शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

ISRAEL UPDATE -कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो, संक्रमितको संख्या २३ सय ६९ जना

इजरायलको लागि नेपाली राजदुत डा. शाक्यले इजरायल र साइप्रसको कोरोना संक्रमणसम्बन्धी तथ्यांक, नेपालीहरुको अवस्थाबारे सरकारसंग छलफल !


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १३, २०७६

इजरायलमा हिजो बुधबार त्यहाको स्थानीय समय अनुसार बेलुकी १० बजेसम्म कोरोनाको संक्रमणबाट ५ जनाको मृत्यु छ । हिजो बुधबार १० बजेसम्म कोरोना संक्रमित बिरामीहरु पनि २३ सय ६९ नाघेको छ । जसमा ३९ जना अति नै सिरियस स्थितिमा रहेका छन् । हालसम्म ५८ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसका विरामीहरु एक पछि अर्को गर्दै बढ्दै गइरहेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारले यसलाई उच्च प्राथमिकतामा राखी जनताको स्वास्थ्यको सुरक्षाको लागि युद्धस्तरमा स्वास्थ्यकर्मीहरु परिचालन मात्र गरेको छैन् रोकथामका लागि ठोस कदमहरु पनि चालिरहेको छ ।

हिजो बुधबार साँझ १७ बजेदेखि नयाँ नियमहरु लागेको गरेको छ , जस अनुसार अब घरमै बसिरहेका नागरिकहरुले १०० मिटर काटेर कतै जान पाउने छैन । अहिले खुलेको जस्तो पसलहरु पनि नियन्त्रितरुपमा मात्रै खोल्न पाउने छन् । नयाँ नियम अनुसार सरकारी आदेश उलंघन गर्ने जो कोहीलाई ५ सय इजरायली सेकेल जरीवाना साथै ६ महिनाको जेल सजायको पनि ब्यबस्था गरेको छ ।

साथै नियम उलंघन गर्दै सार्वजनिक सवारी चलाउने इजरायलीहरुलाई तिन हजार सेकेल फाइन र ६ महिनाको जेल तोकिएको छ ।

पहेंलो घेरामा इजरायलको लागि नेपाली महामहिम राजदुत डा. अन्जान शाक्य  COVID-19 को बारेमा परराष्ट्रमन्त्री  तथा श्रम मन्त्रीसंग !

केहि दिन अघि इजरायलमा कोरोना भाइरसको प्रकोप यसरी नै बढी रहे यो नियन्त्रण भन्दा बाहिर जाने र झन्डै १० हजार देखि २० हजार इजरायलीको मृत्यु हुने इजरायली स्वास्थ्य मन्त्रालयले दाबि गरेको छ ।

जेरुशलेम पोस्टले जनाएकोअनुसार कोरोना भाइरसको विषयमा गलत समाचार सम्प्रेसण गरी अवफाह फैलाएको आरोपमा ३६ जना विरुद्द मुद्दा दर्ता गराएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाले अहिलेसम्म संसारभरिमा फैलिएको छ । डब्लुएचओका अनुसार आगामी केहि दिन भित्र अमेरिका नै कोरोनाको एपीसेन्टर हुने बताएको छ । हाल इटाली र स्पेन सबै भन्दा बढी पिडित छन ।

यसै बीच इजरायलको लागि नेपाली राजदुत डा. अन्जान शाक्यले इजरायल र साइप्रसको कोरोना संक्रमणसम्बन्धी तथ्यांक, नेपालीहरुको अवस्था, नेपालीहरुमा कोरोनाका कारण देखिएका समस्याहरु/नकारात्मक प्रभावहरु, अब उत्पन्न हुन सक्ने समस्याहरु, समस्या समाधानका उपायहरूबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवसंग अनलाइन भिडियो कन्फ्रेसंमा छलफल गर्नु भएको कुरा नेपाली दुतावास तेल अबिबको फेसबुक पेजमा उलेख छ ।

प्रतिक्रिया
ताजा अपडेट