शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

खुशीको खबर : बेलायतमा उपचारपछी घर फर्किइन् कोरोना संक्रमित नेपाली महिला भगवती रानाभाट


  • स्वदेश नेपाल
  • बुध, चैत्र १२, २०७६

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्वस्थ भएकी छिन् । उनी कोरोना सं क्रमण मुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् ।

बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् ।संक्रमण नलुकाएको भन्दै उनको सर्वत्र प्रशंशा भएको थियो । उनी सं,क्रमणमुक्त भई घरमा आराम लिइरहेको तस्बिर सार्वजनिक भएको छ । सच्ची मैनालीले उनी कोरोना भाइरसको संक्रमणमुक्त भएको जानकारी दिएकी छिन् ।

रानाभाट दुई हप्ता अस्पताल बसाईंपछि फर्किएकी हुन् ।अस्पतालमा भर्ना भएको १३ दिनसम्म पनि निको नभएको भन्दै भगवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस र तस्बिर राख्दै सबैलाई कोरोनाबाट सावधानी रहन सचेतसमेत गराएकी थिइन् । सामाजिक सञ्जालमा कोरोनाको उपचार गराइरहेको तस्बिर राखेपछि उनलाई संसारभरका नेपालीले स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट