नेपाल तामाङ घेदुङ,इजरायलको छैठौं बार्षिकोत्त्सव तथा अधिवेशन र अन्तराष्ट्रिय टिकटक प्रतियोगिताको नतिजा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
जुम अनलाइन मार्फत गरिएको उक्तले छैठौं बार्षिकोत्त्सव तथा अधिवेशन सिताकुमारी घिसिङ तामाङलाई संस्थाको अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ ।
जसअनुसार वरिष्ठ उपाध्यक्ष पेमा लामा पाख्रीन तामाङ,उपाध्यक्षहरु एलिजा दोङ तामाङ,शङ्खर गोले तामाङ,रोजि मोक्तान तामाङ,गिता घिसिङ तामाङ,महासचिव शम्भु घिसिङ तामाङ (निङमा),सचिव कुमारी गाल्देन तामाङ सह-सचिव सुनिल रुम्बा तामाङ,कोषध्याक्ष हिरामाया तामाङ (आङनिमा),सह-कोषध्याक्ष अनिता स्याङतान तामाङ रहेका छन् ।
यसैगरी कार्यकारी सदस्यहरुमा कल्पना स्याङतान तामाङ,सुनिमाया तामाङ,दिवस घिसिङ तामाङ,सुमिन पाख्रीन तामाङ,लोप्साङ लामा तामाङ,मदन नेगी तामाङ,चित्र कुमारी योन्जन तामाङ,मिना माम्बा तामाङ,एजिना घिसिङ तामाङ,कमला कार्की घिसिङ तामाङ,डोल्मा तामाङ,पन्ना गुरुङ तामाङ,प्रमिला तामाङ र लिलावती वाइवा तामाङ रहेका छन् ।

यसैगरी धार्मिक विभाग प्रमुख लामा थुप्तेन योन्जन तामाङ,भाषा साहित्य बिभाग प्रमुख नानिमाया योन्जन तामाङ,युवा संगठन बिभाग प्रमुख तेजबहादुर तामाङ,संचार बिभाग प्रमुख रोहित तामाङ,महिला बिभाग प्रमुख पासाङ ल्हमु तामाङ,महिला बिभाग उपप्रमुख फुर्वा लोप्चन तामाङ रहेका छन् ।
यसैगरी प्रमुख सल्लाहकार अनिला मोक्तान तामाङ,सल्लाहकारहरु जुनु घिसिङ तामाङ,छिरिङ डोल्मा रुम्बा तामाङ,माला योन्जन तामाङ
लाक्पा स्याङबा तामाङ र सुनिता मोक्तान तामाङ रहेका छन् ।
यसैगरी संरक्षक परिषद सदस्यहरुमा बी बी लामा तामाङ,सुन्दर सिंह योन्जन तामाङ,उर्मिला पाख्रीन तामाङ,कल्पना मोक्तान तामाङ,माया(दिप्मा)मोक्तान तामाङ र अनिता तामाङ रहेका छन् ।
कार्यक्रममा अन्तराष्ट्रिय तामाङ टिकटक प्रतियोगिता २८५६ को नतिजा घोषणा गरेको थियो । जसअनुसार टिकटक प्रतियोगिताको नियम अनुसार नेपाल तामाङ घेदुङ पेज ‘लाइक’को आधारमा प्रथम इशा घिसिङ तामाङ,काभे , द्धितीयमा विजय बम्जन तामाङ,कतार र तृतीयमा दाना कदाम्बरी श्रेष्ठ इजरायललाई बिजेता घोषणा गरिएको थियो ।
तामाङ टिकटक प्रतियोगिताको संयोजक नानीमाया योञ्जन तामाङले बिजेताहरुलाई हार्दिक बधाई तथा सम्पूर्ण प्रतियोगीहरुलाई धन्यवाद व्यक्त गर्दै नगद पुरुस्कार तथा प्रमाण पत्रहरु सबैलाई अनलाइन मार्फत प्रदान गर्ने बताएकी छिन ।

