आइतवार, बैशाख १२, २०७८
‘यात्री’ नेपालमै बनेको पहिलो विद्युतीय बाइक, मुल्य १९ लाख ४९ हजार, यस्तो छ बिशेषता (भिडियोसहित)

‘यात्री’ नेपालमै बनेको पहिलो विद्युतीय बाइक, मुल्य १९ लाख ४९ हजार, यस्तो छ बिशेषता (भिडियोसहित)


  • स्वदेश नेपाल
  • आइतवार, बैशाख १२, २०७८

नेपाली युवाले बनाएको यात्री मोटरसाइकलले २ वटा मोडल सार्वजनिक गरेको छ। कम्पनीले पी जिरो र पी वान मोडलका विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको हो।

कम्पनीले पी जिरो मोडललाई प्रिमियम बाइकको रुपमा सार्वजनिक गरेको छ। पी जिरो मोडलको ६४ हर्ष पावर भएको मोटरसाइकलले ६५० एनएम टर्क जेनेरेट गर्छ।

२०७६ मै टिजर सार्जनिक गरेको पी–जिरो मोडलमा ३० किलोवाटको मोटर रहेको छ। यात्री मोटरसाइकल एकपटक चार्ज गरेपछि २३० किमि गुड्न सक्ने कम्पनीले जनाएको छ।

पी जिरो मोडलको मूल्य १९ लाख ४९ हजार रुपैयाँ रहेको छ।

यात्रीले पी वानको मूल्य भने पी जिरोको तुलनामा धेरै कम राखेको छ। कम्पनीले पी वानलाई धेरै मानिससमक्ष पु¥याउने लक्ष्यका साथ काम गरिरहेको बताएको छ।

कम्पनीका संस्थापक असिम पाण्डे यात्री मोटरसाइकल इन हाउस डिजाइन भएको बताउँछन्।

पाण्डेका अनुसार १९ हर्ष पावर पी वान एक पटकको चार्जमा ११० किमी कुद्न सक्छ। पी वान सामान्य चार्जिङबाट ३ घण्टामा फुल चार्ज हुन्छ भने स्पिड चार्जरबाट १ घण्टामै फुल चार्ज हुन्छ।

पी वानको मूल्य ४ लाख ९५ हजार शुरुवाती मुल्य रहेको छ।

यात्री मोटरसाइकलले लिथियम आयनको ब्याट्री प्रयोग गरेको छ। लिथियम आयनमा पनि फरक–फरक रसायन प्रयोग गरिएको हुन्छ। पावर ट्रेनमा कुनै कम्प्रमाइज नहोस् भनेर उच्चस्तरको रसायन प्रयोग गरेको कम्पनीले जनाएको छ।

‘सबै हाम्रो आफ्नो कलमबाट डिजाइन भएको हो। लाइट, सफ्टवेयर सबै आफ्नै डिजाइन हो’, पाण्डे भन्छन्, ‘यो फुल नेपाली डिजाइनमा नेपालमै बनेको विद्युतीय बाइक हो।’

बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ भएको थियो। नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले टेष्ट ड्राइभ गरेका थिए।

नेपालखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट