आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

कोरोना भाइरस :विश्वमा मृ’त्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुग्यो


  • स्वदेश नेपाल
  • बुध, चैत्र १२, २०७६

काठमाडौं : कोरोना भाइरस ( कोभिड नाइन्टिन) को संक्रमणबाट विश्वभर मृ’त्यु हुनेको संख्या १९ हजार नजिक पुगेको छ। हिजोमात्रै २ हजार २ सय ९४ जनाको मृ’त्यु भएसँगै विश्वभर हालसम्म मृ’त्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ। विश्वभर ४२ हजार ४ सय ५८ जना नयाँ संक्रमित देखिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाले ज्यान गुमाएका छन्।

योसँगै त्यहाँ मृ’त्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। यसैगरी अमेरिकामा थप १ सय ४३ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृ’त्यु हुनेको संख्या ६ सय ९६ पुगेको छ।

स्पेनमा कोरोना भाइरसका कारण थप ६ सय ८० जनाको मृ’त्यु भएको छ भने त्यहाँ हालसम्म मृ’त्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ। चीनमा भने पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण कुनैपनि मानिसको ज्यान गएको छैन भने संक्रमण पनि कसैलाई देखिएको छैन। पछिल्लो समय चीन बाहेकका अन्य देशमा कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ।

प्रतिक्रिया