काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मा’रिने सक्ने बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियो मार्फत् भावुक हुँदै उनले यस्तो बताईन् । उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बाद बनाएको बताएकी छिन् ।
ओली र भण्डारीप्रति इंगित गर्दै जनताले चुनेका ब्यक्ति नै राजाभन्दा निरंकुश देखिएको बताएकी छिन् । संबिधानको ची र ह रण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट गलह,’त्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन् ।
करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको संघर्षदेखि राजतन्त्रमा राजकाज मुद्धासम्म भोग्नु परेको स्मरण गर्दै ओलीले जनतामाथि घा त गरेको पनि बताईन् । केपी ओलीले अरुलाई मान्छे नै नमान्ने भएका कारणले आज यो अवस्था सिर्जना भएको बताएकी छिन् । ओली र भण्डारीको निरंकुशता एक महिनामै टुंग्याइदिने पनि उनले दाबी गरेकी छिन् । न्युज अफ नेपाल बाट
यो पनि हेर्नुहोस्
‘हामीले ओलीलाई के काम गर्न दिएनौं ? रेल अहिले कात्रो ओढाएर राखिएको छ’ : भीम रावल (भिडिओसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने भन्दै आफूहरुमा न्यायालयप्रति पूर्ण विश्वास रहेको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले नेकपाको सात दशक लामो ईतिहासमा अहिले जे घट्ना भैरहेको छ यो अत्यन्तै दुःखद् रहेको सुनाउँदै भने,‘विगतका फूटका श्रृंखलाको अन्त्य गरेर नेपाली जनताको स्वाभिमानलाई उँचो पारेर अघि बढ्छौं भनेर स्वयम ओली र प्रचण्डले प्रतिज्ञा गर्नुभएको थियो । तर, ओली त्यो प्रतिज्ञामा टिक्नुभएन् । हामीले बरु उहाँहरुलाई ध्यानाकार्षण गराएका थियौं ।

ओली प्रम हुने कुरा लगभग निश्चित् थियो, भारतीय विदेशमन्त्रीलाई आमन्त्रण गरेर गलत काम र कदम चाल्नुभयो । सोल्टीमा विदेशी महिलाले आयोजना गरेको होली वाईन कार्यक्रममा सोल्टी होटलमा चार÷चार दिन बस्नुभयो । यो पनि आपत्तिजनक थियो । हामीले विरोध गर्यौं । भारतीय चलचित्रकर्मीलाई डेढ अर्ब खर्च गरेर सम्मान गर्ने निर्णय गर्नुभयो, हामीले विरोध गरेपछि रोकियो । भारतबाट आयात गरिने तरकारी परीक्षण गरेरमात्रै भित्र्याउने भन्यौं, पछि उहाँले राष्ट्रकासामू माफी माग्नुभयो ।
ओलीजीले आजकाल के भन्नुहुन्छ भने–मलाई काम गर्न दिईएन भन्नुभयो । हो, हामीले देश हितमा नभएका काम नगर्न भन्यौं । जस्तो, विम्स्टेक सम्मेलनमा उहाँले संयुक्त सैन्य अभ्यास भारतको पुनेमा गर्ने सहमति गर्नुभयो । तर, हामीले आपत्ति जनायौं । अन्तर्राष्ट्रिय समितिले आपत्ति गर्यो । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले सुरक्षाकर्मी राखेको छ । भारतले राजनीतिक नक्सामा समेत त्यो भूभाग समावेश गर्यो । हामीले आवाज उठायौं ।
हामीले नक्सा प्रकाशनको लागि दबाब दियौं । तर, उहाँले सुन्नुभएन । जब भारतीय रक्षामन्त्रीले जब सडक खुलाउनुभयो, तब उहाँले नक्सा प्रकाशन गर्छु भनेर भन्न बाध्य हुनुभयो । उहाँले संसदमा भाषण गरेको स्मरण गर्छु कि नक्सा किन प्रकाशन गर्ने ? बरु भूमि ल्याउने हो नि भनेर भन्नुभयो । तर, आजकाल नक्सा प्रकाशन गरेकोले हटाउन खोजियो भन्नुभयो । प्रधानमन्त्रीजस्तो मान्छेले तथ्यहिन कुरा गर्न सुहाउँछ ?’
रावलले आफू वरिपरिका बस्नेहरुले काम गर्न दिईएन भन्नुपनि गलत भएको टिप्पणी गरे । उनले भने,‘हामीले के काम गर्न दिएनौं ? रेल अहिले कात्रो ओढाएर राखिएको छ । फलामहरु आज चोरी हुँदैछ । त्यही पनि हामीले रोकेनौं । जहाज चलाउँछौं भन्नुभयो, हामीले रोकेनौं । रातारात झिलिमिली पार्छु भन्नुभयो, हामीले रोकेनौं । निजगढ, पोखरा, भैरहवा विमानस्थल हामीले बनाऔं भनेकै छौं । तर, हामीले जनघाती कामको भने विरोध गरेका छौं ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश पोख्दै संविधानको कुन धारामा संसद विघटनको अधिकार दिईएको छ ?
भन्दै उनले उल्टै प्रश्न गरे । उनले भने,‘उहाँले संविधानको धारा ७६ अनुसार विघटन गरें भन्नुभएको छ । तर, संविधानको धारा ७६ मा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन् । म ओलीले सुन्नेगरि भन्न चाहन्छु । कि उहाँ पनि देशभरिबाट प्रत्यक्ष निर्वाचित होईन् । एउटा जिल्लाबाट मात्रै जितेको हो । उहाँ पदको लागि मरिहत्ते गर्नुहुन्छ भन्ने कुरा त यो घट्नाले पनि पुष्टि गरेको छ । उहाँले यसरी जनमतविरोधी काम गर्नुहोला भनेर कल्पना गरिएको थिएन् । संविधानबमोजिम संसद विघटन गर्ने अधिकार छैन् । हिजो संविधान बनाउँदै गर्दा, संविधानको मस्यौदा बनाउँदै गर्दा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिनुहुन्न भन्ने उहाँपनि हो ।
तर, आज त्यही काम उहाँले गर्नुभयो । उहाँबाट संविधान र कानून पालना होला त ? संविधानसभाका अध्यक्षसमेत भएका व्यक्ति, संविधान बनाउन सक्रिय व्यक्तिहरुको अभिलेख हेर्न पाए हुन्थ्यो, उहाँहरुले हिजो के के भन्नुभएको थियो ? झुठ र ढाँट बोल्ने यस्तो प्रधानमन्त्रीलाई कानूनले के गर्ला र ?’

