डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ– कोरोना संक्रमणले जसरी सम्पूर्ण विश्वलाई बन्धक बनाएको छ त्यसरी नै कोरोना भाइरसको चक्रबाट विश्वलाई मुक्त बनाउन जनस्वास्थ्यविद् , भाइरोलोजिस्ट, अनुसन्धानकर्मी तथा लाखौँ प्रयोगशाला लागि परेका छन् । सयौं ल्याबका खोप प्रि क्लिनिकल चरणमा छन् भने दर्जनौं ल्याबका खोप मान्छेमा क्लिनिकल ट्रायल गरिंदै छ । त्यस्तै औषधि उपचारमा एकरुपता ल्याउन बिश्व स्वास्थ्य संगठनले Promising drugs for Covid-19 को Listing गरेको छ । आशा छ, विश्वको सामुहिक प्रयत्नले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्नेछ । यो लेखमा केहि आशाका किरणहरु बुँदागत रुपमा उल्लेख गरिएको छ ।
– लकडाउन र सामाजिक दुरी बिभिन्न देशमा कोरोना नियन्त्रणको लागि अचुक अस्त्र बनेको छ । हामील सुरक्षित उपायका उपायमा अभ्यस्त भइरहेका छौं । जस्तै: हात नमिलाउने, ह्याण्ड स्यानिटाइजरले हात सफा गर्ने, साबुनपानीले हात धुने, मुहारमा नछुने, खोक्दा तथा छ्युं गर्दा कुहिनामा गर्ने आदि । जसले संक्रमणको चेन तोड्न ठूलो मद्दत गरेको छ ।
– जापानी इन्फ्लुएन्जा, स्वाइन फ्लु, इबोला, मलेरिया, एचाइभी / एड्स, निमोनिया आदि रोगमा प्रयोग भएका बिभिन्न औषधि कोरोना संक्रमणमा प्रभावकारी देखिएका छन् ।
– परिक्षण, क्वारेन्टाइन र आइसोलेसनले गर्दा कोरोना संक्रमणबाट सिकिस्त हुने बिरामी २० % बाट घटेर ४ % मा आएका छन् ।
– कोरोना संक्रमणबाट निको भएका व्यक्तिको plasma संक्रमितमा चढाएर ( plasma Transfusion ) कोभिड – १९ लाई परास्त गर्ने विधिको अनुसन्धान भइरहेको छ ।
– विश्व स्वास्थ्य संगठनले The four most promising therapies भनेर एन्टीभाइरल कम्पाउण्ड Remdesivir, एन्टी मलेरियल औषधि chloroquine तथा hydroxychloroquine र एचाइभी एड्समा प्रयोग भएका दुई औषधिको Combination lopinavir र ritonavir तथा interferon-beta, an immune system messenger जसले भाइरसलाई प्यारालाइज गर्छ, यी ४ औषधिलाई हालसाल कोभिड-१९ मा प्रभावकारी बताएको छ ।
– Anti-Tuberculosis therapy , BCG Vaccine, IV antibiotics पनि कोरोना संक्रमणजनित निमोनियामा बिभिन्न देशमा प्रभावकारी देखिएका छन् ।
– रोग प्रतिरोध क्षमता बढाउने उपायबारे जनचेतना बढेको छ । मान्छेहरु आफ्नो क्षमता र उपलब्धता अनुसार पोषिलो खाना खाने, व्यायाम गर्ने, ८ घण्टाभन्दा धेरै सुत्ने, योग तथा ध्यान गर्ने, बिभिन्न हर्ब्स सेवन गर्ने लगायत गरिरहेका छन् । त्यस्तै भिटामिन सि, जिंक, ग्रिन टि, भिटामिन डी ३ लगायतका सप्लिमेन्टले कोरोना संक्रमण बिरुद्धको युद्ध सजिलो बनाएका छन् ।
– खोप आउन १८ महिना लाग्छ भनेकोमा अमेरिकाको Pzfier कम्पनीले जर्मनीसंगको सहकार्यमा ६ महिनामा करोडौंको मात्रामा mRNA vaccine designed to induce immunity and prevent COVID-19 infection खोप निर्माण गर्ने अभियानमा लागेको छ । त्यस्तै Oxford University को Sarah Gilbert, not the one on Rosanne but a professor of vaccinology ले सेप्टेम्बरसम्म खोप ल्याउने ८० % विश्वस्त रहेको बताएको छ । खोपको अनुसन्धान दर्जनौं देशका हजारौं प्रयोगशालामा भइरहेको छ । खोप निर्माणमा एक किसिमको प्रतिष्पर्धा नै भइरहेको छ ।
– संक्रमण ब्यापक भएका क्षेत्रका नागरिकमा तथा अन्य संक्रमित व्यक्तिमा हर्ड इम्युनिटी बिकास हुने भएकोले उनीहरु निस्फिक्री काममा जानेछन । छिटो वा ढिलो यो भाइरससंग हामी जम्काभेट भएर यसलाई परास्त गर्नु नै छ: खोपको रुपमा, हर्ड इम्युनिटीको रुपमा वा संक्रमणको रुपमा ।
– चीनले आफ्नो परम्परागत चिकित्सा प्रणालीबाट धेरै संक्रमित लाभान्वित भएको बताएको छ । भारतको आयुष मन्त्रालयले बिभिन्न जडिबुटीमा अनुसन्धान गरिरहेको छ । त्यस्तै बिभिन्न देशका आफ्ना परम्परागत चिकित्सा प्रणालीमा अनुसन्धान भइरहेको छ । यो अनुसन्धानलाई क्लिनिकल ट्रयालको तथ्यसहित गाइडलाइन आउनेछ ।
रुघाखोकी लागेमा वा कोरोनाको शंका लागेमा के गर्ने ?
विश्वका २१० देशमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले अरबौं मान्छेलाई त्राहिमाम बनाएको छ । कसैलाई ज्वरो आयो, खोकी लाग्यो वा घांटी दुख्यो भने पनि कोरोना लाग्यो कि भनेर आम नागरिक डराएको स्थिति छ । एकातर्फ लकडाउनको कारण अस्पताल जान गाह्रो छ भने अर्कोतर्फ अधिकांश निजि स्वास्थ्य संस्था बन्दप्राय छन् । सबैको आम्दानी घटेको छ । तसर्थ यस्तो अवस्थामा आफु सजग भएर आफ्नो उपचार आफै गर्नु राम्रो बिकल्प हो । केहि घरेलु बिधिहरु छन् जसले हामीलाई रुघाखोकी तथा कोरोना संक्रमणबाट पनि फाइदा गर्छन ।
जसरी घर बालबालिकाको पहिलो पाठशाला हो भने हाम्रो घर बिरामीको लागि पहिलो अस्पताल हो । रुघाखोकी लागेमा तथा ‘ शंका कोरोना ‘ लागेमा तलका उपायहरुले इम्युनिटी पावर वृद्धि गर्नेछन् ।
– घरभित्र आराम गर्ने । यसले रुघाखोकी निको गराउनुको साथै शरीरमा कमजोरी हुन पाउंदैन । आराम गर्ने कोठामा हावाको ओहोरदोहोर राम्रो हुनुपर्दछ । स्वाश्प्रश्वासको अभ्यास तथा प्राणायामले शरीरका अंगअंगमा प्रचुर अक्सिजन पुर्याउँछ ।
– तातोपानीले नुहाउँदा शरीरमा स्फुर्ति, ताजगी तथा बाहिरी शरीरमा रहेका किटाणुको डर हुँदैन ।
– भिटामिन सि को नियमित सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– गुलियो, चिल्लो तथा चिसो पेय सेवन नगर्ने । हरियो सागसब्जी तथा अमिलो फलफुल सेवन गर्ने । मनतातो पानी, सुप, दाल तथा गेडागुडीका रस प्रशस्त खाने ।
– सकभर एन्टिबायोटिक नखाने । रुघाखोकी भाइरसबाट हुने हो । एन्टिबायोटिकले ब्याक्टेरिया मार्ने हो । द्वितीय संक्रमण नभएसम्म एन्टिबायोटिक खाँदा बेफाइदा गर्छ । लसुन, प्याज, अदुवा, बेसार तथा कागती पानी धेरै लाभदायक हुन्छ ।
– हात, खुट्टा, घांटी तथा कानमा न्यानो कपडाले छोप्ने । हातखुट्टामा तापक्रम घटेमा नाक वरिपरी रक्तसंचार घट्छ । चिसो तथा रक्तसंचार कम भएको ठाउँ भाइरसको लागि उपयुक्त ठाउँ हो ।
– नियमित घाम ताप्नाले इम्युनिटी पावर बढाउँछ । भिटामिन डी प्राप्त हुन्छ । न्यानोले रुघाखोकी निको हुन्छ, जिउ दुखेको सन्चो हुन्छ अनि किटाणु मार्न सहयोग गर्दछ ।
– ज्वरो आफैमा रोग हैन । तसर्थ ज्वरो घटाउन गम्भीर बन्नुपर्दैन । हाम्रो शरीरले संक्रमणसंग लड्दा ज्वरो आउने हो । ज्वरोले जाडो भएको बेला आफुलाई न्यानो गराउनु पर्दछ । ज्वरो बढेर पसिना आएपछि तापक्रम घट्न थाल्छ । ज्वरो १०१ डिग्री से को आसपास पुग्यो भने पारासिटामोल खानुपर्दछ । १०० डिग्री से भन्दा कम तापक्रममा औषधि खानु हुँदैन ।
– रुघा लागेर नाक बन्द भएमा तातो पानी, चिया, पुदिना, अदुवा तथा बेसार, लसुन र प्याजको सुपले फाइदा हुन्छ । हल्का तातोपानीको बाफ लिंदा पनि फाइदा हुन्छ । न्याजल ड्रप वा नुन पानीको थोपा राखेर नाक खुलाउन सकिन्छ ।
– घांटी बसेमा मनतातो नुनपानीले कुल्ला गर्ने तथा भ्वाइस रेस्ट ( नबोल्ने ) गर्दा छिटो निको हुन्छ ।
– खोकी लागेमा मनतातो चियामा पुदिना वा अदुवा राखेर पिउने । हट लेमनमा मह मिसाएर पिउने । छाती न्यानो राख्ने गर्नुपर्दछ ।
– प्रोबायोटिकको सेवनले शरीरमा लाभदायक ब्याक्टेरिया वृद्धि गर्दछ ।
– मानसिक तनाब नलिने तथा आनन्द आउने गतिबिधि जस्तै गीत सुन्ने, उत्साह जगाउने स्पिच सुन्ने, आत्मबल बढाउने लेख पढ्ने गर्दा आत्मबल बढ्छ, इम्युनिटी पावर पनि बढ्छ ।
– ज्वरो धेरै बढेमा, घांटी दुखेमा, निल्न गाह्रो भएमा, घांटी अररो भएमा, कान दुखेमा, स्वर बसेमा, घ्यारघ्यार भएमा, खकार पहेंलो वा रक्तमिश्रित भएमा, खोकी बढेमा तथा गाह्रो भएमा स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नुपर्दछ ।
– रुघाखोकी लाग्दा अरुलाई नसरोस् भनेर खोक्दा, छ्युं गर्दा तथा कुराकानी गर्दा व्यक्तिगत दुरी कायम गर्नुपर्छ ।
– निको भएपनि केहि दिन पछिसम्म आराम गर्नुपर्छ । धुम्रपान तथा मध्यपान पटक्कै गर्नुहुँदैन ।
– प्रशस्त फलफुल तथा सागसब्जी खानाले आबश्यक पोषण प्राप्त हुन्छ ।
– नियमित हात धुने बानीले कोरोना संक्रमण, रुघाखोकी तथा अन्य सरुवा रोग सर्नबाट बचाउँछ ।
– नियमित ब्यायाम, योग तथा ध्यान गर्नाले शारीरिक तथा मानसिक अवस्था शक्तिशाली हुन्छ ।
– बेसार, अदुवा, लसुन, कागती, मह, घ्यु, गुर्जो, तुलसी, अमलाको नियमित प्रयोग गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
बिरामी भएर अस्पतालमा बस्नुभन्दा पोषिलो खाना, आराम, व्यायाम, घरेलु उपचार, योग, ध्यान, सरसफाई तथा सक्रिय जीवन बिताएर आफुलाई ठिक गर्नु सबैभन्दा राम्रो उपाय हो । यसको अर्थ हामी प्रकृतितर्फ फर्किनुको बिकल्प छैन ।

