कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम ईजरायल र साईप्रसबाट नेपाल फर्कनेहरुको संख्या ४९९ जना रहेको नेपाली दुतावास तेल अविवले जारी गरेको सूचनामा जनाएको छ ।
यही जुन (JUNE) २९ र ३० तारिखको दिन नेपाल एअरलाइन्सको फ्लाइटबाट स्वदेश फर्किने छन । फर्किने सूचीमा नाम प्रकाशित भएकाहरुले नेपालस्थित आफ्ना आफन्तमार्फत् हवाई टिकट काट्ने व्यवस्था गर्न पनि भनिएको छ ।
नेपाल फर्किनु पुरा गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गर्नको लागि ४९९ जनालाई नै राजदुवासले एक सुचना मार्फत ति तयारी पुरा गर्न अपिल गरेको छ ।
अन्तर्राष्ट्रिय हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडान गर्नु अघि बढीमा ७ दिन अगाडि परीक्षण भएको कोभिड संक्रमण मुक्त प्रमाण (पी. सी. आर. वा आर. डि. टी. परीक्षण रिपोर्ट ) साथमा ल्याउनु पर्नेछ र उक्त टेस्टको ब्यबस्था सकेसम्म आफै गर्न अनुरोध गरेको छ ।
-नेपाली राजदूतावास इजरायलले जारी गरेको सार्वजनिक सूचनाको मुख्य बुँदाहरु!
कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम ईजरायल र साईप्रसबाट नेपाल फर्कन लाग्नुभएका नेपालीहरुलाई निम्न जानकारी गराउने उद्देश्यले यो सूचना प्रकाशित गरिएको छ-
१) यस अघि जुन २० र जुन २५ का लागि तय भएका उडानहरु तयारीका लागि समय थप गर्नुपर्ने नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै जुन २९ र जुन ३० का लागि हुने निश्चित भएको छ। ईजरायल र साईप्रसका लागि संयुक्त उडान जुन २९ मा हुनेछ। नेपाल एअरलाइन्सको यस उडानमार्फत् ईजरायलबाट ६७ जना र साईप्रसबाट १९३ जना गरी २६० जना नेपालीहरु फर्कनुहुनेछ। उक्त उडान ईजरायलबाट साईप्रस हुँदै साईप्रसबाट नेपाल जानेछ (संलग्न सूची-१ मा नाम भएकाहरुले आवश्यक तयारी गर्नुहोला)।
२) त्यसैगरी, दोश्रो उडान जुन ३० मा नेपाल-साईप्रस बीच सीधा उडान हुनेछ। नेपाल एअरलाइन्सकै यस उडानमार्फत् साईप्रसबाट २३९ को संख्यामा नेपालीहरु स्वदेश फर्कनुहुनेछ। (संलग्न सूची-२ मा नाम भएकाहरुले आवश्यक तयारी गर्नुहोला)।
३) साईप्रसका लागि ६४० युरो भाडादर तोकिएको छ। (ईजरायलका लागि निर्धारण हुन बाँकी –प्राप्त हुनासाथ सूचित गरिनेछ)। सूचीमा नाम प्रकाशित भएकाहरुले नेपालस्थित आफ्ना आफन्तमार्फत् हवाई टिकट काट्ने व्यवस्था मिलाउनुहोला। नेपाल एअरलाइन्सका सम्बन्धित व्यक्तिहरुको नाम तथा सम्पर्क नं तल उल्लेख गरिएको छः
शिशिर ज्ञवाली, फोन नः ९८५११२३०५८
टंकनिधि दाहाल, फोन नः ९८५१२५३२९५
सेल्सः ०१-४२४८६१७, ४२४८६२५, ४२४४०५५,
४) अन्तर्राष्ट्रिय हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडान गर्नु अघि बढीमा ७ दिन अगाडि परीक्षण भएको कोभिडसंक्रमण मुक्त प्रमाण रिपोर्ट साथमा राख्नुहोला। साईप्रसको परराष्ट्र मन्त्रालयबाट प्राप्त जानकारी अनुसार साईप्रस सरकारले मान्यता प्रदान गरेका स्वास्थ्य संस्थाहरुमा ६० देखि ११० युरो तिरेर परीक्षण गर्न सकिनेछ (सूची संलग्न छ)।
नोटः फर्कनैपर्ने अवस्थाका कोही छुट्नुभएको हुनसक्छ उडान हुनुभन्दा १ हप्ता अगाडि सम्म दूतावासमा त्यस बारेमा जानकारी आएमा समेट्न प्रयास गरिनेछ।
हस्तलिखित राहदानी भएको, राहदानी हराई/च्यातिई/कोरिई प्रयोग गर्न नसक्ने भएको खण्डमा यात्रा अनुमतिपत्रका लागि दूतावासमा सम्पर्क गर्नुहोला।
थप जानकारी वा कुनै जिज्ञासाका लागि दूतावासमा सम्पर्क गर्नुहोला।
टेलिफोन/ईमेलः ०३-५१००१११
अर्जुन घिमिरे -फोन/WhatsApp/Viber: ०५२८२८९३००
प्रदीप सागर गिरी -फोन/WhatsApp/Viber: ०५४३३०६०७०
पुरा जानकारीको लागि तलको सुचना पढ्नुहोस

