इजरायलमा कोरोना भाइरसको संक्रमणले गर्दा २० जनाको मृत्यु भैसकेको छ । यहाँको स्थानीय समय अनुसार मंगलबार राति २२ बजेसम्म ५ हजार ३५८ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमा ९४ जना सिरियस अवस्थामा रहेका छन् ।
अस्ति सोमबारदेखि मंगलबारसम्म २४ घण्टा भित्रै ५ जनाको मृत्यु भएसंगै २० जना पुगेको हो । साथै २२४ जना कोरोना संक्रमित बिरामीहरु पूर्णरुपमा निको भएर घर फर्किएको इजरायली सरकारले जनाएको छ ।
इजरायल र साइप्रसमा रहेका नेपालीहरुलाई इमर्जेन्सी फारम भर्न नेपाली राजदूतावासको जरुरि सूचना
कोभिड-१९ (कोरोना भाइरस)को प्रकोपको बढ्दो महामारीलाई ध्यानमा राखेर इजरायल स्थिति नेपाली राजदुत डाक्टर अन्जान शाक्यले कोरोना क्राईसिसमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरणका लागि इजरायल र साइप्रसमा बस्ने नेपाली नागरिकहरुलाई अनिवार्य रुपमा इमर्जेन्सी अनलाइन फारम भर्न अपिल गर्नु भएको छ ।
नेपाली दुतावासले आफ्नो फेसबुक पेजमार्फत भिसा भएका वा नभएका जुनसुकै अवस्थामा ईजरायल तथा साईप्रसमा रहेकालाई यो फाराम भर्न आग्रह गरेको छ । साथै ईजरायलमा रहेका केहि नेपालीहरुले हेलचेक्राई गरेर ईन्सुरेन्स नगरेको जानकारी राजदुतावासमा आएकाले यथाशिघ्र ईन्सुरेन्स कम्पनीमा सम्पर्क गरी स्वास्थ्य इन्सुरेन्स गर्न पनि अपिल गरेको छ ।
राजदूत डा. शाक्यले इजरायलमा रहेका नेपाली संघ संस्थाहरुले विभिन्न चरणहरुमा गर्दै आइरहेका मानविय सहयोग कार्यहरुको मुक्त कण्ठले प्रशंसा गर्दै अहिलेको विसम परिस्थितीमा पनि नेपाली राजदूतावाससँग सहकार्य गरेर अगाडि वढ्ने अपेक्षा गरेको बताउनुभयो ।
इमर्जेन्सी अनलाइन फारम भर्न नेपाली राजदुतबास इजरायलले जारी गरेको सूचना यस्तो छ :-
अहिले विश्वभर Pandemic का रुपमा फैलिरहेको कोरोना भाईरसको बारेमा र यसका नकारात्मक प्रभावका बारेमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ । यस्तो अवस्थामा हाल ईजरायल तथा साईप्रसमा रहनु भएका सबै नेपालीहरुलाई परेका नकारात्मक प्रभावका बारेमा, समस्या समाधानका बारेमा र अब पर्ने समस्याहरुका लागि तयारी गर्न पनि सहयोग पुराउनका लागि सबै नेपालीहरुको विवरण आवश्यकता पर्दछ ।
दूतावासमा दुवै देशमा रहनुहुने नेपालीहरुको विवरण रहेको तर बिचमा आउने र क्यान्सेल भई नेपाल जाने क्रम रहेकोले विश्वसनीय जानकारि छैन ।
अत: यस कोरोना क्राईसिसमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरणका लागि दूतावासले दूवै देशमा बस्ने नेपाली नागरिकहरुको अनलाईन रजिस्ट्रेसन सुरु गरेको छ ।
त्यसैले तल दिएको लिङ्क खोलेर अनलाईन रजिष्ट्रेसन फाराम भरी दूतावासको यस अभियानमा साथ दिनुहोला ।
भिसा भएका वा नभएका जुनसुकै अवस्थामा ईजरायल तथा साईप्रसमा रहेकालाई यो फाराम भर्न आग्रह गर्न चाहन्छौै ।
ईजरायलमा रहनुभएका केहि नेपालीहरुले हेलचेक्राई गरेर ईन्सुरेन्स नगरेको जानकारीमा आएकाले यथाशिघ्र ईन्सुरेन्स कम्पनीमा सम्पर्क गरी बीमा गर्न पनि आग्रह गर्दछौं ।
यस्तो विषम परिस्थितिमा अनेकन समस्या आईपर्न सक्ने हुनाले एनआरएनए ईजरायल तथा साईप्रसलाई ति दुवै देशमा रहेका विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी प्रतिकुल अवस्थामा पर्ने जुनसुकै स्थितिका लागि तयार रहन आग्रह गर्दछौं ।
र, ईजरायल तथा साईप्रसस्थित विभिन्न संघसंस्थाहरु तथा मिडियाकर्मीहरुलाई यो सूचनालाई यी देशमा रहनुभएका सम्पूर्ण नेपाली समक्ष पुराउनुहुन र फाराम भर्न नजान्नेहरुलाई सिकाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
डा. अन्जान शाक्य
राजदूत तथा नेपाली राजदूतावास परिवार, तेल अबिब
(कोहि नछुटौं, कोहि नदोहोरियौं । )
(पुनश्च: ईजरायल तथा साईप्रसमा कार्यरत रहेर हाल बिदामा नेपाल गई कार्यरत देशमा फर्कन नपाएकाहरुले पनि यो फारम अनिवार्य भर्नुहोला र अन्तिममा हामीलाई केहि भन्न चाहनुहुन्छ भन्ने प्रश्नको उत्तरमा यसको जानकारी गराउनुहोला । )
अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहोस
ईजरायलमा रहनुभएका नेपालीहरुका लागि जानकारी
-ईजरायलमा Health Insurance विना स्वास्थ्य सेवा निकै महँगो हुने भएकाले Health Insurance अनिवार्यप्रायः छ।
– विदेशीहरुले विमा गर्दा निजी विमा कम्पनी मार्फत् गर्नुपर्ने हुन्छ। National Health Insurance ले ईजरायली नागरिकका लागि मात्रै विमा गर्ने गर्दछ।
-Harel, Menora, Ayalon जस्ता इजरायली निजी विमा कम्पनीहरुले Clalit, Leumit, Meuhedet जस्ता स्वास्थ्य कम्पनी मार्फत् सेवा दिइरहेका छन्।
-सामान्यतया रोजगारदाताले निजी विमा कम्पनीमा विमा गराई पैसा भुक्तान गर्ने गर्दछ। यदि कसैले साविकको काम छाडेर नयाँ रोजगारदातासँग काम गर्न थाल्नुभएको छ र भिसा बाँकी नै छ भने आफूले पैसा भुक्तान गरी पुरानै कम्पनीसँगको विमालाई निरन्तरता दिन सक्नुहुने छ।
-यदि तपाइँहरुको भिसाको म्याद गुज्रिसकेको छ भने Tourist को रुपमा स्वास्थ्य विमा गर्न पाउनु हुन्छ।
-यी विमा कम्पनीको नजिकको शाखामा आफैँले सम्पर्क गरेर, विमा एजेण्टमार्फत् वा Hakeren, Kav LaOved, Physicians for Human Rights जस्ता इजरायली NGO मार्फत् यी कम्पनीहरुलाई सम्पर्क गरी विमा गर्न सक्नु हुनेछ। (थप जानकारी आवश्यक परेमा दूतावासको hotline मा सम्पर्क गर्नुहोला।)
-ईजरायल सरकारले कोरोना संक्रमणको यो विशेष परिस्थितिमा आफ्ना नागरिक र विदेशी नागरिकलाई (भिसाको म्याद भएका/नभएका तथा विमा नभएका समेत) हस्पिटल तथा Magen David Adom (MDA) मार्फत् स्वास्थ्य उपचारको प्रतिबद्धता जनाएको छ। (MDA ईजरायलमा स्थापित विभिन्न पृष्ठभूमि धर्म वा सम्प्रदायका स्वयंसेवी व्यक्तिहरु सम्मिलित एक यस्तो संस्था हो जसले संकटको समयमा तत्काल प्रतिक्रिया जनाउने तथा जीवन बचाउने पवित्र कार्य गर्दछ)। त्यसैले कोरोना संक्रमणका सन्दर्भमा कुनै पनि legal status नभएकाहरुले विमा नभएकै तथा भिसाको म्याद सकिएकै कारण आत्तिनु पर्ने अवस्था देखिँदैन।
-यदि तपाइँलाई कोरोनाको कुनै शंका लागेको छ वा कुनै लक्षण देखिएको छ भने तुरुन्तै १०१ मा कल गरी जानकारी गराउनु होला वा तुरुन्त नजिकैको अस्पतालको ईमर्जेन्सीमा सम्पर्क गर्नुहोला। चेकजाँच गर्न आउने, होम आइसोलेसनमा बस्ने वा क्वारेन्टाइनमा पठाउने वा हस्पिटलमा राख्ने जस्ता विषयको निर्णय MDA ले गर्नेछ र सोही अनुसार प्रक्रिया अगाडि बढाउनेछ। यस क्रममा कुनै पनि खर्च व्यहोर्नुपर्ने छैन।
-यदि तपाइँहरुलाई होम आइसोलेसनमा बस्नुपर्ने भयो, रोजगारदाताको घरमा बस्न नमिल्ने, अपार्टमेन्ट धेरै जनाले शेयर गरेकाले तथा अन्य कारणले बस्न नमिल्ने अवस्था भए सो बारेमा पनि MDAको १०१ र स्वास्थ्य मन्त्रालयको *५४०० मा कल गर्नुहोला, उनीहरुले वैकल्पिक व्यवस्था गरिदिने जानकारी प्राप्त भएको छ।
-ईजरायलमा रहनुभएका नेपालीहरु (Legal status मा नभएका समेत) लाई हालको परिस्थितिमा ईजरायल सरकार वा दूतावाससँग नलुक्न/नछिप्न, नडराउन र अगाडि आउन दूतावास परिवार हार्दिक अपिल गर्दछौं। यस संकटको घडीमा कुनै पनि व्यक्तिलाई विमा नभएकै वा भिषाको म्याद सकिएकै कारण सरकारले कारवाही नगर्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं। तर, दूतावास तथा ईजरायली स्वास्थ्य मन्त्रालयले यसअघि जारी गरेका सुरक्षाका उपायहरु अपनाउन, सरकारले जारी गरेका सूचनाका बारेमा जानकार हुन र नियम पालना गर्नुहुन पुनः हार्दिक अनुरोध गर्दछौं। यतिबेला सहयोगी हुन सक्ने केही NGO हरूको नाम तथा सम्पर्क नं यसैसाथ संलग्न गरिएको छ।
डा. अन्जान शाक्य
राजदूत तथा नेपाली राजदूतावास परिवार, तेल अबिब।
ईजरायलमा रहेका नेपालीहरुलाई आवश्यक पर्न सक्ने र सहयोग पुर्याउन सक्ने केही संस्था/NGO हरु : 1. Foreign Workers in Israel: Aid Center Phone: 03-5602530 – 1700-707-889 , 2. Kav LaOved: Phone: 073-2905982 – 03-6883766 , 3. Latet: Call us from Israel *6833, extension-139, 4. Physicians for human rights: Phone: 03-5133120,, 5. Unitaf Org, 6. Hakeren: Phone: 02-6707340, 7. CIMI: Phone: 02-589-9666, 8. Mobileye: Phone: 02-5417333

