शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृ’त्यु


  • स्वदेश नेपाल
  • मङ्ल, चैत्र ११, २०७६

न्यूयोर्क- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृ’त्यु भएको छ ।अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृ’त्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले पुष्टि गरेका हुन् ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृ’त्यु भएको हो । यसअघि उनमा डाइभिटिज र प्रेसरको समस्या थियो ।

कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ५ सय ८२ जनाको मृ’त्यु भएको छ भने ४६ हजार १ सय ६८ जना संक्रमित रहेको जनाइएको छ ।

त्यस्तै जिम्बाब्वेमा कोरोनाभाइरसको संक्रमणबाट एक जना टेलिभिजन पत्रकारको मृुत्यु भएको छ ।कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्याुन गएको हो । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्याुन गुमाउने पहिलो व्यक्ति पनि हुन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको थयो । उनको सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट