शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

जरुरि अपिल- कोराेनाबारे फोन मार्फत यी डाक्टरहरुसँग सल्लाह लिन सकिने (फोन नम्बरसहित)


  • स्वदेश नेपाल
  • सोम, चैत्र १०, २०७६

नेपाल चिकित्सक संघले कोरोना भाइरसको संक्रमणबारे कुनै विशेषज्ञ चिकित्सकको परामर्श आवश्यक परेमा सम्पर्कका लागि चिकित्सकको फोन नम्बर र उपलब्ध हुने समय सार्वजनिक गरेको छ ।

संघका महासचिब डा बद्रि रिजालद्वारा जारी प्रेस विज्ञप्तिमा कसैलाई कुनै परामर्श चाहिएमा फोन माफर्त तोकिएको समयमा उपलब्ध विशेषज्ञसँग निःशुल्क परामर्श लिन सकिने उलेख छ । साथै संघले आकस्मिक अबस्थामा बाहेक स्वास्थ्य संस्थामा तथा अन्य भीडभाड हुने स्थानमा नजान र घरैमा सुरक्षित रुपमा रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

नेपाल चिकित्सक संघले जारि गरेको सूचना यस्तो छ

विश्वव्यापी महामारी (pandemic) का रुपमा देखापरेको कोरोना भाइरस संक्रमण (COVID-19) बाट जोगिन नेपाल सरकारले घोषणा गरे बमोजिमदेशभरका सम्पूर्ण नागरिकहरुलाई आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान र घरमै सुरक्षित रुपमा रहन नेपाल चिकित्सक संघ सम्पूर्ण सर्वसाधारण नागरिकहरुमा हार्दिक अपिल गर्दछ ।

देशभरका सम्पूर्ण सर्वसाधारण नागरिकहरुलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयका निम्न लिखित विशेषज्ञ चिकित्सकहरुलाई सम्पर्क गरी सम्बन्धित बिषय अनुसारको परामर्श सेवा लिन यसै सूचना मार्फत सबैमा जानकारी गर्दछु। – डा बद्रि रिजाल, महासचिव, नेपाल चिकित्सक संघ

तल उल्लेख भएका डाक्टरहरुसंग परामर्श गरौ 

प्रतिक्रिया
ताजा अपडेट