लकडाउनको कारण दवाई नपाएपछि – हिमोफिलिया पिडित पुष्पलाल तामाङले स्वास्थ्यमन्त्रीको नाममा लेखे मार्मिक र हृ-दय बिदारक पत्र!
जन्मजात हिमोफिलियाबाट पिडित धनकुटा – १ हिलेका ४४ बर्षिय पुष्पलाल तामाङले बिगत १० दिन देखि लकडाउनको कारण दवाई नपाएको द-र्दनाक पि’डा देखाउदै आफ्नो र आफु जस्ता हिमोफिलिया पिडितको जीवन रक्षाको पहल गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नाममा एक पत्र लेखाएका छन्। जसलाई भिमा खतिवडाले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी छिन ।
पत्रमा पिडित तामाङ भन्छन् – “म विगत १० दिन देखि मेरो पिसाबबाट र’क्तश्रा’व भई ओछ्यान परेको छु । दि’सा पि’साब ओछ्यानमै छ। म हिमोफिलियाको कारण शरीरको आन्तरिक र’क्तश्रा’वको पीडाले छट्पटाई रहेको छु। मेरा हातखुट्टा चल्न सक्ने अवस्थामा छैनन्। सुन्निएर मोटाएका छन्। त्यसैले यो पत्र समेत छिमेकी भाइलाई लेख्न लगाउँदै छु।”
पत्रको अघिल्लो लाइन नै तामाङले आफ्नो पिडा यसरी लेखाएका छन् – “कृपया अलिकति समय निकालेर सुनिदिनु होस् है! मन्त्री ज्यू, म अहिले मेरै घर धनकुटामा ओछ्यानमा चि’च्याउँदै , रुँ’दै कराउँदै भगवानसँग बिलौना गर्दै, हजुर र देशलाई समेत गा’ली गर्दै , स’राप्दै बाँच्न विवश छु। मलाई क्षमा गरिदिनु होला, मैले हजुरलाई गा’ली गर्नु मेरो बाध्यता हो जुन बाध्यता म हजुरलाई सुनाउँछु।”
हेमोफेलिया पिडित पुष्पलाल तामाङको मार्मिक र हृ’दय बिदारक चिट्ठी जस्ताको तस्तै हामीले भिमा खतिवडाको फेसबुकबाट लिएका छौ ।
माननीय स्वास्थ्य मन्त्री ज्यू नमस्कार,
म पुष्पलाल तामाङ, धनकुटा -१ हिले बजारबाट करिब १ घण्टाको दूरीमा मेरो घर रहेको छ। हिँड्न सक्नेहरु त अलि छिटो नै पुग्छन्। म अहिले ४४ वर्षको भएँ। म जन्मजात हिमोफिलियाको बिरामी हुँ । हिमोफिलिया कै कारणले म अत्यन्त शारीरिक पीडा भोग्दै छ’टपट्टी मा बाँचिरहेको छु । म यहाँ हेमोफिलिया के हो भन्ने बारेमा उल्लेख गर्दैन किनकी स्वास्थ्य मन्त्रालयलाई यस रोगको बारेमा जानकारी होला भन्ने मैले विश्वास गरेको छु र हजुर स्वास्थ्य मन्त्री भएकोले यसबारे जानकारी लिनु नै भएकै होला ।
शब्दमा खेल्न सक्नेहरु ले त आफ्नो पीडाको बारेमा धेरै लामो साहित्य नै लेखलान् तर म धेरै कुरा वर्णन गर्न सक्दिन/जान्दिन खाली हजुरलाई मेरो शा’रीरिक अवस्था र हाल मैले भोगिरहेको पीडा सुनाउँछु।
कृपया अलिकति समय निकालेर सुनिदिनु होस् है! मन्त्री ज्यू, म अहिले मेरै घर धनकुटामा ओछ्यानमा चि’च्याउँदै , रुँ’दै क’राउँदै भगवानसँग बिलौना गर्दै, हजुर र देशलाई समेत गा’ली गर्दै , स’राप्दै बाँच्न विवश छु। मलाई क्षमा गरिदिनु होला, मैले हजुरलाई गा’ली गर्नु मेरो बाध्यता हो जुन बाध्यता म हजुरलाई सुनाउँछु।

पुष्पलाल तामाङ, फोटो – भिमा खतिवडाको फेसबुकबाट
म हिमोफिलियाको कारण शरीरको आन्तरिक र’क्तश्रा’वको पीडाले छट्पटाई रहेको छु। मेरा हातखुट्टा चल्न सक्ने अवस्थामा छैनन्। सुन्निएर मोटाएका छन्। त्यसैले यो पत्र समेत छिमेकी भाइलाई लेख्न लगाउँदै छु। मेरा सबै पीडा सुन्ने अहिले हजुरलाई फुर्सद छैन किनकी हजुर कोरोनाविरुद्धको लडाईँमा हुनुहुन्छ त्यो मलाई थाहा छ तर म छोटकरीमा के भन्न चाहन्छु भने विगत १० दिन देखि मेरो पिसाबबाट र’क्तश्रा’व भई ओछ्यान परेको छु । दि’सा पिसाब ओछ्यानमै छ।
यो लकडाउनमा मैले औषधी पाएको छैन। काठमाडौंमा रहेको हेमोफिलिया सोसाइटीमा बुझ्दा औषधी नभएको जानकारी पाएं। त्यसपछि म रुँ’दै , कराउँदै पीडाले छटपटाउँदै बसेको छु। पिसाबबाट र’ग’त बगिनै रहेको छ। औषधि लगाउन पाएको छैन।
अवत मलाई बाँच्ने आशा नै मरिसकेको छ। म एकदम निराश छु। तर केही छैन सकुन्जेल दुखाइ सहौला र मरौंला तर म जस्तै हेमोफिक थुप्रै साथीहरु पनि औषधि नपाएर छट्पटाई रहनु भएको छ। यस्तो अवस्थामा म मरेपनि अरु साथीहरु औषधी नपाएर नमरुन्/उनीहरू मार्ने दिन नआओस् भनेर मैले हजुरलाई यो चिठ्ठी लेखेको हुँ।

भिमा खतिवडाको फेसबुकबाट
म चाहन्छु म त यसै मर्छु नै तर म जस्ता अरु साथीहरु छटपटाउँदै मैले जस्तै मृ’त्युलाई कुरेर बसिरहेका छन् । म हजुरलाई हृदयदेखि नै अनुरोध गर्छु ति साथीहरु बाँच्न चाहनुहुन्छ तर बाँच्नको लागि एन्टीहेमोफीलिक फ्याक्टर नामक औषधी लगाउनु पार्ने हुन्छ। त्यो औषधि चाँडो भन्दा चाँडो उपलब्ध गरी जीवन बचाई दिनुहोस्। मैले पनि बाँचेर म जस्ता साथीहरुको लागि केही गर्ने इच्छा थियो तर थाहा छैन त्यो अवस्था आउला /नआउला किनकी मेरो पुरै शरीर सुन्निएको छ।
पिसाबमा र’ग’त गइरहेको छ। औषधि छैन। अन्त्यमा, धेरै के लेखु , मन स्थिर छैन पीडाले शब्द निस्किरहेको छैन तर यति भन्छु मेरो जीवन त जाओस् केही छैन तर यो औषधी नपाउने हो भने साथीहरु म’र्ने छन् र ती साथीहरुको आत्माले हामी सबैलाई सराप्ने छ। त्यसैले जीवन बचाई दिनुहोस्: औषधी उपलब्ध गराई दिनुहोस् ।
उही
हेमोफिलिया बिरामी
पुष्पलाल तामाङ
धनकुटा।

