बिष्णु खनाल -वैदिक साम्यवाद नेपालको माटो सुहाउदो हिमवतखण्डको प्राचीन दर्शन हो । यसको मूल विधान मनुस्मृति, बेद बेदाङ्ग ,गीता ,महाभारत, रामायण , बुद्ध दर्शन , इत्यादि हुन।
राष्ट्रिय एकता , समानता , प्रेम ,अहिंसा, शान्ति, समृद्धि, पंचशील, बुद्धका दशबल, कर्मको फल,मानव धर्म, सबै प्राणीहरूको मौलिक अधिकार, योग पर्यावरण एकोसिस्टम,प्रजातंत्र, नदि,जंगल, प्रकृति र पुरूषको महत्व यसका मुख्य सिद्धान्तहरु हुन।
वैदिक साम्यवादले इश्वर एक छन, सुर्य,पृथ्वी, आकाश,चन्द्रमा एक छन त्यसैले धर्म पनि एक छ र मानव धर्म नै धर्म हो। जसरी रामशाहको धर्म चौतारोमा सबै समान हुन्छन्, त्यसैगरी सबै समान छन। हिन्दू, बौद्ध, जैन, मुस्लिम एक हुन । सबै चराचर मानवको धर्म हो, सबैको मौलिक अधिकार समान हुन्छ।
नास्तिकहरू पनि मर्ने बेलमा धर्म मान्दछन। आगोले पोल्छ पानीले डुवाउछ, शुक्लगण्डकीले आगो निभाउछ। इश्वर निरंजन निराकार,निर्विकल्प छन। कुपुत्रो जायत…माता नभवति, पुत्र कुपुत्र हुनसक्छ,माता कुमाता हुन सक्दिनन।
जसरी सबै खोलानाला,नदि,गण्डकी, कोशी,गंगा,जमुना,सिन्धू सरस्वती समुद्रमा मिल्दछन, त्यसैगरी सबै प्राणी ,जीवात्माहरू शिवमा गयेर मिल्दछन, मुक्ति प्राप्त गर्दछन। गोरखामा शिव बसेका छन, माता दुर्गा बसेकी छन। भौतिकद्धन्दवादि माओले पनि मर्ने बेला इश्वर मानेको योगी नरहरीनाथ बताउनूहुन्छ।
राजा वीरेन्द्रले ल्याएको शान्ति क्षेत्रको प्रस्ताव बैद्धिक साम्यबाद हो। विपीको प्रजान्त्रिक समाजवाद मात्रै नभइ, मदन भण्डारीको सुधारवादी,जनताको बहुदलिय जनबाद, आर्थिक समानता बैदिक साम्यबाद हो, गिरीजावाबु,शूसिलद्धाले भन्ने गरेको एकता पनि वैद्धिक साम्यवाद नै हो।
नेपालमा एकातिर बूद्ध र एकातिर जनक बसेका छन। हिमवतखण्डको मानव विधान मनुस्मृति हो। मनूको राजधानी कालीकोटको मानवि मान्म भन्ने खांडचक्र हो। पृथ्वीनारायणले तपस्या गरेर दिब्य उपदेश प्राप्त गरेका थिए। जनताको अभिमतद्धारा प्रजान्त्रिक पद्धति अनुसार कालू पाण्डेलाई प्रधानमंत्री बनाएका थिए। नूवाकोटको वेलकोटमा पृथ्वीनारायण शाहले जनता र सल्लल्लाकारको सल्लाह बिना काम गर्दिन भनेर प्रतिज्ञा गरेका थिए। नेपाल चार जात ३६ बणँको साझा फुलवारी हो। कुल धर्म छोडेर शिर ठाडै हुदैन । हाम्रो माटोले के भन्छ? ,हाम्रो शिक्षा नीती के भन्छ?
कंश,हिरण्यकश्यपु,दुर्योधनले सकुनी जस्ताको गलत सल्लाहले राज्य गुमाए । यदि सल्लाहकार राम्रो छैन भने राजाले भुल गर्दछ।

नेपालको भुगोल माथी चिसो, बिचमा समसितोष्ण, तल उष्ण तातो छ। यसप्रकारको हिमाल ,पहाड़ ,तराइ भौगोलिक परिस्थिति नेपालको छ। पृथ्वीनारायण शाह आफै स्यांखु ओडेर देशका दूरदराज परिस्थिति बूझ्न हिडेका थिए। पृथ्वीवाट टुसाएको अंकुरा भावना राम्रो हुन्छ। आकाशवाट बर्सिएको असिनाले सत्यानाश गर्दछ। बादर भालु प्रधानमन्त्रीले बनाएको बिधान रामराज्य थियो भन्नूहुन्छ नरहरीनाथ योगी।
यसप्रकारको भारत वर्ष, हिमवतखण्डको आत्मा गाउमा छ। नेपालको आत्मा गाउंमा छ। वैदिक सभ्यता नेपालको गाउंहरूमा छ। त्यसैले पंचायतमा गाउफर्क प्रोग्राम ल्याएको थियो,भलै त्यसको सदूपयोग हुनसकेन। कार्यान्वयन हुन सकेन पंच महापंचहरछले दूरूपयोग गरे। महात्मा गान्धीले समेत गाउ चलो प्रोग्राम ल्याएका थिए।
अमरसिंह थापालाई अंग्रेजले राज्य दिन्छू भनेर लोभ देखाएको थियो, उनले तो दानपत्र चातेर फालिदिए। त्यसैगरि सुवासचंद्र बोसलाई अंग्रेजले गभर्नर दिएको थिए, त्यसलाई बोसले त्यागी दिए। जनता जर्नादन हुन ,जनता राजहांस हुन जसले दुध र पानी छूट्याउछन। धर्म जितेकाले राजालाई रघुवीर भनिएको हो। बीर बिक्रमादित्यले राज्य जितेर सम्राट बने।
गरिवको परिश्रमले बनाएको सडकमा धनीले गाडि गुडाईरहेका हुन्छन। त्यसैले यो संसार धनी गरिव उसो निचो सबैको समान हो। त्यसकारण एकता दर्शन ,प्रकृति दर्शन, बूद्ध दर्शन,शांख्य दर्शन,जैन,कुरान, वृहत वैदिक सनातन दर्शन हो।
वैदिक साम्यबादमा आटांङ्ग योग, यान,व्यायाम प्रणाम आदि छन। उग्र कर्मको फल यसै जन्ममा प्रतिफल मिल्छ। हिंसा गर्नु हुदैन। माछा खानू सबैको मासु खाये बराबर हो किनकी माताले सबैको मासु खान्छ। मनूस्मृती प्रथम मानव संविधान हो। नेपाल श्रृष्ठीको सुरूवात भयको ३३ प्रकारका देव देवताको पुण्यभुमि हो ।शान्तीक्षेत्र हो,यसैले शान्तीक्षेत्र को प्रस्ताव ल्याएको हो। पंचशीलका सिद्धांत र वूद्धका १० बल एकैछन मात्र शब्द फरक छन।
कोटि होम बैज्ञानिक जलचक्र संग जोडिएको छ। होमले वादल लाग्छ ,वादलले पानी पर्दछ। हारियाली हुन्छ,पानी र हरियाली ले आगो लागेको पनी निभ्छ यसरी ईकोसिस्टम र पर्यावरणलाई कोटिहोमले व्यालेन्स गर्दछ।
रामशाहको मामली कल्याणपुर हो। कल्याणपुरका पुरूषोत्तम जोशीले ढुंगो चिचेर जलथल बनाएका थिए।
मार्क्सवादी कमनिष्ट सिद्धान्तले धर्मलाई अफिम भन्छ, अफिम खाए द्वन्द हुन्छ यस द्वन्दलाई पछि माओले शान्ति बनाएका थिए। बैदिक साम्यबादले पनि शान्ति पाइन्छ। जन्म र मृत्यु दुइ सत्य हुन। जन्म र मृत्यु हिन्दू, बुद्ध ,जैन,मुस्लिम, इसाइ सबैमा एकै प्रकारका छन। सबै चराचरमा एकै छन।
पश्चिमा म्याकिभ्याली शिक्षाले हाम्रो बैदिक शिक्षा नीतीको जरो उखालेको छ। अभिभावक, शिक्षक,बिद्यार्थी सबैलाई दुख दिएको छ। प्राचिन गुरूकुल हाम्रा वैदिक शिक्षा हुन। हाम्रा ५ प्रकारका मौलिक शिक्षा नीती छन। म्याक्समुलरले र म्याकिभ्याली शिक्षाले उछृंखलता दिएको छ ,मानवता हराएको छ। यस शिक्षाले देशको कल्याण गर्न सक्दैन। हाम्रो शिक्षा नीती र पाठ्यक्रम माटो अनुकूल सुधार हुनूपर्दछ।
वैयक्तिक र भौगोलिक सुधार हुनूपर्दछ। शान्तीक्षेत्र को प्रस्वाबलाई यथावत गर्नुपर्दछ। बनजंगल जोगाउनू पर्दछ। हाम्रा हात्ती गैडा बन्यजन्तू ,जडिबूटि, औषधी, अबैध तस्करी रोकिनू पर्दछ। यूवाहरु विदेशीएका छन, परनिरभरता बढेको छ। किसानको खेति रोकिएको छ, विकास रोकिएको छ। विश्वविद्यालयहरू अन्योलतामा धकलिएका छन। कुइरोको काग भैरहेको छ। यर्जुवेद को २६ अध्याय दोश्रो मन्त्रले ज्ञान शिक्षा सबैका लागी हो भनेर छूवाछूदको अन्त्य गरेको छ। तेसैले बेदमा छूवाछूद छैन। यूर्जेवदको ३२अध्याय मनै इन्द़ हो ,बेदको अर्को नाम ब्राह्मण हो ब्राह्मण भनेको बेद भनेको ज्ञान हो नलेज हो जसले पढाउछ शिक्षा दिन्छ उ बाह्मण हो भशेको छ।
यदि बादरलाई न्यायाधिष बनायो भने दूबै तूलोको रोटि खाइदिन्छ भनेर न्यायालय संबन्धी वैदि साम्यबाद मा उल्लेख गरिएको छ। सन १८५७ सम्म हामीकहां कुनै एनजीओ संघ संस्था थिएनन, १९५७ सम्म आइपुग्दा संस्थाले समाज फुटाएर जरजर बन्यो। हामी माथी घोडा चढेर हामीलाई कमारा बनाउदै छन। फुट डालो राज करो उनीहरूको सिद्धांत हो। यसरी मुर्दावाद र जीन्दाबादको आगो जलेको छ।भाइफुटे गबार लूटे भएको छ। एकता हराएको छ।
बैदिक साम्यबादमा वैदिक शब्दले कमनिष्ट र साम्यबाद शब्दले डराउनू पर्दैन। किनकी वेदले छूवाछूदको अन्त्य गरेको छ ,आसमानताको अन्त्य बिभेदको अन्त्य गरेको छ। सिप र परिश्रमको मूल्यांकन गरेको छ। त्यसैगरि साम्यबाद शब्दले कांग्रेस डराउनू पर्दैन यसले भौतिक द्वन्दबादको सट्टा प्रेमद्बारा शासन गर भनेको छ। प्रजातन्त्र सबै प्राणीको मौलिक अधिकार ,समानता,स्वतंत्रता, न्यायालय, दण्डबिधानलाई स्वकीकार गरेको छ। कौटिल्य को अर्थशास्त्र रामशाहको धर्म चौतारो, पृ्थ्वीनारायणको एकताले राष्ट्रीयता ,समृद्धिले समाजबादलाई स्विकार गरेको छ।
यस वैदिक साम्यबाद संबन्धी योगी नरहरीनाथ, बरिष्ठ पत्रकार प्रेम कैदि, पेशल निरौला, डा. शास्त्रदत्त पन्त जस्ता विद्वानहरूले खोज अनुसन्धान गरेका छन।
बेदले सबैलाई समान व्यवहार गर भनेको छ तो नै वैदिक साम्यवाद हो।
धर्मो रक्षति रक्षतीः
न राज्य न च राजसीन्न दण्डो
न च दाण्डिक
धर्मेनैव प्रजाः सर्वा
रक्ष्यन्तेस्म परस्परम्
अर्थात् वैदिक कालमा न राज्य थिए न राजा नै थिए न दण्डाधिकारीहरू थिए, सम्पूर्ण समाज धर्मद्वारा रक्षित थियो (वैदिक साम्यवाद २०४९ पाना १३) ।
वैदिक साम्यवाद ‘सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया । सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःखभाग्जन । कर्मण्डे वाधिकारश्ते माफलेशुकदाचन’ कर्मनिष्ठ वैदिक साम्यवाद हो ।
-यी सबै लेखक खनालका निजि विचार हुन् ।

