नेपाली कांग्रेसको प्रवास भात्रृ सङ्गठन नेपाली जनसम्पर्क समिति हो जसको सङ्गठन ३५ वटा देशमा बिस्तारित रहेको छ । यिनै जनसम्पर्क समितिहरुका एक संयुक्त बैठक हालै नोभेम्वर २२, २०२० आइतवारका दिन सम्पन्न भएको छ ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्ट र नेपाली जनसम्पर्क समिति,भारतका अध्यक्ष बालकृष्ण पाण्डेको संयुक्त पहलमा समितिका सबै सभापतिहरुको सामुहिक बैठकले नेपाली कांग्रेससंग सम्बन्धित बिभिन्न निर्णयहरु लिएको छ ।
करिब ५ घण्टासम्म चलेको यो बैठकमा आगामी अधिवेशन, क्रियाशिल सदस्यता बितरण, एनआरएनए निर्बाचनमा सकृय भूमिका सहितको सहभागिता, नेपाली जनसम्पर्क समितिहरुको हक हितका साथै बिद्यमान समस्याहरुलाई नेपाली जनसम्पर्क समिती समन्वय बिभाग मार्फत पार्टीलाई अबगत गराउने, बिश्वभरीका जनसम्पर्क समिति र अध्यक्षहरुको एक्यबद्धता, बिश्व जनसम्पर्क अध्यक्ष फोरम लगायतका बिषयमा छलफल तथा निर्णय गरिएको थियो ।
साथै संगठनभित्र आपसी एकता र मेलमिलापको बातावरणको माहोल स्रुजना गर्नेतिर पहकदमी लिने समेत गर्ने निर्णय गरेको छ जसका लागि :-
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय विष्ट र पाण्डेको नेतृत्वमा ३५ वटै देशका जनसम्पर्क समितिका अध्यक्ष सहभागी हुनेगरि एक समन्वय टीम क्रियाशील गर्ने र यस्तो टीमले हाल एनआरएन गठन रहेका सबै देशको एनसीसी र आगामी आइसीसी नेतृत्वमा नेपाली कांग्रेस र जनसम्पर्क समितिमा आवद्ध एवं क्रियाशील रहेकाहरुको नेतृत्व स्थापित गर्नका लागि सबैखाले पहल गर्ने निर्णय समेत गरेको छ ।
जसको लागिआवश्यकता अनुसार विभिन्न देशमा रहेका कांग्रेस निकट एनआरएन अभियान र जनसम्पर्क समितिको विभिन्न भूमिका भएका कांग्रेसीहरुको एक बृहत कार्यदल गठन गर्न पहलकदमी गर्ने । जसका लागि पार्टीको मूल नेतृत्वसमक्ष आवश्यक समन्वय गर्नका लागि बैठकमा आमन्त्रित केन्द्रीय सदस्यद्वयलाई जिम्मेवारी प्रदान गरेको छ ।
जनसम्पर्क समितिहरुको आगामी अधिवेशनका लागि क्रियाशिल सदस्यता प्राप्त नगरिसकेका देशको हकमा पार्टीसँग पहल गरी यथाशीघ्र सदस्यता उपलब्ध गराउन पहल गर्ने साथै पार्टीको बिधि र बिधान बिपरीत आम शुभेच्छुकहरुलाई भ्रम सिर्जना हुने गरी आफूखुशी जनसम्पर्क समितिको नाममा यसको मर्यादा र गरीमामा समेत आंच आउने गरी खोलिएका/स्थापना गरिएको भनिएका सबैखाले कथित समितिहरुको भर्त्सना गर्ने र यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सामूहिक रुपमा आवाज बुलन्द गर्नका लागि सबै देशका जनसम्पर्क समितिले आआफ्नो देशको कार्यसमितीको बैठक मार्फत आवश्यक प्रकृया अघि बढाउने आपसी सहमति कायम गरेको छ।
नेपाली जनसम्पर्क समिति माल्टाको तदर्थ समितिलाई पार्टीबाट आधिकारिकता दिलाउन ने.का. आमन्त्रित केन्द्रिय सदस्यद्वयले पहल गर्ने साथै विश्वभर छरिएर रहेका लोकतान्त्रिक पक्षधर नेपालीहरुको योग्यता, क्षमता र बिज्ञता हासिल गरेका व्यक्तिहरुको पहिचान गरि उनिहरुको अनुभवलाई पार्टी र मातृभूमिको हितका लागि सदुपयोग गर्न विश्वब्यापीरुपमा पहल समेत गर्ने छ ।
यो बैठकमा निम्न व्यक्तिहरुको सहभागीता रहेको थियो :
१. आनन्द विष्ट, ने.का. आमन्त्रित केन्द्रीय सदस्य एवं अध्यक्ष अमेरिका २. बालकृष्ण पाण्डे, ने.का. आमन्त्रित केन्द्रीय सदस्य एवं अध्यक्ष भारत, ३. कृष्ण गिरी, सभापति, अध्यक्ष अष्ट्रेलिया, ४. पदमसुन्दर गुरुङ, अध्यक्ष बहराइन, ५. सीता सापकोटा, अध्यक्ष बेल्जियम, ६. बुद्धिप्रकाश ओली, अध्यक्ष क्यानडा, ७. सीता अर्याल, अध्यक्ष साईप्रस, ८. वीरेन्द्रसिंह कार्की, अध्यक्ष डेनमार्क, ९. सुधीर राना, अध्यक्ष फ्रान्स, १०. भुवानीप्रसाद तिमल्सिना, अध्यक्ष युएई, ११. शिखर खड्का, अध्यक्ष जर्मनी, १२. खगेश्वर अधिकारी, अध्यक्ष ईजरायल, १३. रोशन केसी, अध्यक्ष जापान, १४. लेखबहादुर गुरुङ, अध्यक्ष मकाउ, १५. बुद्धिसागर घिमिरे, अध्यक्ष न्यूजिल्याण्ड, १६. जितेन्द्र शाही, अध्यक्ष नर्वे, १७. डा. एलिनी सुबेदी, अध्यक्ष पोल्यान्ड, १८. बिनोद घिमिरे, अध्यक्ष पोर्चुगल, १९. शंकर न्यौपाने, कार्यबाहक अध्यक्ष कतार, २०. आस्था बिन्दु मल्ल, अध्यक्ष दक्षिण कोरिया, २१. ईन्द्र शर्मा, अध्यक्ष स्पेन, २२. श्याम सापकोटा, अध्यक्ष स्वीजरल्याण्ड, २३. सन्देश केसी, अध्यक्ष माल्टा।
साथै बैठकले एनआरएन र र नेपाली जनसम्पर्क समितीसँग आबद्ध र अनुभबी व्यक्तिहरु सहभागी हुने गरी तत्काल छलफल र बैठक शुरु गर्ने निर्णय समेत गरेको छ।

