कोरोनाविरूद्ध सामाजिक संजाल मार्फत जनचेतना फैलाउँदै आएका जनस्वास्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले विदेशमा रहेका नेपालीहरुलाई कोरोनाबाट बचनको लागि निम्नलिखित उपाय अपनाउन सुझाव दिएका हुन् ।
अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ । झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ । धेरै नेपाली आइसीयु र भेन्टिलेटरमा हुनुहुन्छ । यो परिदृश्यबाट हामी नेपालीको मन रोएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि तथा कोरोना संक्रमणबाट गम्भीर अवस्था नआओस भन्नको लागि आदरणीय नेपाली बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न उपाय अबलम्बन गर्न अनुरोध गर्दछु ।
१-जीवनरक्षा भन्दा महत्वपूर्ण वृत्ति अरु केहि छैन । तसर्थ यो महामारीमा काम छुटेपनि, कमाई छुटेपनि, फाइदा छुटेपनि कृपया घरभित्र सुरक्षित रुपमा बस्नुहोला । माहुरीले फूल नफुल्ने मौसमको लागि मह स्टोर गरेजस्तै हामीले अहिलेसम्म कमाएको खाएर भएपनि तथा लोन लिएर भएपनि घरमै बस्नुहोला । सपिंग धेरै दिनको लागि गर्ने, त्यसलाई संक्रमणरहित बनाउने तथा बाहिर गइरहने अवस्था सिर्जना नगर्नुहोला ।
२-रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि तथा जीवन बचाउनको लागि बैज्ञानिक रुपमा प्रमाणित निम्न लिखित सप्लिमेन्ट सेवन गर्नुहोला । यसका बैज्ञानिक र प्रमाणित आधार धेरै छन्, ती यहाँ प्रस्तुत गर्दा लेख लामो हुने भएकोले कन्टेन्ट मात्र उल्लेख गरेको छु ।

-( माथिका सप्लिमेन्टहरु डिपार्टमेन्टल स्टोर वा फार्मेसीमा बिना प्रेस्क्रिप्सन किन्न पाइन्छ । )
-रातमा ८ घण्टा सुत्ने, ब्यायाम गर्ने, योग तथा ध्यान गर्ने, तनाब ब्यबस्थापन गर्ने, चुरोट तथा रक्सी नखाने, पोषिलो खाना खाने, खानामा नेपाली मरमसलाको अत्यधिक उपयोग गर्ने, आफ्ना पुराना औषधि नछोड्ने, सामाजिक दुरी / पारिवारिक दुरी कायम गर्ने तथा सरसफाईमा ध्यान दिने गर्दा यो आतंककारी कोरोना भाइरससंग लड्न हामीभित्रको सिपाही क्षमतावान हुन्छ । कोरोना महामारी आयुको हिसाबले बृद्ध भएको छ । तसर्थ उच्च आत्मबल, धैर्यता, संयम र सजगता अपनाएर आफ्नो मानसिक स्वास्थ्यको समेत ख्याल गर्नुहुन अनुरोध गर्दछु ।
कोरोना संक्रमण निको भएपछि किन पोजिटिभ देखिन्छ ?
सनसिटी अपार्टमेन्टका ५८ बर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ पुरुषमा फलो अप जाँचको क्रममा कोरोना संक्रमण पुन : पोजिटिभ देखिएको छ । यसबाट आम नागरिकमा अन्योलता देखिएको छ । यस्ता केस अमेरिका, कोरिया, चीन लगायत धेरै देशमा देखिएका छन् । यसका कारण देहाय बहोजिम छन् ।
-संक्रमणबाट निको हुने क्रममा वा निको भएको केहि समयमा भाइरस लिट्टर अर्थात निस्क्रिय भाइरसका कण र मृत कोष खोक्दा फोक्सोबाट घांटीमा निस्किन्छन् । जब कोरोना संक्रमण जांच गर्नको लागि घांटीभित्रबाट स्याम्पल लिइन्छ, ती मृत कोष देखिन्छन् । PCR टेस्ट संबेदनशील परिक्षण हो । त्यसमा मृत कोष वा निस्क्रिय भाइरसका टुक्रालाई पनि पोजिटिभ देखाउन सक्छ । त्यो टेस्टमा देखिएपनि अरु व्यक्तिलाई सर्दैन ।
-परिक्षणमा त्रुटी भएमा, परिक्षणमा प्रयोग भएका रसायनको गुणस्तर राम्रो नभएमा ती रसायनले भाइरसलाई चिन्न नसकिने बनाउन सक्छन् ।
-CDC कोरियाका निर्देशक जियांग ईन-क्योंगले भनेका छन् कि बिरामीहरू पुनः संक्रमित हुनुको सट्टा भाइरस “पुनः सक्रिय” भएको हुन सक्छ।
-फ्लोरिडा कलेज अफ मेडिसिनका प्राध्यापक इमेरेटस रिचर्ड कोन्डिट भन्छन्- “धेरै व्यक्तिहरूले के बुझ्दैनन् कि पीसीआरले केवल भाइरसको आनुवंशिक सामग्रीको परीक्षण गर्दछ र यो सक्रिय भाइरसको लागि मात्र होइन ” ।
-कोरियामा निको भएका २.१ % मा केहि हप्तापछि कोरोना संक्रमण पोजिटिभ देखिएको KCDC ले जनाएको छ । त्यस्तै चीनमा ५ – १० % मा निको भएको केहि हप्ता पछि पोजिटिभ
-ती मध्ये ४४ % मा सामान्य लक्षण देखिन्छन् ।
-परिक्षणको लागि प्रयोग हुने केमिकल, प्राबिधिकको क्षमता आदिले पनि रिपोर्टमा फरक पार्न सक्छ ।
-कोरोना परिक्षणमा प्रशस्तै फल्स पोजिटिभ र फल्स नेगेटिभ रिपोर्ट आउँछ । कहिलेकाहीं स्वास्थ्यकर्मीले बिरामीबाट पर्याप्त स्याम्पल लिएका हुँदैनन् । स्याम्पलको संकलन, सुरक्षण, परिवहन र परिक्षणमा बिशेष मेहेनत नगर्ने हो भने गलत रिपोर्ट आउन सक्छ ।
-पोजिटिभ देखिए पनि खतरा हुँदैन र अरुलाई सर्दैन ।
तसर्थ निको भएका बिरामीमा पुन: पोजिटिभ देखिएमा बिरामीलाई पनि खतरा हुँदैन र ती संक्रमितबाट अन्य व्यक्तिलाई पनि रोग सर्दैन ।

