इजरायल। संयुक्त राष्ट्र संघको एक आधिकारिक कारमा एक जोडीले यौ’न सम्बन्ध गरिरहेको भिडियो बाहिरिएपछि तनाव सिर्जना भएको छ । संयुक्त राष्ट्र संघले घटना आपत्तिजनक रहेको भन्दै गम्भीर छानबिन भइरहेको जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको त्यो भिडियो १८ सेकेन्डको छ । भिडियोमा संयुक्त राष्ट्र संघको कारको पछाडिपट्टिको सिटमा रातो लुगा लगाएकी महिलासँग एक पुरुषले यौ’न सम्बन्ध राखिरहेका छन् ।
यो से’क्स भिडियो इजरायलको तेल अविवको समुद्री किनारमा खिचिएको त्यसमा देखिने दृश्यबाट बुझिन्छ । भिडियोमा यौ’नरत मानिस पहिचान गर्ने प्रयास भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ । संघले भनेको छः यौ’न भिडियोमा देखिएका व्यक्ति इजरायल शान्ति रक्षक दलका सदस्य हुन सक्छन्।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरसका प्रवक्ता स्टिफन डुजारिकले १८ सेकेन्डको त्यो भिडियोलाई ‘बी’भ’त्स’ को संज्ञा दिएका छन् । ‘यदि ती मानिस संयुक्त राष्ट्र संघकै सदस्य रहेछन् भने हामी जुन दु’र्व्यवहारविरुद्ध लडिरहेका छौं, त्यसको कुनै अर्थ हुने छैन र सबै हामीविरुद्ध हुनेछ।’
त्यो यौ’न सम्बन्ध दुवैको सहमति भएको हो वा पैसा लेदनमा भन्ने प्रश्नको जवाफमा प्रवक्ता डुजारिकले यसबारे अहिले अनुसन्धान जारी रहेको बताए।
आफ्ना कर्मचारीको व्यवहार÷आचरणका विषयमा संयुक्त राष्ट्र संघले कडा नीति अवलम्बन गरेको छ । नियम उल्लंघन गर्ने कर्मचारीलाई उसले अनुशानसको कारबाही गर्ने गरेको छ। प्रवक्ता डुजारिकले भनेका छन्, ‘यस घटनाको अनुसन्धान द्रुत गतिमा भइरहेको छ र दोषीलाई कडा कारबाही गरिने बीबीसीले जनाएकाे छ ।
यसै साताको सुरुवातमा राष्ट्रसंघले यस भिडियोबारे जानकारी पाएको थियो र त्यतिबेला यो भिडियो कहाँ खिचिएको हो भन्ने विषय आफुलाई थाहा भएको जानकारी राष्ट्रसंघले दिएको थियो । ट्वीट प्रयोगकर्ताहरुले यस भिडियो हेरेपछि आफ्नो निराशा पोखेका छन् । त्यसमध्ये एक जनाले लेखेका छन्, ‘किन म आश्चर्यमा छैन ?’
यो भिडियो पोस्ट गर्ने क्यानेडेली महिला म्याटी मर्था (ट्वीटर प्रोफाइलमा उल्लेख भएअनुसार जो संयुक्त राष्ट्रसंघकी प्रो–फेमिली प्रतिनिधि’ हुन् ) । उनले यस भिडियोबारे ट्वीटमा लेखेकी छिन्, ‘म तपाई समक्ष प्रस्तुत गर्छु…..द यूएन ।’ यस भिडियो क्लिपबारे अर्का प्रयोगकर्ताको प्रतिक्रिया छ, ‘ठूलो आश्चर्य होइन, हो र ?’
मेर्थाले प्रतिक्रिया दिएकी छिन्– ‘होइन । मैले यूएनको जागिर छाडेका व्यक्तिहरुबाट जे कथा सुनेको छु, त्यसो तुलनामा यो केवल बिचरो अवस्था थियो ।’ आफ्ना कर्मचारीबाट हुने यौ’न दु’व्र्यवहारविरुद्ध संयुक्त राष्ट्रको नीति कडा भएपनि, नियम उल्लङ्घनको घटनाका कारण पछिल्ला वर्षहरुमा यस संस्थाको ठूलो आलोचना भएको छ ।
गत डिसेम्बरमा एक रिपोर्टले संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति कायम गर्न खटिएकाहरुसँगको स’हवासमार्फत हैटीका महिलाले सयौं शिशु जन्मएको र त्यसपछि युवा आमाहरुसँग उनीहरुको सम्बन्ध वि’च्छेद भएको दाबी गरेको थियो । ती शिशुहरु जन्मिएपछि युवा आमाहरुलाई गरिबीमै छाडिएको टाइम्समा प्रकाशित रिपोर्टमा उल्लेख थियो ।
उरुग्वे, चिली, अर्जेन्टिना, क्यानेडा, फ्रान्सलगायत झन्डै १२ विभिन्न देशका सैनिकहरुले स्थानीय महिलालाई ग’र्भवती बनाएको रिपोर्टमा उल्लेख थियो । सहयोगका लागि खटिएका कामदारले एक दशक पहिलेदेखि शरणार्थीहरुलाई यौ’न सम्पर्कको साटो खानाको प्रस्ताव राखेको विषयमा पनि राष्ट्रसंघ जानकार रहेको समेत खुलासा भएको थियो ।
पश्चिम अफ्रिकी शरणार्थी शिविरहरुमा हुने ‘खानाका लागि यौ’न’ बारेको ८४ पृष्ठ लामो रिपोर्ट तयार गरेर २००२ मै संयुक्त राष्ट्रसंघलाई बुझाइएको थियो, तर त्यो कहिल्यै प्रकाशित भएन । यस रिपोर्टले ४० भन्दा बढी सहयोगी संस्थाका कामदार (जसमध्ये सेभ द चिल्ड्रेन र मेडिसिन्स सान्स फ्रन्टियर्ससहितका १५ वटा प्रमुख अन्तर्राष्ट्रिय च्यारिटी)ले युवा शरणार्थीहरुलाई यौ’न द’मन गरेको दाबी गरेको थियो ।

