पुष्पराज चौलागाईं-तेह्रथुम फाक्चामाराका ४५ वर्षीय देवेन्द्रबहादुर निरौला काठमाडौं आएको समयमा स्वास्थ्य असहज भएको भन्दै ह्याम्स अस्पताल पुगे।
त्यस दिन उनी कपनमा भाञ्जाको कोठाबाट एक्लै हिँडेर अस्पताल पुगेका थिए। चिकित्सकले स्वास्थ्य परीक्षण गरे।
चिकित्सकको सल्लाहअनुसार ‘ब्लड टेस्ट’ भयो। त्यसमा ‘भिटामिन डि’ कम भएको चिकित्सकले बताए।
चिकित्सकले पेटमा समस्या भन्दै शुक्रबार इन्डोस्कोपी गरेर हेरे।
अल्सर भएको रिपोर्टअस्पतालले दियो।
औषधीले सुकाउनुपर्छ भनेर चिकित्सकले शनिबार भर्ना गरे।
अस्पतालले उनलाई जनरल बेडमा भर्ना गर्यो। र, औषधीदिइयो। त्यसको केहीबेरमा उनको शरीर पोल्न थालेको देवेन्द्रका काका ज्ञानेन्द्र निरौलाले बताए।
‘शरीर पोल्न थालेपछि उसलाई निन्द्रा लाग्ने औषधी दिइयो,’ निरौलाले हेल्थपोस्टसँग भने, ‘हामीले यताउतिसार्दा पनि उसले शरीर छुनै नहुने गरी दुखेको बताउँथ्यो।’
छटपटी बढ्दै गएपछि उनलाई राति१२ बजे पुनः निद्रा लाग्नेऔषधीदिइयो। ‘आइतबार बिहान ६ बजेतिर पूरै छटपटिँदै बसेको थियो,’ काका ज्ञानेन्द्रलेभने।
आइतबार बिहानसम्म उनी बोलिरहेका थिए। तर, साढे ६ बजेपछि देवेन्द्र लठ्ठ परे।
बिरामीको अवस्थाखस्किँदै गएपछि उनका काकाले नर्सलाई राउन्डका डाक्टर कति बजे आउँछन् भनेर सोधे। नर्सले ९ बजे आउने जानकारी दिइन्।
‘दश बजिसकेको थियो। डाक्टर आएनन्। नर्स जान्छन्। बिरामी निदाएको छ, भनेर फर्किन्छन्,’ ज्ञानेन्द्रलेभने, ‘पछि बिरामीको हात–खुट्टा चिसो भएको पाइयो। हेर्दा बिरामीको मृत्यु भइसकेको रहेछ।’
आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी गरायो।
अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै उनका आफन्त आन्दोलित भएका छन्।
‘डाक्टरले समयमा आएर बिरामीको थप उपचार गरेकोभए केही हुने थिएन होला सायद। डाक्टरको गल्तीले ज्यान गयो,’ काका ज्ञानेन्द्रले भने।
डाक्टरले मृत्युको कारण बारे हालसम्म पनि जानकारी नदिएको उनले बताए।
‘जुन डाक्टरले भर्ना गराए,उनीराउन्डमा हेर्न किन आएनन्?बिरामीकोअवस्थाहेरेर आइसियुमा राख्नुपर्थ्योकि?किन अस्पतालले व्यवस्था गरेन?,’ काका ज्ञानेन्द्रलेप्रश्न गर्छन्।
उनको मृत्यु भएसँगै परिवारको बिचल्ली भएको छ। ‘घरमा सानो बच्चा छ। अब के गर्ने तनाव भएको छ,’ मृतकका काका ज्ञानेन्द्रले भने, ‘बच्चाको भविष्यको जिम्माअस्पतालले लिनुपर्छ।’
अस्पताल प्रशासनले पछि बिरामीको झुटो रिपोर्टबनाउन थालेको र गुन्डापनि तयार पारेर राखेको ज्ञानेन्द्रको आरोप छ।
‘मृतकको पिसाब हुँदैन थियो। पछि उनीहरूले तयार पारेको रिपोर्टमा पिसाब हुने जनाएका रहेछन्,’ उनले भने।
अस्पताल र मृतकका आफन्तबीच छलफल भयो।
अस्पताल सञ्चालकसमितिले कानुनी प्रक्रियामा जाने जनाएको छ।
अस्पताल र मृतकका आफन्तबीच भएको छलफलमा घटनाको सथ्यतथ्य छानबिन गर्न मेडिकल काउन्सिललाई जिम्मा दिइएको छ।
‘हामीले लाशबुझेका छैनौं।पोस्टमार्टम गरेर कानुनी प्रक्रिया अगाडिबढाउने छौं,’ मृतकका काका ज्ञानेन्द्रले भने, ‘मेडिकल काउन्सिलले न्याय दिन्छ भन्ने आश छ।’
यस विषयमा थप जानकारी लिन खोज्दाअस्पताल प्रसाशन सम्पर्कमा आउन चाहेन।
बुधबार उनको दाहसंस्कार गरिएको छ ।
-हेल्थपोस्टनेपालबाट

