समाजसेवी, बुद्धिजिबिलगायत अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

