मङ्लबार, चैत्र ३१, २०७७
हेर्नुहोस २०७८ सालको वार्षिक राशिफल, कुन राशिकाे भाग्य कस्ताे ? (भिडियोसहित)

हेर्नुहोस २०७८ सालको वार्षिक राशिफल, कुन राशिकाे भाग्य कस्ताे ? (भिडियोसहित)


  • स्वदेश नेपाल
  • मङ्लबार, चैत्र ३१, २०७७

-ज्यो. कृष्णप्रसाद काेइराला

यस वर्ष राक्षस नामको संवत्सर रहने छ । ग्रहपरिषद्को गठनलाई विचार गर्दा यस वर्ष राजा र मन्त्री दुबै पदमा मंगल ग्रह रहने छ । यो वर्ष अग्निभय, अल्पबृष्टि, राज्याधिकारीहरूका बीचमा परस्परमा अविश्वास र अराजक स्थितिले जनतामा भय, त्रास र नैराश्यता बढ्ने समय छ ।

जगल्लग्नमा मीन राशि परेको छ, यसको स्वामी बृहस्पति ग्रह वर्षप्रवेशको समयमा व्यय भावमा रहेको कुम्भ राशिमा बसेको छ । लग्नेशबाट केन्द्रीय सम्बन्ध बनाएर तृतीय भावमा बृष राशिमा मंगल र राहुको युतिसम्बन्ध बनेबाट यो वर्ष सरकारको उच्च ओहोदामा बसेका व्यक्तिहरूले पटकपटक नीति र नियमको उल्लंघन गरेको समाचार सुन्न पाइनेछ ।

नेपाल र छिमेकी राष्ट्र भारत र आसपासका देशहरूको भविष्य नियाल्दा यस क्षेत्रमा बुद्धिपक्षभन्दा पनि लहड, एकोहोरोपन र सनक उन्माद हुने परिस्थिति बन्नेछ ।

जनताका सुखदुःख र आवश्यकताका विषयमा भन्दा पनि गणितीय र प्राविधिक गठजोड तथा दमन, उत्पीडन र प्रशासनिक तानाबुनाबाट शासन सञ्चालित हुनेछ । देशका सीमाहरूमा युद्ध, संघर्ष र द्न्द्वको बादल मँडारिने समय छ । सीमान्त क्षेत्रमा उपद्रव र आतंकको छाया देखापर्नेछ । प्रशासनिक संयन्त्र बलियो बनाउन सरकारले ठाउँठाउँमा सेना परिचालन गर्ने र निरंकुशता लाद्ने खतरा देखिन्छ । यस क्षेत्रको समुद्री तटमा प्राकृतिक प्रकोपको सम्भावना छ ।

उत्तरी क्षेत्र र हिमालय÷पर्वतीय भूभागमा विनाशकारी आपदा ब्यहोर्नुपर्छ । वर्षाका दृष्टिकोणले समुद्री तटवर्ती क्षेत्रमा वायुवेगका साथमा प्रलयंकारी वर्षा हुनेछ, तर गंगाको मैदानी भूभाग तथा नेपालको तराई क्षेत्रमा खण्डवृष्टि हुनाले कतै बाढीपैह्रो र कतै खडेरीको परिस्थिति बन्नेछ । पर्वतीय क्षेत्रमा बाढीपैह्रोको जोखिम छ भने यस वर्षको हिउँदमा भारी हिमपातको सम्भावनासमेत देखिन्छ । वर्षे बालीका तुलनामा हिउँदेबालीबाट किसानलाई राहत पुग्नेछ ।

पश्चिम नेपालका तुलनामा पूर्वी नेपाल, बिहार, उडिसा, बंगाल, आसाम, बर्मा आदि देशमा धान उत्पादनमा बृद्धि हुनेछ, तर पनि समग्रतामा धानको उत्पादनमा कमी हुनेछ, तर गहुँ, कोदो, जौ, चना, मुसुरो, रहर आदिको उत्पादनमा बृद्धि हुनेछ । कतै अतिवर्षाको प्रकोप र कतै नयाँ रोगव्याधि भित्रिनाले अन्न उत्पादनमा कमी आउनेछ, तर फलफूल र तरकारीको उत्पादनबाट सन्तोष लिन सकिनेछ । यो वर्ष फलाम, मिलमेसिनरी र यान्त्रिक वस्तुको दाममा भारी बृद्धि हुनेछ । त्यस्तै पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि हुनाले महँगी आकासिने समय छ । रेशमी र फेन्सी लुगाको मूल्यसमेत बढ्ने संकेत छ ।

सामान्यतया हरेक खाद्यवस्तुको मूल्यमा बृद्धि हुनाले जनता निराश हुनेछन् । खासगरी तेलजन्य पदार्थको मूल्यबृद्धिले उच्चगति समात्ने लक्षण छ । जताततै भ्रष्टाचार, ठगी र लूट हाबी हुने समय हो । छलछाम, चोरी, डकैती आदि समाचारका आम विषय बन्नेछन् । औद्योगिक उत्पादनमा कमी आउनेछ । पशुचौपाया, बालबालिका र बृद्ध व्यक्तिहरू रोगको फन्दामा पर्नसक्छन् । विश्व परिवेशको फलादेश गर्नुपर्दा पूर्वी गोलार्द्धमा प्राकृतिक प्रकोप, भूइँचालो, सुनामी, उग्रवादी र आतंककारी क्रियाकलाप आदिका कारण ठूलो जनधनको क्षति हुनेछ । त्यस्तै विश्वको दक्षिणीपश्चिमी भूभागमा भुइँचालो, अग्निकाण्ड, यान दुर्घटना र अन्य दैवी प्रकोपको परिस्थिति बन्नेछ ।

विश्वव्यापारमा परिवर्तनका साथै सुधारको संकेत छ । धेरै देशहरूमा महँगी, बेरोजगारी र आर्थिक मन्दीको समस्या देखिने छ । शक्तिशाली राष्ट्रहरूले आफ्नो अस्तित्व कायम राख्न संघर्ष र तनावबाट गुज्रनुपर्ने हुन्छ । विश्व शेयर बजारमा उतारचढावको समय रहनेछ । ठाउँठाउँमा धार्मिक र साम्प्रदायिक तनाव रहनेछ ।

विश्वका केही राष्ट्रमा पुनः नयाँ रोगको उदय हुनाले जनजीवन अस्तव्यस्त हुनेछ । समग्रतामा यो वर्ष सुख र आनन्दबाट टाढा रहेको वर्ष हो, त्यसैले आम जनसमुदायले सामुदायिक हित र कल्याणको चाहना राखी ग्रहपूजा, दैवी पूजा र उपासना गर्नु÷गराउनु भएमा केही राहत र सुखसन्तोष मिल्नसक्छ भन्ने शास्त्रीय मान्यता रहेको पाइन्छ । त्यसबाहेक देशमा रहनुहुने सबै राष्ट्रप्रेमीहरूले साझा भावनाले राष्ट्र, राष्ट्रियता, धर्म र जनकल्याणप्रति समर्पित भएर कार्यक्षेत्रमा लाग्ने तथा कर्तव्यपालना गरेमा हामी सबैको कल्याण हुने साथै राष्ट्रको समुन्नति हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मेष राशि हुनेहरूका लागि मध्यमस्तरको फलका साथमा नयाँ वर्ष २०७८ को प्रारम्भ भएको छ । पहिलेदेखि देखिएका पारिवारिक समस्याहरू हल हुने सङ्केत छ । वर्षको अधिकांश समय बृहस्पति अनुकूल हुनाले धार्मिक स्थलहरूको भ्रमण, सन्तान सुखप्राप्ति, आकस्मिक लाभ, शिक्षामा सफलता जस्ता शुभ परिणाम मिल्नेछ । वर्ष प्रवेशको समयमा दोस्रो घरमा राशिस्वामी मङ्गलका साथमा राहुको युतिसम्बन्ध बनेको तथा आठौं घरमा केतु बसेको हुँदा रिस, घमण्ड र अहङ्कार हाबी हुने वर्ष छ । यसको प्रभावले स्वास्थ्यमा समस्या, मानहानि, खर्चबृद्धि, पापकर्ममा रुचि, हाडजोर्नी र नसासम्बद्ध रोग, घरका बृद्धबृद्धाको अवस्था कमजोर, मानसिक तनाव, वैरभाव, झुट्टा आरोप, धनहानि आदि नकारात्मक फल प्राप्ति हुने हुँदा सचेत र सतर्क रहनु पर्दछ । दशमेश शनिश्चर वर्षभरि दशमभावमा नै स्वगृही भई बस्ने हुँदा समग्रतामा मानसम्मानमा बढोत्तरी र व्यापारव्यवसायमा लाभ मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहने छ ।

अध्ययन, अध्यापन र वैदेशिक प्रयोजनका काममा सफलता मिल्नेछ । यद्यपि जेठ ०५ गतेपछि असोज २२ गतेसम्म शनिको गतिमा बक्रता आउने हुँदा यस अवधिमा धार्मिक, सामाजिक र सांस्कृतिक काममा बाधा पुग्ने देखिन्छ । स्थान परिवर्तनको योग हुनुका साथै आवश्यक निर्माण कार्यमा रकम लगानीको सम्भावना पनि देखिन्छ । त्यस्तै यस बीचमा मनमा आशान्ति, काममा ढिलासुस्ती, अनावश्यक झमेलामा फँस्नुपर्ने, अनावश्यक आर्थिक भार आइलाग्ने, निरर्थक भ्रमण हुने सङ्केत छ, साथै उक्त समयमा घरका बृद्धसदस्यको स्वास्थ्यस्थितिमा बाधा, दुर्घटना र चोटपटकको सम्भावना पनि छ ।

समग्रमा मेष राशि हुने जातकहरूका लागि वैशाख, असार, आश्विन, माघ र फाल्गुन महिनाहरू सहज रहने छन् । मेष राशिदेखि जगल्लग्न बाह्रौं घरमा अर्थात् व्ययस्थानमा रहेकाले काम गर्दा सोचेभन्दा राम्रै परिणामहरू प्राप्त हुनेछन्, तर याद गर्नुहोला, हरेक काममा चिताएको बजेटले पुग्दैन, खर्चको मात्रामा बृद्धि हुने वर्ष हो । त्यस्तै वर्षप्रवेशका समयमा राशिस्वामी मङ्गल र राहुको युति रहेकाले आँट हिम्मत र साहसमा त बृद्धि नै हुन्छ, तर रिस, घमण्ड र स्वेच्छाचारिताले बनेको काम पनि बिग्रन सक्छ, सचेत हुनुपर्छ ।

भाग्येश बृहस्पति र कर्मेश शनि जेठदेखि असोजसम्म बक्री रहेकाले यस अवधिमा विवाद र कलहबाट टाढा रहनु राम्रो हुन्छ । यस वर्षलाई अझ शुभ फलदायी बनाउनका लागि मेष राशिका सबै जातकले दैनिक हनुमान् चालिसा वा गणेश अथर्वशीर्षको पाठ गर्नु मुनासिब हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बृष राशि हुनेहरूका लागि नयाँवर्ष २०७८ को जगल्लग्न लाभ भावमा परेको हुँदा समग्रमा हर्ष, उमङ्ग र उत्साह लिएर उपस्थित भएको छ । व्यापारबाट सामान्यतया लाभ नै हुनेछ । वैदेशिक प्रयोजनका काममा शुभ फल प्राप्त हुनेछ । धार्मिक, सांस्कृतिक र पर्यटकीय यात्राको सम्भावना छ । सन्तति तथा भाइबहिनीका तर्फबाट प्रसन्नता मिल्नेछ । वैदेशिक प्रयोजनका काममा सफलता मिल्नेछ । तर वर्षप्रवेशको समयमा शिरमा मङ्गल र राहुको उपस्थिति तथा राशिस्वामी बाह्रौं भावमा रहेकाले केही झिनामसिना समस्या र झैझमेला भने देखा पर्न सक्छन् ।

शिरमा बसेको राहुको प्रभावले काममा ढिलासुस्ती, स्वास्थ्यमा बाधा, झुट्टा आरोप आदिको सम्भावना छ । सवारीसाधन हाँक्दा र हातहतियार चलाउँदा होस राख्नुपर्छ । जग्गाजमिन र जायदातसम्बद्ध समस्या बल्झिने वा मुद्दामामिला हुनसक्ने सङ्केत छ । त्यस्तै दाम्पत्य जीवनमा समस्या पर्नुका साथै बन्दव्यापारमा पनि नोक्सानीको सङ्केत देखिन्छ । सामाजिक कामबाट खिन्नता हुनेछ । कम बोलेको जाति हुन्छ । वर्षको अरु समय राम्रै भए पनि खासगरी जेठ, असोज र माघ महिना कष्टप्रद रहने छन् ।

समग्रमा बृष राशि हुने जातकहरूका लागि यस वर्षमा ज्येष्ठ, श्रावण, कात्तिक, फाल्गुन र चैत्र महिना सार्थक रहने छन् । अचल सम्पत्ति र पैतृक सम्पत्तिमा लाभ हुनेछ । घुमघाम, मनोरञ्जनात्मक क्षेत्र, तीर्थयात्रा र वैदेशिक कार्यक्रम सफल हुनेछन् । खासगरी असार ६ गतेदेखि असोज २२ गतेसम्म शनिको बक्रताका कारण जन्मकुण्डलीमा समेत शनिको नकारात्मक स्थिति भएमा कार्यमा शिथिलता र स्वास्थ्यमा नकारात्मता देखिने सम्भावना भएकाले बृष राशिका सबै व्यक्तिले प्रत्येक शनिबार पीपलमा जल चढाउनु, काला चिजबिज र छायापात्र दान गर्नु र भगवान् विष्णु र लक्ष्मीको आराधना गर्नु श्रेयस्कर हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

नयाँ वर्ष २०७८ मिथुन राशिका जातकका लागि मिश्रित परिणामका साथमा उपस्थित भएको छ । वर्षारम्भमा राशिस्वामी बुध जगल्लग्नमा र कर्मक्षेत्रमा मीन राशिमा तथा बृहस्पति र केतु तपाईंको अनुकूल रहेको हुँदा मानसम्मान बढ्नेछ । परिवारमा माङ्गलिक कृत्य सम्पादन हुनेछ । आर्थिक उन्नतिका निमित्त नयाँनयाँ मार्गहरू प्राप्त हुनेछन्, गरेका प्रयासमा सफलता पाइनेछ ।

नोकरी, व्यवसाय र सामाजिक काममा मानसम्मान मिल्नेछ । सन्ततिपक्षबाट प्रसन्नता हुनेछ, तिनका उन्नति, प्रगतिका समाचार सुन्न पाइनेछ । भूमि, वाहन र भौतिक सुखसुविधाका वस्तु जुटाउने अवसर मिल्नेछ । नचिताएको ठाउँबाट अचानक लाभ पाइनेछ । शैक्षिक र प्राज्ञिक उन्नयनका दृष्टिले वर्षको उत्तरार्द्धमा सफलता पाइनेछ । तर वर्षभरि नै आठौं शनिको अढैया दशा रहने तथा बाह्रौं भावमा राहुको उपस्थिति भएकाले पुर्ख्यौली सम्पत्ति र लेनदेनको कारोबारमा झैझगडा, झुट्टा आरोप, शरीरमा आलस्य, मनमा अशान्ति, बन्धनको स्थिति, धनहानि, शत्रुबृद्धि, हाडजोर्नी र नसासम्बन्धी रोगजस्ता अशुभ फल प्राप्त हुनेछ । द्वादश भावको राहुको प्रभावले महत्त्वाकाङ्क्षा फलीभूत हुने छैनन्, फजुलका विवाद र कलहमा फँस्ने भय छ ।

समग्रमा मिथुन राशि हुने व्यक्तिका लागि आगामी २०७८ सालको वैशाख, भदौ, मंसिर र चैत्र महिना सहयोगी रहने छन् । जगल्लग्न कर्मक्षेत्रको राशि मीन रहेकाले अत्यधिक आशावादी बन्ने समय हो । तर हिजोआज आठौं भावमा बसेको शनिको अढैयाको प्रकोप रहेकाले यस वर्ष हरेक काम गर्दा प्रशासनिक झमेला, मुद्दामामिला र झैझगडाको सिर्जना हुन्छ कि भनी सतर्क भएर काम गर्नुपर्ने समय हो । अझ जेठदेखि असोजसम्म शनिको गतिमा बक्रता आउने हुँदा सवारी हाँक्दा, बाटो काट्दा, हातहतियारको प्रयोग गर्दा सावधान र सतर्कता अपनाएको राम्रो हुन्छ । यो वर्षलाई अझ राम्रो बनाउन तपाईंले भक्तिभावपूर्वक बुध र शनिको मन्त्रजाप, छिन्नमस्ता एवं काली भगवती र वटुकभैरवको पूजा–उपासना गर्ने तथा जन्मोत्सव मनाउने क्रममा शनिको स्वस्तिशान्तिको आयोजना गर्नाले विघ्नविनाश गर्न धेरै सहयोग पुग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कर्कट राशिका जातकका लागि नयाँ वर्ष २०७८ केही राम्रा र केही नराम्रा परिणामका साथमा उपस्थित भएको छ । पशुपालन र बन्दव्यापारबाट लाभ मिल्नेछ । भूमि, वाहन र भैतिक सम्मृद्धिका प्रयास सफल हुनेछन् । शत्रुहरू पराजित हुनेछन् । नोकरीमा मानसम्मान पाइने छ । सामाजिक कामबाट प्रशंसा पाइने छ । सन्तति र भाइबहिनीले खुसी दिनेछन् । वर्षारम्भमा आँखासम्बद्ध रोगव्याधिको प्रकोप छ भने जेठदेखि असोजसम्म शनिश्चरमा बक्र गति हुने तथा प्रायः वर्षभरि बृहस्पति प्रतिकूल रहनाले पारिवारिक कलह, दाम्पत्य किचलो र कुबुद्धिको प्रबलता बढ्ने सम्भावना छ । अनावश्यक वादविवाद र बहसले तनाव सिर्जना गर्नसक्छ ।

लेनदेनको विषयले आफन्तका बीचमा मनमुटाव र कलह हुनेछ । मानसिक व्यथा र खिन्नता बढ्ने स्थिति आउनेछ । वैदेशिक प्रयोजनका कामबाट फाइदा लिन सकिंदैन । खर्चको मात्रामा बृद्धि हुनेछ । तर असोजपछि सप्तमेश शनिको अनुकूलताले घरपरिवारमा खुसीको वातावरण बन्नेछ । माङ्गलिक कर्मको आयोजना हुनसक्छ । एकादश भावमा उपस्थित राहुले तपाईंलाई वर्षभरि शुभ परिणाम दिलाउनेछ, त्यस्तै पञ्चम भावमा बसेको केतुको प्रभावले सन्ततिपक्षबाट प्रसन्नता दिलाउनेछ । सामान्यतया यस वर्षको वैशाख, जेठ, असोज र पुस महिना तपाईंका लागि अनुकूल महिना हुनेछन् ।

समग्रमा कर्कट राशि हुने व्यक्तिका लागि आगामी २०७८ सालको वैशाख, जेठ, असोज र पुस महिना फलदायक रहने छन् । जेठदेखि असोजसम्म शनिदेवको बक्रताले पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन र प्रेमसम्बन्धमा नकारात्मक प्रभाव पार्नेछ । व्यवहारिक र घरायसी खर्चमा बृद्धि हुनेछ । दाजुभाइ र साझेदारहरुका साथमा आर्थिक झमेला हुनसक्छ । जेजस्तो भए पनि नववर्ष प्रवेशका दिन कर्मक्षेत्रमा चन्द्रमा रहेका कारण यो वर्ष व्यस्त दिनचर्याका साथमा व्यतीत हुनेछ । कर्कट राशिका जातकले सम्पूर्ण दृष्टिले यस वर्षको शुभफल प्राप्त गर्न वर्षको प्रारम्भमा नै अरिष्ट निवारण र निर्विघ्न कार्यसिद्धिका लागि लघुरुद्राभिषेक कार्य गर्ने वा वर्षभरि हरेक सोमवारका दिन शिवालयमा दुग्धधाराको अभिषेक गर्ने अथवा भगवान् शङ्करको पूजा–आराधना गर्दा समयलाई फलदायी बनाउन मद्दत पुग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सिंह राशिका जातकका लागि यस वर्षको सुरुवातमा राशिमा दशम भावमा राहु र सप्तम भावमा बृहस्पति ग्रहको उपस्थिति रहेको र शनिदेवले छैटौं भावको यात्रा गर्ने हुँदा यो वर्ष अत्यन्त सकारात्मक र शुभ परिणामका साथमा उपस्थित भएको छ । यो वर्ष तपाईंको घरमा विवाह, व्रतबन्ध, पुराण वा कुनै माङ्गलिक उत्सव सम्पन्न हुनेछ । माया मारेको सम्पत्तिको हातलागी हुने समय छ । आम्दानीका नयाँ मार्गको पहिचान हुनेछ । नोकरी र सामाजिक क्षेत्रमा मानसम्मान पाइनेछ । बन्दव्यापार र खेतीपातीबाट पनि लाभ मिल्नेछ । शत्रुहरू वशमा रहनेछन् ।

वैदेशिक प्रयोजनका कामबाट लाभ हुनेछ । दाम्पत्यसम्बन्ध सुमधुर रहने छ । वर्षारम्भमा चतुर्थ भावमा केतु रहेकाले बाध्यात्मक कामका लागि ऋण काढ्नु पर्ने हुन्छ । पेटसम्बन्धी रोगले दुःख दिनेछ, मोटर÷वाहनका कारण खर्च बढ्ने परिस्थिति बन्नसक्छ । तर विदेशमा बस्नेहरूका लागि केतुको प्रभावले महत्त्वाकाङ्क्षा फलीभूत हुनेछ ।

समग्रमा सिंह राशिका जातकका लागि यो वर्ष गज्जबको समय छ । विवाहयोग्य युवायुवतीको वैवाहिक प्रस्ताव प्राप्त हुने योग हो र विवाहका माध्यमबाट विदेश जाने सपना छ भने यस अवधिमा पूरा हुनसक्छ, प्रयास गर्नुहोला । प्रेम जीवनले दाम्पत्य जीवनमा प्रवेश गर्नेछ । पेसा, व्यवसाय र कामधाममा उन्नति हुने तथा सम्मान र प्रभाव बढ्नेछ । तर सप्तमेश शनिदेवको बक्र अवधि (जेठदेखि असोजसम्म) पारिवारिक व्यवधान र शत्रुबाधा उत्पन्न रहेकाले उन्नति प्रगतिमा केही बाधा हुनसक्छ । त्यसैले ग्रहजन्य दुष्टफल निवारणका लागि यस वर्षको प्रारम्भमा नै शनिमृत्युञ्जय र राहुसूक्तको पाठ वा वर्षभरि शनि र राहुको विशेष आराधना वा विधिपूर्वक वटुक भैरव तथा काली भगवतीको पूजा–उपासना गर्नाले यस वर्षलाई उन्नत र सार्थक तुल्याउन मद्दत पुग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कन्या राशिका जातकहरूका लागि नयाँ वर्ष २०७८ सामान्य वर्ष रहनेछ । यो वर्ष बृहस्पति र राहु अशुभ फलदायी रहेकाले स्वास्थ्यसम्बन्धी समस्या, चिन्ता, धनहानि, शत्रुबाधा, पापकर्मको रूचि, सन्तानसम्बन्धी समस्या आदि अशुभ फलप्राप्ति भए पनि केतु अनुकूल रहनाले सुखबृद्धि र धनलाभ हुनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । वर्षान्तमा आकस्मिक धनलाभ हुनेछ । पशुव्यवसाय र जग्गाजमिन तथा मोटर गाडी जस्ता कारोबारबाट विवाद र हानि ब्यहोर्नुपर्छ ।

वर्षको उत्तरार्द्धबाट अध्ययन÷अध्यापनमा सुधार आउनेछ । खासगरी पाँचौं भावमा बसेको शनिश्चरको जेठदेखि असोजसम्म बक्र गति रहेकाले यस अवधिमा आर्थिक सङ्कट र काममा ढिलासुस्तीका लक्षणहरू देखिनेछन् । उक्त अवधिमा पठनपाठन र ज्ञानगुनका क्षेत्रमा मन जानेछैन । नोकरीमा जति खटे पनि अपजस ब्यहोर्ने परिस्थिति बन्नेछ । दाम्पत्य सम्बन्धमा विश्वासको सङ्कट हुनेछ । वर्षारम्भमा राशिस्वामी बुधले सप्तम भावमा उपस्थिति जनाएको तथा यही भाव जगल्लग्नसमेत परेको हुँदा पदोन्नति हुनेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ र पारिवारिक समस्या हल हुनेछन् । वैवाहिक जीवन, सन्तानसुख, पेसागत स्थिरताका लागि प्रतीक्षा गर्दै गरेका जातकले इच्छा पूर्ण गर्ने अवसर आउने छ । शुभचिन्तक एवं सहयोगीहरूले साथ दिनेछन् । धार्मिक, सामाजिक र सांस्कृतिक काममा संलग्न भइने छ । वैदेशिक यात्राबाट लाभ मिल्नेछ ।

समग्रतामा कन्या राशिका जातकका लागि चतुर्थेश र सप्तमेश मानिने बृहस्पति ग्रह छैटौं भावमा रहेकाले मुद्दामामिला, झैझगडा र विवादबाट टाढा रहने समय हो । खुट्टा तान्ने, खिसीट्युरी गर्ने र पछाडि बसेर अवरोध सिर्जना गर्ने शत्रुहरूको हरेक क्रियाकलापलाई निगरानी गर्नु बेस हुन्छ । कुनै झगडा वा विवाद कोर्ट वा थानामा पुग्नुअघि नै मिलाउने प्रयास गर्नुहोला, नत्र अत्यधिक दौडधूप र माथापिच्ची गर्ने परिस्थिति बन्नेछ । कुनै पारम्परिक काममा चिताएको बजेटभन्दा बढी खर्च हुने योग छ । शैक्षिक वा रोजगारीको प्रयोजनले विदेश जाने योजना सफल हुन्छ । वैदेशिक प्रयोजनको ग्रिनकार्ड, नागरिकता वा आवासीय स्वीकृति लिन सकिने छ । यो वर्ष देखापर्ने अशुभ फल निवारण होस् र शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले जन्मकुण्डलीमा रहेका ग्रहहरूको स्वस्तिशान्ति गरिदिने तथा कुलपितृसम्बद्ध काममा दिलचस्पी राख्नु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

छैटौं भावमा जगल्लग्न परेको तथा सप्तम भावमा राशिस्वामी शुक्र अस्तावस्थामा रहेकाले तुला राशिका जातकहरूका लागि यो वर्ष मध्यम प्रभाव भएको वर्ष हुनेछ । अर्काको हातमा गएको धन फिर्ता आउने छ । घरपरिवारमा माङ्गलिक कृत्य सम्पन्न हुनेछ । प्रशंसकहरू बढ्नेछन् । वैदेशिक क्षेत्रका कामहरू सफल हुनेछन् । व्यापार, कृषिक्षेत्र र पशुपन्छीबाट फाइदा लिन सकिने छ । नोकरीमा पदोन्नति हुनेछ । यो वर्ष चतुर्थ भावमा बसेको शनिदेवको अढैयाको पूर्ण प्रभाव रहने तथा दोस्रो भावमा केतु र अष्टम भावको मङ्गल र राहुले अशुभ फल प्रदान गर्ने समय हो । यसको प्रभावले प्रेम तथा वैवाहिक जीवनमा विवाद र कलह हुने तथा व्यक्तित्वको टक्करको परिस्थिति बन्नेछ ।

स्थायी सम्पत्तिको बेचबिखन गर्नु पर्नेछ । ऋणभार बढ्नसक्छ, जसले गर्दा आर्थिक पक्ष पेचिलो बन्ने छ, आफन्तसँग वैरभाव सिर्जना हुनसक्छ । व्यक्तिगत र पारिवारिक स्वास्थ्यमा धन खर्चको योग छ । चोटपटकको भयसमेत देखिन्छ । नोकरी र सामाजिक कार्यमा अपजस व्यहोर्नु पर्छ । मनमा अशान्ति, आर्थिक सङ्कट, काममा ढिलासुस्तीको योग छ । अभिभावकको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धनखर्च गराउने नयाँनयाँ समस्याहरू सिर्जना हुनेछन् । तर देवगुरु बृहस्पतिको चतुर्थ र पञ्चम भावमा उपस्थिति हुने हुँदा केही शुभ परिणाम पाउन सक्नुहुन्छ ।

समग्रमा समग्रमा तुला राशिका जातकका लागि यस वर्षको साउन, भदौ, पुस र चैत्र महिना अनुकूल रहने छन् । जेठदेखि असोजसम्म चतुर्थ भावमा बक्र अवस्थामा रहने शनिले धनसञ्चयमा बाधा पुर्याउने छ । पुर्ख्यौली सम्पत्तिको विवाद चुलिन सक्छ । दोस्रो भावको केतुले उच्चाकाङ्क्षा उत्पन्न गर्ने र धन जोखिममा पार्ने समय हो । वर्षभरि बृहस्पतिको शुभफल पाइने छ, शैक्षिक उन्नतिका लागि चालेको हरेक कदम सफल हुनेछ । जागिरमा पदोन्नति हुने वा चाहेको कार्यालय वा फाँटमा सरुवा गर्न सकिने छ ।

हस्थीहरूले छोराछोरीका समस्याबाट मुक्ति पाउने छन्, अनि तिनले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नाले खुसी हुने अवसर पाउनेछन् । किशोर÷किशोरीको प्रेमभाव सिर्जना हुने वा नयाँ प्रेमसम्बन्ध सुरु हुने समय हो । नयाँ दम्पत्तिले बच्चा बनाउने योजना बनाउन सक्छन् । यो वर्ष अझ राम्रो होस् भन्ने उद्देश्यले जन्मकुण्डलीमा कमजोर ग्रहहरूको प्रतिकूल स्थिति छ भने शिवजी, वटुक भैरव र बगलामुखीको पूजा–आराधना गर्ने तथा राहु र मङ्गल ग्रहको मन्त्रजाप गर्ने त्यस्तै हरेक मङ्गलवार व्रत, तीर्थ, दानादि गरेमा यो वर्षलाई बलियो बनाउन मद्दत पुग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बृश्चिक राशिका जातकहरूका लागि शनिश्चर ग्रह शुभ फलदायी रहेको तथा बृहस्पति, राहु र केतु अशुभ फलदायी रहेकाले मध्यम स्तरको समयका रूपमा नयाँ वर्ष २०७८ सालको आगमन भएको छ । शिक्षाक्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्य र नोकरीमा थुप्रै तनावका बाबजुद मानसम्मान र प्रतिष्ठा पाइनेछ । पशुव्यवसाय, जग्गाजमिन, मोटरवाहन आदि कारोबारबाट सामान्य लाभ हुनेछ ।

सातौं भावमा राशिस्वामी मङ्गल र राहुको युतिसम्बन्ध रहेकाले साझेदारीको काम र दाम्पत्य जीवनमा कलह र वैमनस्यको वातावरण बन्नेछ । प्रेमी÷प्रेमिकाको आपसी सम्बन्धमा धमिलोपन देखिनाले मानसिक पीडा हुनेछ । दोस्रो भावको मालिक बृहस्पतिको चतुर्थ भावमा उपस्थिति रहेकाले वैदेशिक प्रयोजनको काम वा विदेशयात्राबाट लाभ पाइने छ । सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक सुख मिल्नेछ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । अचानक अयाचित लाभ मिल्नेछ ।

समग्रमा बृश्चिक राशिका जातकका लागि वर्षभरि शनिको अनुकूलता नै हुनेछ, साथै चतुर्थ भावमा रहेको बृहस्पतिको पनि शुभफल मिल्नेछ । यो वर्ष गृहनिर्माणको समय हो । राम्रो घरघडेरीको खरिद हुनेछ वा पुरानो घरको मरम्मत सम्भार गर्ने मनस्थिति बन्नेछ । अंश पाउने वा पैतृक सम्पत्ति बाँडफाँड हुने समय पनि हो । सम्पत्ति बेचबिखनको प्रयास सफल हुनेछ । ऋणभार कम गर्न वा साटफेर गरी ऋणसापटी मिलाउन अनुकूल समय छ । यो भौतिक सम्मृद्धिको समय हो ।

मोटर वाहन प्राप्तिको योग पनि छ । तर यस अवधिमा पारिवारिक कलह र मानसिक अशान्तिको सम्भावना भएकाले झैझगडा र विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला । बाधाव्यवधानबाट सुरक्षित रही शुभफल प्राप्तिका लागि वर्षारम्भमा सम्बद्ध ग्रहको मन्त्रजप, काली, वटुकभैरव र वगलामुखीको आराधना तथा हरेक मङ्गलवारका दिन गणेशजीको उपासनामा जोड गरेमा ग्रहका अरिष्ट पक्षको शमन हुनेछ । समग्रतामा यस वर्षको वैशाख, भदौ, असौज र फागुन महिना शुभ रहने छन् भने असार, कार्तिक र फाल्गुन महिना कमजोर देखिएका छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

धनु राशिका जातकहरूमा यस वर्ष अन्त्य साढेसातीको पूर्ण प्रभाव रहनेछ । अनावश्यक दौडधूप, मानसिक चिन्ता, चोटपटकको भय, आर्थिक सङ्कट र पेटका रोगको प्रकोप ब्यहोर्नु पर्ने वर्षका रूपमा नयाँ वर्ष २०७८ को आगमन भएको छ । शनिश्चरको साढेसाती र जेठदेखि असोजसम्मको पाँच महिना शनि तथा राशिस्वामी बृहस्पतिको बक्रताका कारण एकपछि अर्को समस्याले पिरोल्न सक्छ । पारिवारिक समस्यामा रुमल्लिनु पर्नेछ । वैदेशिक प्रयोजनका काममा फाइदा लिन सकिंदैन ।

निकटतम व्यक्तिसँग विछोडको सम्भावना र प्रेमसम्बन्धमा मनमुटावको योग छ । पिताको स्वास्थ्यस्थिति वा पैत्रिक सम्पत्तिका विषयमा केही समस्या देखिन सक्छन् । प्रायः वर्षभरि नै तृतीय भावमा राशिस्वामी बृहस्पतिको उपस्थिति रहने हुँदा नोकरी र व्यवसायमा चुनौती र तनावका बावजुद सफलता मिल्नेछ । वर्षको पूर्वार्द्धका तुलनामा उत्तरार्द्धमा पशु व्यवसाय, जग्गाजमिन र मोटरवाहनादिका क्षेत्रमा लाभ हुनेछ । अध्ययन÷अध्यापन र ज्ञानगुनका कर्ममा सफलता पाइनेछ । अधुरा रहेका काम पूरा हुनुका साथै नयाँ कामको थालनी हुने सङ्केत छ । सन्ततिसुखको योग छ । व्यापार र पशुव्यवसायबाट सामान्यतया लाभ नै मिल्ने समय छ ।

समग्रमा धनु राशिका जातकका लागि यस वर्षको जेठ, असोज, कार्तिक र फागुन महिना तुलनात्मक रूपमा सहज र आनन्दप्रद रहने छ । सामाजिक क्रियाकलापमा व्यस्त रहने समय हो । राजनैतिक र सामाजिक अभियन्ताहरूका लागि व्यक्तित्व विकासको अवसर मिल्नेछ । विदेश यात्राको सम्भावना छ, त्यस्तै विदेशी कम्पनीहरुमा काम गर्नेले आयस्तरमा बृद्धि गर्ने अवसर पाउने छन् । पराक्रम, साहस र सामर्थ्यमा वृद्धि हुनेछ । विद्यार्थीहरूले शैक्षिक प्रतियोगितामा सफलता प्राप्त गर्नेछन् । धर्म र अध्यात्ममा गहिरो चासो हुनेछ । शनिदेवको अन्तिम साढेसातीको समय भएकाले आर्थिक पक्ष भने कमजोर बनाउन सक्छ, काममा बाधा र मानसिक तनाव भने झेल्नु पर्ने हुन्छ । जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न बाधा आइपर्ने सम्भावना छ । त्यसैले यस राशिका जातकले वर्षभरि कुलपितृको आराधना गर्ने र सुरुवातमा नै १०० आवृत्ति शनिमृत्युञ्जय स्तोत्र वा हनुमान चालिसाको पाठ गराउनु तथा शनिदेवको प्रियताका लगि हरेक शनिवार पीपलमा पानी चढाउनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मकर राशिका जातकहरूका लागि यो वर्ष मिश्रित फलदायी समय हुने सङ्केत छ । हुन त तपाईंको राशिस्वामी शनिको तपाईंको आफ्नै राशिमा उपस्थिति रहेको समय भएकाले बलवान् र आशावादी समय छ भन्दा फरक पर्दैन, यद्यपि यो शनिदेवको मध्य साढेसातीको प्रभावको समय भएकाले झुट्टा आरोप ब्यहोर्नु पर्ने, बन्धनमा पर्ने, धनको नाश हुने, शत्रु बढ्ने र मानसिक तनाव हुने परिस्थिति बनाउने समय पनि हो भन्ने बिर्सनु हुँदैन ।

यस वर्ष तपाईंको आफ्नै राशिमा र धनभावमा गुरु बृहस्पतिको उपस्थिति रहने छ, त्यसैले केही राम्रा परिणाम पनि हात पर्नेछन् । यश र कीर्ति बढ्नेछ, आर्थिक पक्षमा उल्लेखनीय सुधार आउनेछ, बोलीमा सिद्धि प्राप्त हुने र मुख बिक्ने समय हो । त्यस्तै कुनै माङ्गलिक र परोपकारी काममा धन लगानी हुनसक्छ । तीर्थाटन र पर्यटनका अवसर मिल्नेछन् । जग्गाजमिन र पशुधनबाट लाभ मिल्ने समय छ । बन्दव्यापारबाट राम्रै लाभ मिल्नेछ । ज्ञान र बुद्धिको क्षेत्रमा सफलता र सम्मान पाइने छ । नोकरीमा पदोन्नतिको सम्भावना छ । वैदेशिक क्षेत्रको कामबाट राम्रै फाइदा मिल्नेछ । भौतिक सुख–सुविधा प्राप्त हुनेछ । तर जेठदेखि असोजसम्म शनिदेवको प्रतिकूल फल पाइने समय भएकाले उल्टो फल पाउन सक्नुहुन्छ ।

समग्रमा मकर राशिका जातकका लागि यो वर्ष चुनौती र परीक्षामा खरो उत्रेर सफलता आर्जन गर्नुपर्ने समय हो । घरायसी र पारिवारिक अस्थिरता एवं असन्तुष्टिले प्रभावित पार्न सक्ने भए पनि वर्षभरि नै बृहस्पतिको अनुकूलता हुनाले प्रतिस्पर्द्धी परास्त हुनेछन् । लेनदेन, अंशवण्डा र साझेदारीको समस्या निराकरण गर्न सकिन्छ । जिम्मेवारी र सामाजिक प्रतिष्ठाका लागि गरिएको प्रयास सफल हुनेछ । कुनै जग्गा वा सम्पत्ति जोड्ने योग छ । खुट्टा तान्ने र पछाडि बसेर ब्याक बाइटिङ गर्नेले अनेकानेक प्रयास गरिरहने परिस्थिति छ, त्यसैले हरेक काममा सतर्क रहनुहोला, नत्र षडयन्त्रको शिकार बन्नसक्नुहुन्छ । पेट र पाचनतन्त्रीका रोग देखिनसक्छन्, स्वास्थ्यस्थितिप्रति सतर्क रहनु होला ।

अझ शुभफलको मात्रा बढाउन वर्षको सुरुमा नै कुलदेवताको पूजाआराधना गर्दै महाङ्काल तथा काली भगवतीको नियमित आराधना र प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कुम्भ राशिका जातकहरूका लागि उतारचढावले युक्त वर्षका रूपमा नयाँ वर्ष २०७८ को सुरुवात भएको छ । राशिपति शनिश्चरको बाह्रौं भावमा उपस्थिति रहनेछ, यसको प्रभावले एउटै काम धेरैपटक दोहोर्याउनुपर्दा मन खिन्न हुनेछ । अझ जेठदेखि असोजसम्म शनिको गतिमा बक्रता रहेकाले यस अवधिमा काममा विलम्ब हुनेछ । आर्थिक पक्ष पेचिलो बन्नेछ, ऋणभार बढ्न सक्छ । शत्रुहरूको चलखेल बढ्नाले मनमा निराशाभाव उत्पन्न हुनेछ । विनाकाम झमेलामा फँस्नु पर्नेछ ।

चोटपटक तथा नसा, जोर्नी वा गुप्ताङ्गसम्बन्धी समस्याले आक्रान्त बनाउने छ । यी केही अशुभ फल प्राप्त भए पनि यस वर्षको अधिकतम समय तपाईंको आफ्नै राशिमा बृहस्पति बस्ने हुँदा सकारात्मक र शुभफलहरू पनि प्राप्त हुनेछन् । यसको प्रभावले सरकारी काम÷कारबाहीबाट लाभ लिन सकिने छ । प्राज्ञिक क्षेत्रमा सफलता पाइनेछ । सन्तानसुख पाइनेछ । गुमेको धन हात लाग्नेछ । पछि लाभ हुने नयाँ कामको थालनी हुनसक्छ । वैदेशिक प्रयोजनका कामबाट फाइदा जुटाउन सकिन्छ । नोकरीमा पदोन्नति र सम्मान मिल्नेछ । बन्दव्यापार र खेतीपातीबाट लाभ उठाउन सकिनेछ ।

समग्रमा कुम्भ राशिका जातकका लागि यस वर्षको वैशाख, साउन, मंसिर र पुस महिना सकारात्मक रहनेछन् । बृहस्पति अत्यधिक अनुकूल भएको वर्ष हो । यो वर्ष विद्यार्थीले राम्रो रिजल्ट निकाल्नेछन् । युवायुवतीको विवाह सम्पन्न हुनेछ । जागिर र प्रतिष्ठाको खोजीमा रहेकाले चाहेको पद प्राप्त गर्नेछन् । गृहस्थीहरूको घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछ । बृद्धबृद्धाले तीर्थयात्रा गर्ने वा विदेश यात्राको अवसर पाउनेछन् । प्रायः वर्षभरि राशिस्वामी शनिदेवको आद्य साढेसातीको प्रभाव रहेकाले झुट्टा आरोप, आफन्तसँगको वियोग, आर्थिक सङ्कट, स्वास्थ्यमा बाधा, भय र त्रासको अवस्था र कष्टजस्ता अशुभ फल पाउने भएकाले घरिघरि वैराग्य र निराशाको भावना जाग्न सक्छ ।

त्यसैले कार्यसिद्धिमा कुनै व्यवधान नआओस् भन्ने उद्देश्यले वर्षको सुरुमा शनि मृत्युञ्जय स्तोत्रको यथायोग्य पाठ गर्ने÷गराउने वा जन्मकालमा बृहस्पति प्रतिकूल हुनेहरूले बृहस्पतिको मन्त्रजप गरी कुलपितृको पूजाश्राद्धादि र भगवान् शिवको उपासना गरी अघि बढेमा नवीन उपलब्धी, नयाँ कार्यशैली र आयआर्जनको मार्ग प्रशस्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मीन राशिका जातकहरूका लागि राशिपति बृहस्पतिको प्रतिकूलता रहने वर्ष हो, नयाँ वर्ष २०७८ । बाह्रौं भावमा बृहस्पति रहेकाले यो वर्ष व्यर्थको काममा समय र पैसा बरबाद हुनसक्छ । अर्काका लागि काम गर्नुपर्ने हुन्छ । खर्च धेरै हुनेछ । शत्रु र प्रतिस्पर्धीले तनावको सिर्जना गर्नेछन् ।

स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्नाले विविध समस्या उत्पन्न हुन सक्छन् । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । वैदेशिक प्रयोजनको काम वा विदेश यात्राबाट लाभ पाइने छ । धार्मिक, पारम्परिक र सांस्कृतिक क्रियाकलापप्रति लगाव बढ्ने छ । यो अत्यधिक दौडधूप गर्ने तथा निरर्थक लगानी र खर्चको समय हो । यस अवधिमा रोगव्याधिको सामान्य प्रभावसमेत देखिने छ । आँखा र पेटसम्बन्धी रोगले दुःख दिनेछ । तर यो वर्ष तृतीय भावमा बसेको राहु र एकादश भावको शनिले शुभ फल प्रदान गर्नेछन् ।

समग्रमा मीन राशिका जातकका लागि द्वादश भावमा बसेको राशिस्वामीको शुभफलमा कमी रहेकाले सधैं असुरक्षाको भावना विद्यमान रहने वर्ष हो, नयाँ वर्ष २०७८ । तर पनि एकादश भावमा बसेको शनिश्चर र तृतीय भावको राहुको प्रभावले शुभफल पाउन सकिन्छ, यसको प्रभावले सामाजिक सम्मान प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । सामाजिक क्षेत्रमा वर्चस्व स्थापित हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ ।

वैवाहिक जीवन वा प्रेमप्रसङ्ग सुखद हुनेछ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । जेठ, भाद्र, पौष र माघ महिना सकारात्मक रहने देखिन्छ । तर जेठपछि असोजसम्म राशिस्वामी बृहस्पति बक्रीसमेत हुने हुँदा उक्त अवधि अझ बढी कमजोर छ । त्यसैले कार्यसिद्धिमा कुनै व्यवधान नआओस् भन्ने उद्देश्यले वर्षको सुरुमा सुरुमा बृहस्पतिको मन्त्रजाप, भाग्यभावको मालिक मङ्गलको शुभताका लागि श्री गणेशको उपासना, कुलपितृका कार्यहरू र बटुकभैरवको पूजा–आराधना गर्नाले तपाईंलाई राम्रो नतिजा हात पार्न मद्दत गर्नेछ ।

भिडियो

-साभार पुर्बेलीन्युज

प्रतिक्रिया
सम्बन्धित समाचार
आज असोज २४ गते बिहीबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, मनकामनामाताले सबैको रक्षा गरुन्
आज असोज २२ गते, मंगलबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, गणेश भगवानले सबैको रक्षा गरुन्
आज असोज २१ गते सोमबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, शिव भगवानले सबैको रक्षा गरुन्
आज असोज २० गते आइतबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, पशुपतिनाथले सबैको रक्षा गरुन्
आज असोज १९ गते शनिबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, कालभैरवनाथले सबैको रक्षा गरुन्
आज असोज १७ गते बिहिबार हेर्नुस् यस्तो छ तपाइको राशिफल, मनकामनामाताले सबैको रक्षा गरुन्
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija