माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले माफ मागे माफी दिने सक्ने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले माफी मागरेर गल्ती स्वीकार गरे केही समय जेलमा राखेर माफी दिने सकिने बताएका हुन् ।
‘केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेका छौं । उहाँले जवाफ दिनुभएको छैन,’ उनले भने, ‘म त भर्खरै कर्णालीबाट आउँदैछु । कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो । प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । सुध्रेको कुनै कागज आएको छ कि, गल्ति गरेको स्वीकार गरिहालेका छन् कि कतै माफी नै मागेका छन् कि । मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी पनि दिउँला ।’ पार्टीले बनाएको केपी ओली भष्मासुर बनेको उनको आरोप छ ।
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन सुरु भएको छ । शुक्रबार उपत्यकाका ९ स्थानबाट सुरु भएको भएको प्रदर्शन शान्ति वाटिकामा पुगेर सभामा परिणत हुने जनाएको छ।
ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु भएका हुन् ।
जसअन्गर्तत माइतीघरको जुलुसमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, डिल्लीबजारको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले र लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेतलगायतका नेताहरुले गरिरहेका छन् ।
त्यस्तै कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा, शान्ति वाटिकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई, त्रिचन्द्र कलेज अगाडिको जुलुसको देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री, वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठले गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्यान आम नेपाली सडकमा उत्रिएको बताएका छन् ।
यस्तै प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन् ।
आफ्नो समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरे । यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गर्दै भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’
उनले अघि भने, केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुने रहेछ ।’

