उमेरले ६ दशक नाघिसकेका सामाजिक अभियन्ता तथा बहु आयामिक व्यक्तित्वका धनी हुन इटहरी २० तरहरा निवासी दिलकुमार वन । दुर्गम पहाडी जिल्ला खोटाङ्गको ऐशेलु खर्कमा वि.स २०१५ साल माघ २ गते पिता मान बहादुर वन र माता फुलकुमारी वनको कोखबाट जन्मिएका वनले प्राथमिकतहको अध्ययन खोटाङ्गकै त्रिभुवन मा.वि बाट पुरा गरे ।
पब्लिकहाई स्कुलबाट प्रवेशिका उर्तिण गरे पश्चात बनले महेन्द्र बहुमुखी क्याम्पसबाट बि.कम उतीर्ण गरे, त्यसपछि सरकारी नोकरी तथा विभिन्न आर्कषक अवसर प्राप्त भएपनि शिक्षाको माध्यमबाट मात्र सभ्य र सुसंस्कृत समाजनिर्माण गर्न सकिन्छ भन्ने सोचका साथशिक्षा क्षेत्रमा योगदान गर्ने उद्देश्यले तत्कालिन हाँसपोसामा नीजि लगानीमा प्याराडाइज ईङ्गलिस स्कुलको स्थापना गरी आफ्नो पेशागत जिवनको शुरुवात गरे ।
किशोरावस्था देखि नै सामाजिक छवि र नेतृत्व क्षमता भएका वन सबै उमेर समुहका मानिसहरु सँग घुलमिल हुने, देश समाजका समसामयिक घटनाक्रममा चासो राख्ने ।युवा वस्थाका वन ३०३६ सालमा निरंकुश पञ्चायती व्यवस्थाको बिरुद्ध र बहुदलिय व्यवस्थाको पक्षमा खुलेआम सहभागी हुँदै बहुदलको पक्षमा विभिन्न स्थानमा “सडक कविताक्रान्ति”नामको बहुदलीय व्यवस्थाको पक्षमा चेतना मुलक कविता बाचन गर्दै हिडे ।
बहुदलिय व्यवस्थाका पक्षमा जनचेतना मुलक कार्यक्रममा सहभागी हुने क्रममा काँग्रेसका नेताहरु भिष्म काफ्ले, हरिनाथ बाँस्तोला र गिरिराज आचार्य लगायतको संगतले वनलाई काँग्रेसप्रति निकट मात्र बना एन नेपाली काँग्रेस साबिक हाँसपोसा गा.वि.सको प्रथम सभापति, महासमिति सदस्यर जिल्लाको प्रशिक्षण विभाग प्रमुख जस्तो गरिममाय पद सम्म पु¥यायो ।

नेपाली काँग्रेसमा निकट रही विपीको समाजवाद तथा राष्ट्रिय मेलमिलापको नीतिबाट प्रभावित भएपछि नेपाली काँग्रेसले गरेका हरेक आन्दोलनमा सहभागी नहुने कुरै भएन, २०४६ सालमा नेपाली काँग्रेसको नेतृत्वमा मुलुकमा बहुदलिय व्यवस्था स्थापना गर्न भएको ऐतिहाँसिक जनआन्दोलनमा सक्रिय सहभागी वन लाई आन्दोलनमा सहभागी हुने क्रममा तरहरा बाट प्रहरीले पक्राउ गरी एक महिना इनरुवा कारागारमा थुनेको बेला हरी लम्साल, रामबहादुर बस्नेत तथा सिताराम मेहता लगायतका नेताहरुसँग बिताएको त्यो समय अविष्मरणिय क्षणको रुपमावन सदैव स्मरण गर्छन ।
प्रजातान्त्रिक विचार धारामा आस्था र विश्वास राख्ने वनको राजनितिमा मात्र नभएर सामाजिक संघ संस्थामा रहेको संलग्नता तथा गरेको योगदान पनिकम छैन । उनले आफ्नै नेतृत्व र अगुवाईमा धेरै सामाजिक संघ संस्थाको स्थापना गरी संस्थापक अध्यक्षको कार्यकाल विताई सकेका छन् ।
२०४४ सालमा इटहरी जेसिज र तरहरा रेयुकाईको संस्थापक अध्यक्ष भई कार्य गरेका वनले नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको तीन कार्यकाल जिल्ला सदस्यको भुमिका समेत निर्वाह गरिसकेका छन् ।
पेशागत हिसाबले पनि वन प्याबसन सुनसरीको २ कार्यकाल अध्यक्षभई नेतृत्वदायी भुमिका मात्र निर्वाह गरेनन, प्रभावशाली छवीका प्याबसनको केन्द्रीय उपाध्यक्ष भई नीजि विद्यालयको गुणस्तर सुधार र हकहितको पक्षमा वकालत गरेकै कारण हालपनि केन्द्रीय सल्लाहकारको भुमिकामा यथावत छन् ।
उमेरले ६ दशक नाघेता पनि नवीन सोच र वैचारिक हिसाब लबौद्धिक वर्गमा गनिने वन हालपनि राष्ट्रिय जनसहयोग कलेज, सामुदायिक वन हाँसपोसा, सगुन कृषि सहकारी संस्था लिमिटेड,नागरिक समाज इटहरीमा सल्लाहकार र इटहरी उपमहानगरपालिकामा विज्ञ सल्लाहकारको भुमिकामा छन् ।
लामो समय सम्म स्थानीय निकायको निर्वाचन हुन नसकी जनप्रतिनिधि बिहिन अवस्था मावनले आफ्नो योग्यता, क्षमता र इमान्दारिताकै कारण छोटो समय नगर विकास समिति इटहरीको अध्यक्ष भई कार्य गर्ने अवसर समेत प्राप्त गरे ।
पेशागत, सामाजिक र राजनितिक अनुभवले खारिएका वन नेपाली काँग्रेसमा नेतृत्व मात्र नभएर वि.पी सिद्धान्त अनुसार अहिलेको समय र अनुकुलता लाई समेत ख्यालगर्दै प्रविधि,पद्धति र वैचारिक हिसाबले पाटी रुपान्तरण हुनु पर्नेमा जोड दिन्छन् ।
पार्टीमा केन्द्र र केन्द्रिय नेताको मात्र मुखनताकी स्वतस्फुर्त रुपमा गाउँगाउँ पुगी श्रमजीवी, किसान र पेशाकर्मीहरुका पक्षमा योजना बनाई काम गर्दै नजिता निकाल्नु अबको काँग्रेसको एजेण्डा हुनुपर्ने वनको तर्क छ ।
अहिलेका युवाहरुमा राजनितिक संस्कार,आदर्श र सिद्धान्तको कमीभएको औंल्याउदै नेपाली काँग्रेसले यी सबै कमी कमजोरीहरुलाई प्रशिक्षणको माध्यमबाट सम्बोधन गर्नु पर्ने वनको दृष्टिकोण रहेको छ ।
अहिलेको शिक्षा प्रणालीलाई प्रविधि र सीप सँग जोड्दै देशमै रोजगारी सृजना गरी व्यवहारिक तथा नैतिक शिक्षा प्रणालीमा जोड दिनुपर्ने वनको जोड छ ।
-सञ्चारपाटीबाट

