देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ गठित अन्तर्राष्ट्रिय नेपाली समाजले बिहिवार एक भर्चुअल कार्यक्रम गर्दै विगत १८ बर्षदेखि स्पेनमा बस्दै आएका तुलसी घिमिरेको नेतृत्वमा स्पेनको राष्ट्रिय कार्यसमिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा तारानाथ डल्लाकोटी र उपाध्यक्षहरुमा चन्दाकुमारी खड्का ढकाल र विनोद प्रसाद गौतम चयन भएका छन ।
त्यसैगरी महासचिवमा प्रभाकर केसी ‘दर्पण’, सचिवहरुमा रवि पुडासैनी, सुभद्रा खड्का विष्ट र सह-सचिवमा सुनिल थापा चयन भएका छन ।
समितिको कोषाध्यक्षमा महन्त महर्जन, सह-कोशाध्यक्षमा सुरजकुमार न्यौपाने र प्रवक्तामा शेखर श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा पदम राज पाठक ‘राज पहाडी’, सन्तोष राज विष्ट, इश्वर अधिकारी, शिव उपाध्याय, सबिन बानिया, सुजाता बस्नेत, ईशा खनिया, सुरेश लामा रहेका छन ।
त्यसैगरी नवगठित कार्यसमितिले विष्णु रिजाल, सन्त बहादुर क्षेत्री र पेशल कोईरालालाई सल्लाहकारको रुपमा चयन गरको छ ।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उदेश्य तथा औचित्य बारे प्रस्ट्याउदै सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको जानकारी गराएका छन ।

त्यसैगरी समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुले नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहिँबाट योगदान गरौं भन्दै समाजले सहि बाटो समातेर अघि बढेकोमा खुसी समेत ब्यक्त गरेकी छिन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै साहित्यकार तथा समाजका सल्लाहकार महेश पौडेलले हरेक क्षेत्रमा नेतृत्व आफैं ‘रोल मोडल’ भएर उत्रिदामात्र अपेक्षित नजिता हासिल हुने कुरामा जोड दिदै नवगठित समाजका हरेक तप्काका युवाहरु नेपाली समाजको हित र विकासमा खरोरुपमा उत्रिनेमा आफु विस्वस्त रहेको बताएका थिए ।
कार्यक्रममा अस्ट्रियाबाट जोडिएका गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य विकास कार्कीले समाजले संसारभरीका नेपालीलाई जोड्ने उदेश्यका साथ अभियान संचालन गरेकोमा खुसि व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न देशबाट जोडिएर समाजका बरिष्ठ उपाध्यक्ष श्याम सुवेदी, उपाध्यक्षहरु नीतु खतिवडा र ईश्वर राई त्यसैगरी महासचिव अर्जुन श्री, सचिव सुप्रिया घिमिरे, सदस्यहरु दीक्षा भण्डारी ‘जानु’ र दुर्गा राई, समाजकी महिला समिति बरिष्ठ उपाध्यक्ष उर्मिला निर्दोषी, महासचिव सुभद्रा भण्डारी लगायत अन्य विशिष्ट व्यक्तिहरुले शुभकामना मन्तव्य राख्दै संसारभरबाट नेपाली युवाहरु जोडिएर नेपाल र नेपालीको हित र विकासमा काम गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
नवगठित समितिका अध्यक्ष तुलसीराम घिमिरे, बरिष्ठ उपाध्यक्ष तारानाथ डल्लाकोटी, उपाध्यक्षद्वय चन्दाकुमारी खड्का र विनोद प्रसाद गौतमले पदभार ग्रहण पश्तात बोल्दै पुर्ण सेवाभावका साथ सामाजिक संस्थाको मुल्य र मान्यतालाई ख्याल राख्दै नेपाल र नेपालीको हित र विकासमा निरन्तर लागि पर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।

