शनिबार, अशोज १०, २०७७
विदेशी सहायताले देश विकासमा मद्दत नगर्ने संकेत गर्दै बीपी कोइराला

विदेशी सहायताले देश विकासमा मद्दत नगर्ने संकेत गर्दै बीपी कोइराला


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १०, २०७७

मान्छे मरेर जान्छन् तर केही व्यक्तिहरू मरे पनि उनीहरूका विचारहरूले देश, समाज तथा जनतालाई सदियौंसम्म विशेष सन्देश छोडेर जाने गर्छ। बीसौँ शताब्दिका ती महानतम नेपालीले आफ्नो अन्त्यकाल आएको थाहा पाउनु भन्दा केही दिनअघि आफ्ना साथी भोला चटर्जीलाई आफ्नो मनको कुरा भन्नु भएको थियो- जो यहाँ प्रस्तुत छ।

तपाईँको प्रजातान्त्रिक समाजवाद प्रतिको वचनवद्धता एक ऐतिहासिक तथ्य हो। सन् १९३०को दशकका प्रारम्भदेखि नै तपाईँ समाजवादी रहिआउनु भएको छ। तपाईँको प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के हो? एउटा सैद्धान्तिक आन्दोलनका रूपमा प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के हो? एउटा सैद्धान्तिक आन्दोलनको रूपमा प्रजातान्त्रिक समाजवादको नेपालमा कुनै भविष्य छ जस्तो तपाईँलाई लाग्छ?

सन् १९८१को फरवरी (फागुन)मा मैले अष्ट्रेलियाको राजधानी सिड्नीमा एउटा भाषण दिएको थिएँ। त्यसमा मैले हाम्रो सङ्घर्षको अनुभव संक्षेपमा बताएँ र संसारका समाजवादीहरूले त्यसबाट के पाठ सिक्न सक्छन् भन्‍ने कुरा गरेँ। एशियाली तथा प्रशान्त क्षेत्रको समाजवादी सङ्घको सिड्नी सम्मेलनमा मैले बनाएका पाँचवटा बूँदा प्रस्तुत गरेँ। पहिलो बूँदा प्रजातन्त्रका बारेमा छ, किनभने जनताको स्वार्थ निहीत भएका उचित राजनीतिक संस्थाहरू विना आर्थिक विकास पनि संभव छैन।

राजा महेन्द्रबाट ०१७ साल ल्याउनुको पछाडि एउटै तर्क दिइएको थियो कि आर्थिक विकासलाई राजनीतिबाट अलग्याउन सकिन्छ र विकासको गतिलाई तानाशाही व्यवस्था अन्तर्गत छिटो दौडाउन सकिन्छ। तर त्यो भएन। किनभने वास्तवमा भन्ने हो भने राजाको प्रत्यक्ष शासनले देशको आर्थिक अवस्थालाई पुरा नष्ट हुने विन्दुमा ल्याइपुर्‍यायो। २०१७ साल पछि देश झन् गरीव भएको छ। हाम्रा अनुभवमा (अर्थात् तेश्रो विश्वको) सन्दर्भमा विकास भन्नुको अर्थ जनतालाई विकासको काममा अभिप्रेरित गर्नु हो। उनीहरूलाई विकासका हरेक तहमा सामेल गर्नुपर्छ विकासको निर्णय गर्ने तहदेखि लिएर त्यो निर्णयको कार्यान्वयन गर्ने तहसम्म उनैलाई सामेल गर्नु पर्छ। यो एउटा राजनीतिक काम हो। तानाशाही शासनले एउटा प्रजातान्त्रिक महल खडा गर्न सक्छ जससित जनताको कुनै सम्बन्ध छैन। त्यसो हुनाले एउटा समाजवादी मानिसले प्रजातान्त्रिक संस्थाहरूको विकासमा समेत सरोकार राख्‍नु पर्छ।

दोश्रो बुँदा विदेशी सहायताका बारेमा छ। यस बारे हाम्रो के विचार छ भने हामीहरूको जस्तो अवस्थामा विदेशी सहायताले विकासको प्रक्रियालाई मद्दत गर्नुको सट्टा एउटा वर्ग सिर्जना मात्र गर्छ जसको सम्पन्नताले देशको आर्थिक अवस्थासित कुनै सम्बन्ध छैन। त्यो सम्पन्नता केवल बिदेशी सहायतालाई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गर्ने या अवैध व्यापार गर्ने जस्ता कुरामा आधारित छ।

तेश्रो बूँदा, हामीहरूको जस्तो गरीव देशको विकासका लागि पश्चिमका विकसित समाजहरूले देखाएको नमूना उचित छैन भन्ने। विकासको त्यो नमूना अगाडि राखेर हामीले काम गर्नका लागि अत्यन्त ढिलो भइसक्यो। त्यस्तो उच्च स्तरको प्रविधि आयात गरेर हामीलाई हुँदैन। हामीलाई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रबिधि मात्र हो। हामीलाई उच्च स्तरको प्रविधि आयात गरेर हामीलाई हुँदैन। हामीलाई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रविधि मात्र हो। हामीलाई त्यस्तो प्रविधि चाहिएको छ जसलाई हाम्रा आफ्नै मानिसले सञ्चालन गर्न सकून्। हामीले विकासको पश्चिमी ढाँचा अनुकरण गर्दाखेरि खास धनी झन् झन् धनी र गरीब झन् झन् गरीब हुँदै गइरहेका छन्। त्यो सम्पन्न वर्गको जरा (आधार) यो देशमा छैन, त्यो वर्गलाई यो देशको आर्थिक पुनरूत्थानमा खास रूचि पनि छैन।

चौथो बूँदा के हो भने समाजवादीका लागि संसारमा सर्वत्र चलिरहेको प्रजातान्त्रिक आन्दोलनका प्रति उदासीन रहनु भन्दा बढी खराब काम अरू कुनै हुनै सक्तैन। प्रजातन्त्र भन्नाले मेरो तात्पर्य उदार प्रजातन्त्र पट्टी छ। यो कुरामा विशेष जोड दिएर भन्न चाहन्छु किनभने कहिले काहिँ समाजवादीहरू आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएर यो बूँदालाई दोश्रो प्राथमिकता दिने गर्छन्।

पाँचौ बूँदा के हो भने समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्छ। समाजवाद तेश्रो विश्वका देशहरू या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन्, या कुनै सुधारविरोधी प्रतिक्रियावादी तानाशाहीतिर। त्यसकारण हामी तेश्रो विश्वका समाजवादीहरूका अघिल्तिर एउटा ठूलो चुनौति छ। आज समाजवादको आकर्षणको केन्द्रविन्दु यूरोपबाट हटेर तेश्रो विश्वमा पुगेको छ जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमूनाका रूपमा सान्दर्भिक बनेको छ। यदि नेपालो कुनै भविष्य छ भने, बाँच्ने एउटै उपाय त्यही हो। समाजवादका मुख्य एउटा पोया छन् (१) राजनीतिक स्तरमा प्रजातन्त्र र (२) आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने खालको विकास। यी दुई पक्ष विना गरीबी उन्मूलन गर्छ भन्नु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो। यो केवल आदर्शको प्रश्न अथवा जीवनका उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन, यो जीवनमरणको प्रश्न हो।

तपाईँ नेपालमा कस्तो किसिमको आर्थिक व्यवस्था चाहनुहुन्छ? र नेपाले आफ्नो विकास कसरी गर्न सक्छ भन्ने ठान्नु हुन्छ?

म यस सम्बन्धी मेरो विचार तपाईँलाई भनौँला। मेरो विचार उति स्पष्टसँग परिभाषित छैन। तर म त्यसतर्फ केही उज्यालो देख्छु। म त्यही उज्यालोतिर छाम-छुम गर्दै अघि बढ्दै छु।

यस बारेमा अलि केही भन्नु सक्नु हुन्थ्यो कि?

म प्रधानमन्त्री छँदा एकपालि म योजना आयोगको अफिसमा गएँ। योजनाबिद्हरू बसिरहेको कोठाको भित्तामा राजाको एउटा तस्वीर टाँगिएको थियो। उनीहरूलाई मैले सम्बोधन गर्नु थियो तर मलाई ती योजनाबिद्हरूलाई के भनौँ भने जस्तो भइरहेको थियो।

ती सबै आर्थिक विशेषज्ञ थिए कि?

अँ तिनीहरू मध्ये केही हार्वाड र केम्ब्रिज विश्वविद्यालयका उत्पादन पनि थिए। उनिहरूलाई मैले भने- “यहाँ राजाको तस्वीर टाँगिएको छ, त्यो एकदम ठीक कुरा भएको छ। तर त्यहाँ एउटा अर्को पनि तस्वीर हुनुपर्छ- एउटा हलो जोतिरहेको किसानको तस्विर।” उनीहरूलाई मैले यो पनि भनेँ- “तपाईँहरूले जहिले पनि विकासको योजना बनाउँदा त्यो झुपडीमा बस्ने किसानलाई सम्झनुहोस्। र तपाईँहरूले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन, कि त्यो किसानलाई के फाइदा दिन सक्छ भनेर आफैसित प्रश्न गर्नौँस।” यो मेरो मौलिक विचार होइन, महात्मा गान्धीको विचार हो। म कुनै आर्थिक विशेषज्ञ होइन तर जुन विकासले ग्रामीण जनतालाइ पछाडि छोडिदिन्छ त्यो विकास विकास नै होइन। मेरो विचारमा शहरको सुविद्या मात्र हेर्ने र गाउँको बेवास्ता गर्ने विकास विकास हुँदै होइन। किनभने नेपाल गाउँ नै गाउँ बनेको देश हो। नेपालको गरीबी भन्नु गाउँमै छ।

गाउँ र गाँउलेहरूको अवस्था बारे तपाईँलाइ केही थाहा छैन भने गरीबीको समस्या बुझ्ने पट्टि पहिलो पाइला सार्न पनि सक्नुहुन्न। बडो उत्कृष्ट एवं जटिल प्रविधि भएका विकसित देशहरूबाट विकासको धारणा आयात गर्नु नै हाम्रा योजनाविद्हरूको गल्ती हो। विकसित देशहरूमा ठूलो शहरीकरण भएको छ, उनीहरू कहाँ गाउँ पनि शहर जस्तै छन्। उनीहरूको कृषिमा पनि बडो उच्च स्तरीय प्रविधिको प्रयोग भइरहेछ। नेपाली योजनाकारहरूलाई विकासको नमूना यिनै देशहरूले प्रदान गर्छन्। यदि योजनाकारहरूको बुद्धिमा उचित किसिमको प्रक्रियाको शुरूवात पनि गर्न सक्ने छैनौँ- त्यहीँबाट नै हाम्रा बाटो छुट्टिन्छ।

म योजनाकारहरूलाई गाउँ र गाउँलेहरूले प्रयोग गरिरहेको प्रविधिमा केही मात्र सुधार गरिएको प्रविधि प्रयोग गर्न अनुरोध गर्छु। जस्तो की साधारण हलोको ठाउँमा विकासको हलो प्रयोग गर्ने, तर ट्रयाक्टर प्रयोग गर्ने होइन। ठूल्ठूला मेशीन, बुल्डोजर, जेट इन्जिनहरूको प्रयोग गर्ने होइन। विदेशबाट आयात गरिएका गाडीहरूमा विदेशबाटै आयात गरेको तेल हालेर विदेशमै तालीम पाएका प्राविधिकहरूद्वारा ठूल-ठूला सडकमा दौडाउन किन पर्यो र? निर्माणकै काममा पनि सिमेन्ट या फलामका छडको प्रयोग नगरेर विदेशी निर्भरता घटाउन सकिन्छ। योजनाकारहरूले कृषि उत्पादनमा बृद्धि गर्ने कुरामा र कृषिजन्य उधोगहरूको विकासमा पूरा जोड दिनु पर्छ।

तपाईँलाई थाहा छ दुई बर्ष अघि घाँटिको बेथा लागेर बम्बईको जसलोक अस्पतालमा भर्ना हुन पर्यो। त्यहाँका डाक्टरहरूसित म जनताका स्वास्थको समस्याबारे छलफल गर्थेँ। कुनै कुनै डाक्टरहरू जनताको सेवा गर्ने भावनाले ओतप्रोत भएका थिए। उनीहरूलाई मैले सोधेँ- ‘म सरकारमा भएको भए जनताको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन के गर्नु पर्ला?’ उनीहरूको रक्षा हुन सक्नेछ। विदेशमा तालीम प्राप्त डक्टरहरूले भरिएको जसलोक अस्पताल जस्ता अस्पताल पनि चाहिँदैनन्। पानीबाट आफ्नो समस्याको समाधान थाल्नोस, कुनै कठिनाई हुने छैन। त्यसकारण मेरो सुझाव के छ भने पहिला हामीले ग्रामीण जनतालाई सफा र सुरक्षित पानी पिउने व्यवस्था मिलाई दिनु पर्छ। उनीहरूलाई आफ्नो गाउँ सफा राख्‍ने प्रेरणा दिने हो, महँगो अस्पताल बनाइदिने हैन।

त्यस्को खर्च बेहोर्न हाम्रा गरीब जनता कदापि सक्तैनौँ। तर स्वास्थको मुख्य-मुख्य आवश्यकता पूरा गर्न हामी सक्छौँ। मैले भन्न खोजेको कुरा के हो भने विकसित देशको चकाचौँध देखेर हामी नबहकिऔ र विकासको प्रश्नमा भावुक नहौऔँ। विकासको काममा पहिला हामी गाउँको माटोले आफ्ना हात मैल्याऔँ जुन माटोले नेपाल बनेको छ। भोलाजी तपाईँ यसलाई ग्रामीण सभ्यता या ग्रामीण संस्कृतिको रूपमा परिणत हुने कुरो भनेर मान्न सक्नु हुन्छ।

निश्चय, तपाईँले भनेका कुरा सुन्दा मलाईँ पोल पोटको प्राथमिक साम्यवादको सम्झना भयो।

अहँ होइन। पोल पोटको जस्तो होइन। पोल पोटले जबर्जस्ती गर्छन्। साँच्चै भनुँ भने पोल पोटले शहरका जनतालाई शहरबाट बलजफ्ती निकालिदिए र गाउँतिर लघारे। नोम पेह्ग र अरू धेरै शहरबाट बलजफ्ती निकालिदिए र गाउँतिर लघारे। नोम पेह्ग र अरू धेरै शहरबाट मानिस निकालिदिए। त्यो त भयङ्कर अप्रजातान्त्रिक कुरो हो।

मैले तपाईँको कुरा बुझेँ। तपाई प्रजातन्त्रमा जोड दिन चाहनुहुन्छ। अर्थात् तपाईँ जे पनि प्रजातान्त्रिक तरीकाले गर्न चाहनु हुन्छ जुन कि जनताको स्वीकृति लिएर मात्र गरिन्छ। र सबैभन्दा महत्वपूर्ण कुरो त्यही हो। होइन?

हो। विकासको जुन नमूना अमेरिकाले देखाएको छ त्यसलाई मैले हेनरी फोर्डको नमूना भन्ने गरेको छु। यो नमूनालाई रूसले समेत ग्रहण गरेको छ। लेनिनले सत्ता लिँदा उनको विकास-नमूना त्यही थियो। उनी सँधै भन्थे कि रूसले १०/१२ वर्षमा अमेरिकालाई भेट्टाउने छ। अचेत पनि रूसीहरू आफ्नो विकासलाई अमेरिकाकै विकाससित दाँजेर हेर्छन्। उनीहरूको विकास-नमूना अमेरिकाले दिएको हो, र त्यो नमूना अमेरीकालाई हेनरी फोर्डले दिएक थिए। अब हेर्नोस्, अमेरिकाको जनसंख्या संसारको प्राकृतिक स्रोत र प्रसाधनको ३०-३५ प्रतिशत भाग उपभोग गरेका छन्। त्यही नमूनाको पछि लागेर उसै किसिमले भोग गर्न थाल्ने हो भने भारत र चीनका जनतालाइ मात्रै पनि संसारको साधनले पुग्दैन।

भारत र चीनको जनसंख्या संसारको पूरा जनसंख्याको ६० प्रतिशत होला। त्यसकारण विकासको यो नमूना आफ्नै तर्कद्वारा अव्यावहारिक र अप्रासङ्गिक सिद्ध भएको छ। मलाई अमेरिकाको कोलम्बिया विश्व विद्यालयमा भाषण दिन बोलाएका थिए र मैले यो कुरो अमेरिकीहरूलाई सुनाउँदा उनीहरू झसङ्ग भए। हाम्रा किसानहरू अथवा हरियाना र पंजावका किसानहरू अमेरिकी किसानहरू भन्दा सक्षम र उत्पादनशील छन् भनेर मैले भनेँ। वास्तवमा सक्षम हुने भनेको के हो? लगानी र उत्पादनको सुसम्बन्ध हुनु पर्छ। अमेरिकीहरूलाई मैले भनेँ- तपाईँका किसानहरू खेतमा भयङ्कर खर्च गरेर महंगो मल हाल्छन् तर प्रति एकाइ अन्न उत्पादन भने हरियाना वा पंजावमा बढि हुन्छ, तर त्यसको लगानी भने अमेरिकामा भन्दा कमै हुन्छ।

नेपाली किसानले पनि आफ्नो सीमित सामग्रीको उपयोग गरेर तपाईँका किसानहरूले भन्दा बढी अन्न उत्पादन गर्न सक्छन्। तपाईँहरूका वैज्ञानिकहरू र तेस्रो विश्वका वैज्ञानिकहरू एउटै स्तरमा छन्। सौरशक्तिको प्रयोग गर्न ठूलो सफलता हासिल भएका खण्डमा अमेरिका भन्दा भारत बढी सम्पन्न हुन सक्छ। किनभने अमेरिकामा भन्दा भारतमा सौरशक्ति बढी उपलब्ध हुन सक्छ।

तपाईँ द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नु हुन्छ? अर्थात् इतिहासको भौतिकवादी विश्लेषणसित तपाईँ सहमत हुनुहुन्छ?

तपाईँको दोस्रो प्रश्नको पहिले उत्तर दिन्छु र भन्छु-”अहँ।” सारांशमा म त्यसलाई अस्वीकार गर्छु यद्यपि त्यसमा कत्ति पनि सत्यता छैन भनेर म भन्दिन। मानिस बहुआयामिक प्राणी हो। मार्क्सले के गल्ती गरे भने मानिसलाई उनले एक आर्थिक प्राणीको रूपमा सृष्टि गरे जो आफ्नो आर्थिक जीवनसित मात्र सरोकार राख्छ। त्यसमा सत्यता छैन भनेर म भन्दिन, तर मानिसको त्यो एउटा अपूर्ण चित्र हो। मानिस आर्थिक प्राणी हो र त्यो भन्दा बढी पनि केही हो। के कुरो बढी छ उसमा? तपाईँ भन्नुहोला मानिस ईश्वरको सृष्टि हो। हो मलाई लाग्छ त्यो भन्दा पनि बढी केही हो। मानिसका अनेकौँ आयाम छन्। अर्को कुरो मानिस केवल भोजनको लोभले मात्र अभिप्रेरित भइरहँदैन।

पेट मात्रै उसका सारा क्रियाकलापहरूको प्रेरक हैन। पेटभरि खान मात्रै पाइनछ् भन्ने नाराले आजसम्म कुनै आन्दोलन भएको छैन। सन् १९१७मा रूसमा जुन समाजवादी क्रान्ति भयो-समानताका लागि। मानिस केही मात्रामा इतिहासको उत्पादन हो भने केही मात्रामा इतिहास बाहिरका तत्त्वहरूको पनि उत्पादन हो। मानिस आएपछि नै बन्न थाल्यो। जहाँसम्म मानिसको सरोकार छ, समय भन्ने कुरा पनि मानिस संसारमा आएपछि बनाइएको हो।

तपाईँ ऐतिहासिक निर्णयवादमा विश्वास गर्नु हुँदैन, हो? अर्थात सबै कुरा ऐतिहासिक नियतिले पूर्वनिर्धारण गरेको हुन्छ भन्ने कुरो मान्नु हुन्न?

ऐतिहासिक नियतिमा विश्वास गर्ने हो भने अर्थात् सबै कुरो इतिहासले निर्धारण गरे बमोजिम नै हुने हो भने हाम्रा सारा प्रयत्नहरू एउटा निरर्थक अभ्यास मात्र हुन जान्छन्। यो एउटा बडो चाखलाग्दो कुरो छ। मार्क्सको दर्शन अनुसार मानिसको मत स्वतन्त्र छैन, पूर्वनिर्धारित छ। अर्थात् मानिस जुन सामाजिक वर्गको सदस्य हुन जान्छ। त्यसै वमोजिम उसको मनस्थिति निर्धारित हुन्छ भने उनको राय छ। तर यो बिडम्बना हो कि मार्क्स उस बेलामा सबैभन्दा ठूला पर्चाबाज थिए। यदि मानिसको मन स्वतन्त्र हुँदैन, अथवा वदलिन सक्दैन, या भनौँ पूर्वनिर्धारित हुन्छ भने, उनले कसको मन बदल्नलाई पर्चा लेखेका थिए त?

तपाईँ नास्तिक हुनुहुन्छ कि?

सबभन्दा पहिले इश्वर भन्नाले मानिसको तात्पर्य के हो बन्ने बारे कुने परिभाषा दिइएको छैन। तर जुन अवस्थामा मानिस भावनाको समुद्रले भरिएर,ब्रम्हाण्डको व्यापकता देखेर अथवा सको सौन्दर्य देखेर, फूलहरू देखेर कविता लेख्न थाल्दछ, अस्तित्वको त्यही भाग नै इश्वरको अनुभूति हो, देवत्वको अनुभूति हो। मानिसलाई खान पाएर मात्रै पुग्दैन। जीवनका अरू पक्षहरू छन् जो महत्वपूर्ण छन् , शायद बढी महत्वपूर्ण। ती पक्षहरू व्याख्यान हुन नसकेका जीवनका रहस्यहरू हुन्। ती रहस्यहरूको तपाईँलाई अनुभव भएको छैन भने या तिनबाट चकित हुनु भएको छैन भने तपाईँलाई अनुभव भएको छैन भने तपाईँको जीवन पूर्ण सार्थक रूपमा बाँच्नु भएन। म प्रधान मन्त्री छँदा रविशङ्कर काठमाडौं आएका थिए र एउटा कार्यक्रमको आयोजना भएको थियो। मलाई भयङ्कर थकाइ लागेको थियो तैपनि कार्यक्रममा उपस्थिति नहुनु अशिष्टता हुनेछ भनेर त्यहाँ शामेल हुन गएँ। म त्यो तीन या चार घण्टा लामो कार्यक्रम भरी नै बसिरहेँ। कार्यक्रम सिद्धिए पछि रविशङ्करलाई गएर मैल भने-’ यो मेरो ईश्वरसितको निकटतम अनुभूति थियो।’ उनले सितार बजाएको सुन्दा मैले ईश्वरको नगीचै पुगेको अनुभब गरे। कहिले काँही सारै राम्रो चित्रकला देख्ता या रविशङ्करको जस्तो संगीत सुन्दा यस्तो अनुभव हुन्छ।

विहान सबेरै उठेर बाहिर निस्केर, प्रकृतिको (फूलहरू, रूखहरू र नीलो आकाशको) अवलोकन गर्दा तपाईँ कस्तो अनुभव गर्नु हुन्छ? यस्ता क्षणहरूमा कहिलेकाहीँ व्याख्या गर्न नसकिने अचिन्त्य वस्तुसित आफ्नो आत्माको विचलन भएको अनुभव गर्नु भएको छ?
छु। त्यस्तो अनुभव मलाई धेरै धेरै पल्ट भएको छ। कहिलेकाहीँ कस्तो हुन्छ भने म समष्टिको एउटा अंग बन्न जान्छु। सारा चराचर सृष्टिमा जीवन छ जस्तो मलाईँ अनुभव हुन्छ, सारा ब्रम्हाण्डमा जीवनको स्पन्दन भएको र म त्यसै भित्रको एउटा अंग भएको अनुभव हुन्छ।

यस्तो क्षणमा सारा ब्रह्माण्ड र त्यसभित्रका चराचर तथा अन्य वस्तुहरूलाई मानिसले बनाएको होइन र मानिस भन्दा पर अरू केही छ भन्ने अनुभव गर्नु हुन्छ?

अहँ, त्यस किसिमको दर्शनशास्त्र होइन। म के अनुभव गर्छु भने म हरेक वस्तुको एक अंश हुँ, तर म दर्शनशास्त्रसम्म जान्न। अथवा विचारजगतमा बढी रूमलिन पनि जान्न।

त्यसो भए म तपाईँलाई नास्तिकतावादी भनौँ कि अध्यात्मवादी?

तपाईँ मलाईँ एक प्रकारको अध्यात्मवादी भन्न सक्नुहुन्छ। मलाई लाग्छ, प्रकृतिमा कैयौँ त्यस्ता तत्त्वहरू छन् जसको वैज्ञानिक व्याख्या या विश्लेषण हुन सक्तैन। समष्टिमा यसको अध्ययन गर्न सकिएला तर व्यक्ति व्यक्तिमा बुझ्न नसकिने हुनसक्छ। मनलाई विचारको आकार (संरचना) सित ढाल्ने वित्तिकै सत्यको अनुभूति उम्किन्छ। केवल आफ्नो तर्कशक्तिमा मात्र भर पर्ने हो भने मानिसले गर्ने ज्ञान अपर्याप्त हुनजान्छ।

तपाईँलाई कहिलेकाहीं राजनीतिदेखि वाक्क लागेर आयो कि? आफ्नो अधिकांश जिन्दगी अनवरत रूपमा घुमिरहेको संघर्ष, मुद्दा, जेल, अभियोग, देश निकाला इत्यादिको चक्रमा बारम्बार फंसिरह्यो भन्ने विचार कहिल्यै मनमा आयो कि? अथवा राजनीति छोडेका भए पनि हुने थियो भन्ने खालको पश्चाताप मनमा आयो कि? अथवा राजनीति छोडेका भए पनि हुने थियो भने खालको पश्चाताप मनमा आयो कि?
तपाईँलाई थाहै छ, तपाईँले भने जस्तो दु:ख, संकट झेल्न नसकेको भए, म आज जे छु त्यो हुने थिइन।

तर तपाईँको जीवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी हैन र?

मैले बुझेको जीवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन् त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्यो भन्दा फरक खालको जिवन हुने छैन। तपाईँको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे हैन? मैले जुन किसिमको समाज निर्माण गर्न खोजेको थिएँ र म जुन कुरा सफल भएको भएको भए त्यसको असर मलाई भन्दा अरूलाऐ बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलता या असफलताको कुनै महत्त्व छैन।

आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफुले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरात्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भए पनि सत्कार्यका लागि प्रयत्न गरिरहँद एक प्रकारको आत्मिक आनन्द हुन्छ मलाई यही नै भयो भन्ने लाग्छ।

तपाईँलाई २०१८ सालमा जेलबाट छुटाउनका लागि नेहरूले के योजना बनाउनु भएको थियो त्यसको मलाई अलि विस्तृत ज्ञान गराइदिनु हुन्छ कि?

भोलाजी, यो अति संवेदनशील प्रश्न हो, जसमा मेरो पक्षको वाहेक भारत सरकारको समेत संलग्नता छ। म त्यो ऐले छापियोस् भन्ने चाहन्न।

ठिक छ, तपाईँले स्वीकृति नदिइकन म त्यो छाप्ने छैन भनी प्रतिज्ञा गर्छु। त्यसो भए त हुन्छ कि?

हुन्छ। २०१८ सालमा हाम्रा जुन साथीहरू भारतमा बसेर सरकारको विरोध गरिरहेका थिए उनीहरूको के सोचाई थियो भने म पनि उनीहरूका साथ भएँ भने हाम्रो संघर्ष ज्यादा प्रभावकारी हुने थियो। त्यसकारण उनीहरूले मलाई जेलबाट छुटाउन चाहे। तर त्यसबारे मलाई केही ज्ञान थिएन, किनभने मलाई जेलमा कसैसित देख, भेट गर्न या बोलचाल गर्न दिइएको थिएन। त्यसपछि राजनीतिक बन्दीहरूलाई दिइने सामान्य सुविद्या दिइनु पर्छ भनेर मैले अनशन गरेँ जुन सुविद्या मध्ये एउटा सुविधा आफ्ना नातेदार र साथीभाईलाई भेट्न पाउनु पर्छ भन्ने पनि थियो। अन्ततोगत्वा यो सुविद्या दिइयो। मेरी एउटी नातेदार मलाई भेट्न आइन्। तिनले मलाई तीन चार पल्ट भेटिन्। पहिलो पालि उनी मेरा निम्ति जवाहारलाल नेहरूसित छलफल गर्न गएकी रहिछन्।

लुमुम्बा मारिएपछि म पनि उसै गरी मारिन्छु कि भनेर उनी डराएकी रहिछन्। जवाहरलालजीले भन्नु भएछ कि नेपाली शासकहरू कङ्गोका शासकहरू जस्ता जंगली छैनन्। त्यसपछि उनी मलाई भेट्न आइन् र उनले मेरो साथीहरूलाई कलकत्तामा भेटेको र जवाहारलालजीलाई समेत भेटेको कुरा गरिन्। उनीहरू मलाई जेलबाट उम्काउन चाहन्छन् भनिन्। एक थरी हाम्रा मानिसहरू सैनिक पोशाक लगाएर आउनेछन् र तिनीहरूले मलाई पनि सैनिक पोशाक लगाउन लाउने छन्, त्यसको विरोध मैले गर्न हुँदैन, बरू उनीहरूले भने बमोजिम गर्नु पर्छ भनी मलाई सिकाउन उनी आएकी रहिछन्। मैले भने ‘ यसमा भारतबाट ग्यारण्टी नलिइकन म कसरी सुरक्षित रहने, किनभने जेलबाट उम्के पनि भागेर भारत नगई नहुने हुन्छ’ भनी मैले सोधेँ। उनले यस बारेमा जवाहरलालजीलाई भेटेकी रहिछन्। वास्तवमा जवाहरलालजीले नै उनलाई पठाउनु भएको रहेछ। त्यसपछि उनी गइन्। एक महिना जति पछि उनी फेरी मलाई भेट्न र भनिन् कि योजनामा जोखिम छ। किनभने यसरी उम्काउने कामको दौरानमा कतै गोली हानाहान जस्तो भयो भने मलाई गोली लाग्न सक्थ्यो।

जवाहरलालजीलाई पनि मनमा लागेछ कि यस्तो जोखिम उठाउनु ठीक छैन जसमा मेरो जीवन जाने सम्भावना छ। त्यसकारण यो विचार छोडिदिइयो- यो कुरो २०१८ सालको मंसिर-पुषतिर भएको हो।

तपाईँलाई मैले २००६ सालतिरदेखि चिनेको हुँ। त्यसै बेलादेखि नै मैले देखेको छु कि तपाई र तपाईँकी श्रीमतिका बीचको सम्बन्ध यसो बाहिरिया किसिमले हेर्दा बडो प्रेमपूर्ण र समझदारीपूर्ण छ। तर मलाई निर्धक्क भएर बताइदिनोस् के तपाईँले आफ्नी श्रीमतीलाई आजीवन प्रेम गरिरहनु भयो? उहाँ प्रति सदैव बफादार रहनु भयो?

तपाईँ मलाई यसरी सोध्नु हुन्छ भने म भन्छु कि मैले उनलाई विवाह गरेको दिन उनी मेरा लागि जति नयाँ थिइन्, आज पनि त्यतिकै नयाँ छन्। किनभने विवाह गरेपछि जीवनको धेरै जसो समय म उनबाट टाढै रहेँ-म अनेकौँ पल्ट जेलमा परेँ, अनेक यात्रा र भ्रमणमा निस्केँ, या देशनिकाला भएर रहेँ। उनीसंग पर्याप्त मात्रामा सँगै बस्ने अवसर मलाई भएन। त्यसकारण मलाई उनका प्रति उही पुरानै आकर्षण छ। उनी मेरो ठूलो सम्पत्तिका रूपमा रहिन्। उनमा एउटा आध्यात्मिक गुण छ जसले मलाई भरोसा दिन्छ। वास्तवमा उनले मैले भन्दा बढी दु:ख पाएकी छन्। बाहिरिया किसिमले हेर्दा मात्र तपाईँ यो कुराको मर्म बुझ्नुहुन्न होला।

जव म २०१७ साल पौष १ गते पक्डिएँ, मलाइ कहाँ थुनेर राखेको छ भन्ने कसैलाई थाहा थिएन। म जीवितै छु कि मरिइसकेँ भन्नेसम्म पनि कसैलाई थाहा थिएन। एक डेढ वर्षपछि जब जेलमा मलाई भेट्न उनी आइन् मैले उनको कपाल फुल्दै गइरेहेको देखेँ। र तीन वर्ष भित्रमा त उनी पूरै फुलिन् अनुहारमा चाउरी पर्यो। उनी एक साहसी नारी हुन्। बफादारीको जहाँसम्म प्रश्न छ, त्यस्तो बफादारी भनेको के हो मलाई थाहा छैन। यदि तपाईँको प्रश्न पनि प्रचलित प्रश्न नै हो, या मेरो अरू कुनै नारीसंग पनि प्रेम सम्बन्ध थियो कि भन्ने हो भने, आफ्नी पत्नी वाहेक अरू कसैसित कुनै प्रेम सम्बन्ध नभएका मानिसहरू ज्यादै कम हुँदा रहेछन् भन्ने मेरो अनुभव छ। त्यस दृष्टिले म एक साधारण व्यक्ति हुँ र मेरो अरूहरूसंग प्रेम सम्बन्ध थियो पनि। तर मेरो जीवनका स्थायी दृढ सम्बन्धको बन्धनहरू भने आफ्नै पत्नीमा रहे।

इतिहासमा तपाईँको स्मरण कुन रूपमा होस् भन्ने चाहनु हुन्छ? साँच्चै भनौँ भने तपाईँ आफ्नो मृत्यु पछि कुन वाक्यले प्रशंसित हुन चाहनुहुन्छ।
यसबारे मैले कहिल्यै सोचेको छैन। वास्तवमा मैले त्यति ठूलो काम केही गरेको छैन जसका लागि भावी पुस्ताहरूले मलाई सम्झिराखुन्। मैले तपाईँसंग अघि अघि भएका अन्तर्वातामा पनि भनिसकेको छु कि मेरो प्रयासको जुन अघ्यात्मिक पक्ष छ त्यसले इतिहासमा कुनै स्थान पाउनु पर्छ भन्ने आकांक्षा राख्दैन। मैले जीवन आनन्दसाथ भोगेँ आफ्ना कर्तव्यहरू पूरा गरेँ भन्ने मलाई लाग्छ- त्यत्ति नै पर्याप्त छ। कुनै कामको स्मारकका रूपमा मलाई जनताले संझिराखुन् भनौँ भने मेरो त्यो आकांक्षा कत्ति पनि छैन। यदि म भनूँ कि नेपालमा प्रजातान्त्रिक व्यवस्था ल्याउने व्यक्तिका रूपमा मलाई संझिनु पर्छ भने पनि, त्यो एउटा बडो अस्पष्ट स्मारक हुनेछ। त्यसकारण देश र जनताले मलाई कुन रूपमा संझिराख्नु पर्छ भन्ने बारेमा मलाई कुनै फिक्री छैन। मलाई त्यसमा चाख छैन।

तर तपाईँ आफ्नो अन्तरात्माप्रति इमान्दार रहनु भयो- यो त भन्न सक्नुहुन्छ कि? अर्थात आफुले चाहेको कामको लागि आफ्नो सम्पूर्ण क्षमतालाई उपयोग गर्नु भयो भन्न त सकिन्छ कि?

सकिन्छ, मैले त्यो गरेँ, सिवाय त्यसका लागि म संगठित थिइन यदि म बढी संगठित हुन सकेको भए मेरो योगदान ज्यादा स्थायी र बलियो हुन्थ्यो होला।

त्यसो भए तपाईँ आफ्नो आत्मा प्रति सच्चा रहनु भयो हैन त?

हो, म आफ्नो आत्माप्रति बडो सच्चा रहेँ। त्यस बारे कुनै सन्देह छैन। वास्तवमा, म आफुप्रति बडो इमान्दार रहेँ।

-वीपी कोइरालाको अन्तिम अन्तर्वार्ता जुन पत्रकार भोला चटर्जीले लिएको अन्तरवार्ता हो, १९८२ जुलाई २३ को टेलिग्राफमा प्रकाशित भएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै, भगवान पशुपतिनाथलाई न्याय हुने विश्वास
कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश : जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
भारतको राज्यसभा सांसद् एवं पूर्वविदेश सचिव हर्षबर्धन श्रृङ्गला नेपाल आउने
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija