शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

कोरोना भाइरसबाट बेलायतमा नेपालीको मृ,त्यु ,परिवारलाई नै आइसोलेसनमा राखियो


  • स्वदेश नेपाल
  • आइत, चैत्र ९, २०७६

काठमाडौं :कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा एकजना नेपाली नागरिकको मृ’त्यु भएको छ। कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्वगोरखा सैनिकको मृ’त्यु भएको हो। संखुवासभाको खाँदबारी नगरपालिका-१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृ’त्यु भएको हो।

उनको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा नि’धन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पूर्व गोरखा सैनिक राईको कोरोना संक्रमणबाटै मृ’त्यु भएको जानकारी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए। ‘हो, उहाँ (लीलाबहादुर) को कोरोनाबाटै मृ’त्यु भएको पुष्टि अस्पतालले गरेको छ।

परिवारले पनि मलाई यसबारे जानकारी दिएका छन्’, अध्यक्ष राईले भने, ‘ग’म्भीर बिरामी भएपछि उहाँलाई मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकोमा त्यही साँझ मृ’त्यु भएको खबर आएको छ।’ राई यही साता मात्रै अस्पतालबाट घर फर्किएका थिए। तर मंगलबार अपरान्ह ४ बजेको समयमा स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई फेरि नर्थवीक पार्क अस्पताल लगिएको थियो।

तर साँझ ८ बजेको समयमा चिकि’त्सकहरुले उनलाई मृ’त घोषित गरे। राईको नि’धनको तीन दिनपछि मात्रै अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका थिए। कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आउन २४ घण्टादेखि ४८ घण्टासम्म लाग्न सक्छ।

संखुवासभाबाट बसाइँ सरेर सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि बसोबास गरिरहेका उनी सन् २००८ मा बेलायत गएका थिए। आर्मी नम्बर २११६०५८१ का राई सेकेण्ड गोरखा राइफल्समा १७ वर्षसम्म कार्यरत थिए। राई बेलायतमा श्रीमती र छोराबुहारीसहित बस्दै आएका थिए।

राईको कोरोना संक्रमित भएर नि’धन भएपछि अहिले उनको परिवारलाई नै ‘आइसोलेसन’ मा राखेर निगरानी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट