गोविन्दराज जोशी : म १३ वर्षको थिएँ। तनहुँबाट ६ दिन हिँडेर काठमाडौं आएँ। सानै उमेरमा राजनीतिमा लागेको थिएँ। जीवनको ५६ वर्ष नेपाली कांग्रेसको सक्रिय राजनीतिमै बिताएँ। २०२१ सालदेखि निरन्तर नेपाली कांग्रेसमा सक्रिय रहेको मेरा लागि अब सबथोक अतित भएको छ। कांग्रेसमार्फत् देश र जनताको मुक्तिको संघर्षमा लागिरहँदा मैले पनि धेरै कुरा पाएँ। ६-७ पटक मन्त्री भएँ।
पार्टीको सहमहामन्त्री पनि भए। तर यो सब मलाई कसैले दया गरेर दिएको दान थिएन। पार्टी र आन्दोलनमा मैले निर्वाह गरेको भूमिकाका आधारमा दिइएको जिम्मेवारी थियो। जुन जिम्मेवारी पूरा गर्ने काममा मैले कहिल्यै कुनै सम्झौता गरिनँ। २०१७ सालपछि प्रजातन्त्रका लागि देशभित्र र बाहिर जति पनि आ’न्दोलन भए, म बीपी कोइरालासँगै हरेक पल हरेक आ’न्दोलनमा हो’मिएको मानिस हुँ।
२०२९-३० सालतिर मेरो जीवनमा एउटा गम्भीर मोड आयो। कांग्रेसमा रहेर प्रजातान्त्रिक आन्दोलनमा योगदान गरिरहने कि राजनीति छोडेर घर-परिवार हेर्ने भन्ने जटिल निर्णय लिनुपर्ने थियो। तर मैले निमेषभर पनि नसोचिकन निर्णय गरेँ। मैले कांग्रेस रोजेँ। त्यो नि’रंकु’शकालमा कांग्रेस रोज्नु भनेको आफ्नो ज्या’नमात्र हत्केलामा राख्नु थिएन, मैले त कांग्रेससँगै परिवारको बिचल्ली पारिन सक्ने खतरा पनि रोजेको थिएँ।
म लगायत १० जनाले २०३५ सालमा अहिलेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ जिल्ला कार्यसमितिको सदस्यता दिएका थियौं। म कांग्रेसको सहमहामन्त्री हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेल केन्द्रीय सदस्य थिए। तर, अहिले अनुशासनको बहानामा उनीहरूले नै मलाई ड’न्डा लगाएका छन्।
पूरा जीवन समर्पित गरेको प्यारो पार्टीबाट मलाई निष्कासन गरेका छन्। उनीहरूका लागि कांग्रेस पद र प्रतिष्ठा हासिल गर्ने पार्टी होला। तर, मेरा लागि कांग्रेस निरन्तर लोकतान्त्रिक आ’न्दोलनको नेतृत्व गरिरहने एउटा महान अभियान हो। मेरो बुबा २०१८ सालमा कांग्रेस पार्टीमा लागेकै कारण जे’ल जानुभयो। म त २०२१ सालदेखि कैयौँपटक जे’ल गएँ, विभिन्न आन्दोलनका क्रममा छोरा–छोरी पनि पटक-पटक जे’ल गएका छन्।
हाम्रो तीन पुस्ताले कांग्रेसका लागि जीवन खर्चेको छ। अहिले रामचन्द्र पौडेलसँग मिलेर शेरबहादुर देउवाले मलाई पार्टीबाट निकाले। म ७१ वर्षको भएँ। अब मलाई पाँच वर्षपछि कांग्रेसमा फर्कन मन छैन। कांग्रेसमा म जस्तै अन्यायमा परेकाहरूको अभियन्ताका रूपमा अबको अभियान चलाउँछु।
यो सक्कली कांग्रेस पुनर्निर्माणको अभियान हुनेछ। स्वेच्छाचारी र पदलोलुप नेतृत्वका कारण कांग्रेसले आफ्नो सक्कलीपना गुमाइसकेको छ।हाम्रो पालामा राजनीति गर्नेहरू पदका लागि यो क्षेत्रमा आउँदैन थिए। कांग्रेसबाटै धेरै थोक पाए पनि मैले पनि पदलाई कहिल्यै प्राथमिकतामा राखेको थिइनँ।
एकपटक गिरिजाबाबुको हस्ताक्षर चो’रेर एउटा निर्णय गरेको थिएँ। तर, मलाई कारबाही भएन, किनकी मैले त्यो काम जनाता र पार्टीका लागि गरेको हुँ भन्ने गिरिजाबाबुले बुझ्नु भएको थियो। तर, अहिले मेरै कोटको फेरो समातेर राजनीति सिकेकाहरूले मलाई नै राजनीतिबाट अलग गर्ने प्रयास गरेका छन्। रामचन्द्रजीको बारेमा पुराना कुरा कोट्याउँदा धेरै स्मरण छन्। तनहुँको सदरमुकाम दमौलीमा मेरो घर थियो। उहाँ दमौलीमा आएपछि मेरै घरमा गाउँबाट ल्याएको झोला बिसाएर मेरी श्रीमतीले उसिनेको मकै र मोही खाएर मेरो पछि-पछि राजनीतिमा आउनु भएको हो।
पद र अवसरको हिसाबमा उहाँले अहिले धेरै ठूलो फड्को मारिसक्नुभएको छ। तर, तनहुँको कुरा गर्दा अहिलेसम्म पनि उहाँको कुनै योगदान छैन।
रामचन्द्रजीको पहलमा तनहुँमा एउटा पानीको धारासमेत जोडिएको छैन। खासमा उहाँले अहिले राजनीतिक बेस दमौली बनाउनुभएको छ। तर, त्यो ठाउँ खासमा उहाँको बेस होइन।
एकजना कन्हैया भन्ने मान्छेबाट उहाँले तनहुँ सदरमुकाममा सित्तैमा घर उपहार ल्याउनु भयो। पछि पार्टीमा उसैलाई लखेट्नुभयो। त्यो च’रित्रको रामचन्द्रबाट मलाई केही अपेक्षा हुने कुरा पनि भएन। रामचन्द्रजीको त्यो च’रित्रबाट राम्ररी परिचित भएका कारण मलाई अहिले आफैंमाथि लौ’रो चलाउँदा अलिकति पनि दुःख लागेको छैन। तर लाज भने लागेको छ।
लाज कहाँ लाग्यो भने, मेरो सहयोग लिएर देउवाले चुनाव जिते। अहिले पुष्कर ओझालाई कारबाही गर्न मेरो ब’लि चढाए। देउवा जस्तो पदलो’लुप मानिसबाट पनि मेरो कुनै अपेक्षा छैन। देउवाले प्रधानमन्त्री पद पाए भने कांग्रेस छोड्न पनि तयार हुन्छन्।
नेपाली कांग्रेसको नेतृत्वमा अहिले रहेका नेताहरूको च’रित्र नै यस्तै छ। उनीहरू आफ्नो स्वार्थका लागि जोसुकैको पनि ब’लि चढाउन पनि तयार हुन्छन्। पार्टी, देश र लोकतान्त्रिक आ’न्दोलनको अभियानसँग उनीहरू उत्तरदायी छैनन्। देखापढिको लागि (मञ्जु कार्कीले गरेको कुराकानीमा आधारित)

