नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा आगामी सेप्टेम्बर ३ तारिखका दिन राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा एक बिशेष साहित्यिक कार्यक्रम हुने भएको छ ।
५० ओटा पुस्तक दिएर नेपाल भाषाको उत्थानका लागि ठूलो गुन लगाउने काम गरेका सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जन कण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुख दुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जन हृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाशलगायतका कृति प्रकाशित छन् ।
जुम अनलाइन मार्फत हुने उक्त कार्यक्रममा सहभागी भईदिनको लागि आयोजक नेवा: खल: इजरायलले अपिल गरेको छ ।
सहभागीताको लागि यस्तो छ नियमहरु

१) ईच्छुक साहित्य अनुरागीहरूले आफ्नो नाम र ठेगाना सहित अाफुले वाचन गर्ने रचना (गित,गजल,कविता,मुक्तक) हाम्रो फेसबुक मेसेन्जरमा बक्समा पठाउनु पर्ने छ र पठाउने मिति यो सूचना प्रकाशित भएको दिन देखी अगस्टको अन्तिम तारीखसम्म रहेको छ ।
२) महाकबि सिद्धिदास महाजुको १५३ औ जन्म जयन्तीको अवसरमा zoom online बाट हुन लागेको यस साहित्यिक कार्यक्रममा नेपालको संविधानको बहुभाषिक नीति अनुसार नेपाल भाषा लगायत नेपालको अन्य सबै नेपाली भाषाहरुमा लेखिएको रचनाहरुलाई स्थान दिईनेछ ।
नेपाल भाषा बाहेक अन्य भाषाको रचनाहरु यस महाकवि सिद्धिदास महाजु कार्यक्रम संयोजक संमितिले आवश्यक ठाने रचनाको भावानुबाद आयोजकको फेसबुक पेजको मेसेनजरमा इनबक्समा पठाउनु पर्ने छ ।
३) कुनै अपाच्य शब्द प्रयोग भएको वा कुनै धर्म संस्कार जाती भाषा ब्यक्ति बिशेषलाई आँच आउने खालको रचना समाबेश गरिने छैन । सो रेखदेख गर्ने पूर्ण अधिकार संयोजक समितिलाई हुनेछ ।
४) कार्यक्रमको दिन फस्ट कम फस्टको आधारमा रचनाहरु बाचन गर्न समय दिने छौ भने लक्षित गरिएको समय सिमा नाघेमा वाचन गर्न नभ्याईएका रचनाहरूलाई फेसबुकपेजमा प्रकासित गरिनेछ ।
५) साहित्यिक रचनाहरु बाचन गर्दा मोटामोटी ६ मिनेट सम्मको हुन पर्ने छ ।
६) सहभागीहरुलाई स-धन्यबाद सहित सम्मान पत्र प्रदान गरिनेछ, सुभाय ।


