महामारीका कारण लगानी खुम्चिँदा बैंकहरुमा तरलता १ खर्ब नाघ्यो
कोरोना भाइरसको महामारी र लकडाउनको असरले लगानीयोग्य रकम बैंकमै थुपि्रएको छ । उद्योगी व्यवसायीले व्यापार विस्तारका लागि ऋण माग्नुको साटो आफूसाग भएको रकम पनि बैंकमै जम्मा गर्न थालेका छन् । जसका कारण एक खर्ब रुपैयााभन्दा बढी रकम अधिक तरलताका रुपमा थुपि्रएको छ ।
आर्थिक गतिविधि शिथिल भएपछि सरकारले करिब तीन महिना लामो लकडाउन खुकुलो बनाएको त छ, तर उद्योगी व्यवसायी उत्साहित छैनन् । व्यापार विस्तारका लागि जेठ असार उपयुक्त समय मानिने गरेपनि अहिले ऋणको माग छैन ।
महामारी फैलिएकाले उद्योगी व्यापारीले आफूसाग भएको रकम पनि बैंकमै जम्मा गरिरहेका छन् । असार लागेयता मात्र बैंकमा ३८ अर्ब तरलता बढेको छ । तरलता जेठ मसान्तमा ६५ अर्ब रहेकामा बढेर १ खर्ब ३ अर्ब रुपैयाा पुगिसकेको छ । ऋणको माग नभएकाले बैंकहरुबीच हुने कारोबार अर्थात अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल ओर्लिएको छ ।
जबकि गत वर्ष यहि समयमा यस्तो ब्याजदर ४ प्रतिशत हाराहारी थियो । ऋण प्रवाह नभएकाले ब्याज आम्दानी खुम्चिइ मुनाफा घट्ने भय बैंक व्यवस्थापनमा छ ।गत महिना नेपाल राष्ट्र बैंकले अधिक तरलता हुन नदिन २० अर्ब खिचेको थियो । साथै सरकारले चैत मसान्तयता एक खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको छ ।
यसका बाबजुद सरकारी खर्चमा भएको वृद्धि र खर्च गर्ने ठाउा सााघुरिएकाले विप्रेषणबापत आएको रकम पनि निक्षेपका रुपमा बैंकमै जम्मा भएको छ । बैंकमा अहिले व्यवसाय विस्तारका लागि भन्दा टिकाउनका लागि घरजग्गा धितो राखेर ऋण निकाल्नेहरु मात्र छन् । अधिक तरलता भए पनि राष्ट्र बैंक तत्काल तरलता प्रशोचन गर्ने पक्षमा छैन । वातावरण नराम्रोसाग बिगि्रएको संकेत पनि हो ।
उद्योग धन्दा र व्यापार व्यवसाय फस्टाउन नसके त्यसको असर आर्थिक वृद्धिमा पनि पर्छ । यही अवस्था कायम रहे आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्यमै धक्का पुग्ने निश्चित छ ।
रेमिट्यान्स घट्दैन : अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय श्रम बजार खोलिँदै गएकाले विदेश जान इच्छुक युवालाई प्रोत्साहित गरिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रम बजार पनि खोलिँदै गएकाले रेमिट्यान्समा खासै असर नगर्ने मन्त्री खतिवडाले बताए ।
‘हामीलाई लकडाउनपछि अन्तर्राष्ट्रिय श्रम बजार के होला ? विप्रेषणको स्थिति के होला ? विप्रेषण आएन भने बैंकिङ क्षेत्रको तरलता के होला ? र विदेशी मुद्रा सञ्चितिको स्थिति के होला भन्ने चिन्त थियो,’ नेपाल उद्योग परिसंघको १७औं वार्षिक साधारण सभामा सोमबार उनले भने, ‘अहिले क्रमशः अन्तर्राष्ट्रिय श्रम बजार पनि खोलिँदै गएका छन्, युवा पनि विदेश जान इच्छुक छन्, हामी उनीहरूलाई अझै प्रोत्साहन गर्छौं, रेमिट्यान्समा खासै असर गर्दैन ।’
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आर्थिक वृद्धि संकुचित भए पनि खुकुलो बनेसँगै आर्थिक गतिविधि बढ्न थालेकाले ठूलो समस्या नआउने तर्क गरे । ‘बाहिरबाट जति युवा फर्केलान् भनेर सोचेका थियौं त्यस्तो भएन, फर्किनेको संख्या कम हुँदै गएको छ, नेपालका श्रम बजारहरू कोरोनाविरूद्ध सुरक्षित हुन थालेका छन्, अहिले पनि औसतभन्दा बढी नै रेमिट्यान्स प्राप्त भइरहेको छ, यसको राम्रो असर बैंकिङ क्षेत्रमा परेको छ, तरलतामा परेको छ,’ अर्थमन्त्रीले भने ।
लकडाउन खुकुलो पारेसँगै अर्थतन्त्रले ८० प्रतिशत लय समातेको उनले बताए । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि सहज हुने उनको दाबी छ । – न्युजकारोबारबाट

