डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ ।
डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हुनु हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ ।डिप्रेसनको सम्भावना महिलाहरूमा अझ बढीहुने देखिन्छ ।
डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आ’त्मह’त्या गर्ने गरेको पाइन्छ । खासगरी डिप्रेसनका रोगीहरू मुटुको रोगले मर्ने सम्भावना रहन्छ । त्यसैले समयमै नजिकको मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ । मानसिक रोग विशेषज्ञले डिप्रसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्दछन ।
के कारणले डिप्रेसन हुन्छ ?
यो रोग वंशाणुगत रोग पनि हो आफ्नो परिवार वा अघिल्ला पुस्तामा छ भने यो रोग लाग्छ ।जीवनका त’नावपूर्ण घटनाहरू घटेको छ भने सहन नसकिने वि’योग हुदा, आफ्नो नजिकको प्रियजनको मृ’त्युको पि’डाले गर्दा यो रोग लाग्छ ।
खास गरी रक्तचापका बिरामीलाई दिइने औषधी र स्टेरोइड औषधीहरूले डिप्रेसन गराउनसक्छ ।लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ यो रोगले गर्दा मानिसमा मानसिक समस्या आउने हुन्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै रहेको पाइन्छ ।
डिप्रेसनका लक्षणहरू के हुन् ?
मन उदास वा दि’क्क भइरहने, कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने । खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हि’नताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने ।
निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौ’नइच्छामा कमी हुने, खाना खान मन नलाग्ने । भविश्यप्रति नैरा’श्यता छाउने, बाँच्नु बेकार छ भनेर म’र्ने इच्छा पलाउने तथा आ’त्मह’त्याको विचार आउने ।
टाउको, पेट, छाती वा हातखुट्टा दु’ख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन, केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झ’गडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।
डिप्रेसनको पहिचान गर्ने तरिकाहरू:
सामान्य डिप्रेसन रागको पहिचान लक्षणहरूका आधारमा गरिन्छ । केही अवस्थाहरूमा थप जाँचहरूको पनि आवस्यकता पर्छ । जस्तै थाइरोइड ग्रन्थीको जाँच, टाउकोको सिटीस्क्यान र अन्य जाँचबाट पनि पत्ता लगाउन सकिन्छ
डिप्रेसनका बिरामीहरूले ध्यान दिनुपर्ने कुराहरू
चिकित्सकले लेखे बमोजिमको औषधि खानुपर्छ । आफूले नै औषधिको मात्रा घटबढ गर्ने वा औषधि छाड्ने गर्नु हुदैन । जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्नु हुदैन ।
सन्तुलित एवं पौष्टिक भोजन खाने गर्नुपर्छ । आफ्नो समस्या एवं चिन्ताहरूलाई साथीभाइ एवं परिवारसँग व्यक्त गर्दा आफूलाई राम्रो महशुस हुन्छ ।
औषधि से’वन गर्दा गर्दै पहिलेको भन्दा फरक लक्षण देखापरेमा वा डाबर आएमा वा जिउ चिलाएमा तथा गर्भवती भएमा तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ । कसरत गरेमा राम्रो महशुस हुन्छ ।
सकेसम्म आफनो दैनिक काम जारी राख्नु पर्छ तर आफैंलाई त’नाब हुनेगरी काम गर्नु हुदैन । डिप्रसन भएको अवस्थामा जीवनका महत्त्वपूर्ण निर्णयहरू गर्नुहुदैन ।
औषधि सेवन गर्दा गर्दै कुनै शारीरिक रोग लागेमा, जचाउनु परेमा आफूले खाइरहेको औषधिको बिवरण सम्बन्धित चिकित्सकलाई बताउनु पर्छ ।

