काठमाडौं । एक समय महर्षि नारद वैकुण्ठ गइरहेका थिए, बाटोमा एक महिलासँग भेट भयो। ती महिलाले भनिन्, मुनिवर ! भगवानलाई यो सोधिदिनु होला कि मेरो घरमा सन्तान कहिले हुनेछ? नारदजीले भने, ठीक छ, सोध्ने छु । वैकुण्ठमा पुगेर नारदजीले भगवानलाई त्यो महिलाको सन्तानको बारेमा सोधे। भगवान नारायणले भन्नुभयो, त्यो महिलाको भाग्यमा सन्तान सुख छैन ।
फर्केर आउँदा नारदजीले त्यो महिलालाई भने- ‘भगवानले भन्नभयो तपाईंको भाग्यमा सन्तान सुख छैन रे।’ समय बित्यो। गाउँमा एक साधु आएर त्यो महिलाको घरका अगाडी धुनी जगाए। त्यहाँ उनले भने, ‘जसले मलाई भोजन गराउँने छ, म उसलाई सन्तान दिने छु ।’
साधुको कुरा सुनेर ती महिलाले चाँडो गरेर खाना पकाईन् अनि साधुलाई प्रेमसंग भोजन गराईन् । साधुले जे भनेका थिए उस्तै भयो, उनको घरमा एउटा छोराको जन्म भयो ।
केहि वर्षपछि नारदजी फेरि भ्रमण गर्दै त्यहाँ पुगे । तब ती महिलाले भनिन्, ‘मुनिवर! तपाईंले त भन्नुभएको थियो मेरो कुनै सन्तान हुँदैन, यो हेर्नुहोस्, मेरो छोरो राजकुमार ।’ ती महिलाले साधुको बारेमा पनि बताईन्।
नारदजीलाई यस कुराको खुल्दुली भयो। उनी यसको जवाफ खोज्न भगवान नारायणका वैकुण्ठधाम पुगे। त्यहाँ पुगेर भगवानलाई भने, ‘प्रभु! तपाईंले त भन्नुभएको थियो कि ती महिलाको कुनै सन्तान हुने छैन, तर उनको त एउटा छोरो जन्मेको छ।’
भगवानले भन्नुभयो, ‘आज मेरो स्वास्थ्य ठीक छैन, तपाईको प्रश्नको जवाफभन्दा पहिले मेरो निम्ति औषधिको प्रबन्ध गर्नुहोस् । नारदले भने, प्रभु, आज्ञा गर्नुहोस् । तब भगवानले भन्नभयो, तपाईले मृ’त्यूलोकमा गएर एक कचौरा र’गत लिएर आउनुहोस्।
नारदजी मृ’त्यलोकमा एउटा कचौरा लिएर कहिले यता, कहिले उता घुमिरहे, तर कहिं र’गत मिलेन । उल्टै मानिसहरूले उनको उपहास गर्दै भने, कहिं भगवान पनि बीमार हुन्छ ? घुम्दा-घुम्दा नारद त्यहि साधुकोमा पुगे जसले ती महिलालाई सन्तान हुने आशीर्वाद दिएका थिए।
साधुले नारदलाई चिन्थे, उनले भने, ‘अरे नारदजी! तपाईं यो जंगलमा यस समय के गरिरहनु भएको छ?’
नारदले भने, ‘प्रभुले मनुष्यको एक कचौरा रगत ल्याउनु भन्नुभएको छ।’
यो सुन्नासाथै साधुले भने, ‘प्रभुको लागि मेरो र’गत लानुहोस्।’साधुले आफ्नो शरीरबाट एक कचौरा र’गत दिए । र’गत लिएर वैकुण्ठमा पुगेपछि नारदले भने, ‘प्रभु, तपाईंको निम्ति मैले औषधि लिएर आएँ। ‘
भगवानले भन्नभयो, ‘यहि तपाईको सवालको जवाफ पनि हो । जुन साधुले मेरो लागि र’गत माग्दा तत्काल आफ्नो शरीरबाट यति खू’न दिएर पठाए, के त्यो साधुले आशीर्वाद दिदा म कसैलाई सन्तान दिन सक्तिन ? ती महिलालाई आशीर्वाद तपाईले पनि त दिन सक्नु हुनेथियो, तर दिनुभएन ।
र’गत त तपाईंको शरीरमा पनि थियो, तर दिनु भएन । मनुष्यको भाग्य केवल प्रारब्धद्वारा निर्मित हुँदैन, अपितु सद्कर्म र आशीर्वादद्वारा पनि प्रभावित हुन्छ।’

